Friday, June 5

रेडियो/टीभी बुलेटिन

हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, रु सात करोड ३० लाख बढीको क्षति

कला/साहित्य, फोटो/भिडियो, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ५ फागुन । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी बजारमा भएको आगलागीमा रु सात करोड ३० लाख बढीको क्षति भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदमशेर राईको भान्छा कोठाबाट गएराति शुरु भएको आगोले चारवटा घर, तीनवटा होटल, एउटा हार्डवेयर पसल, लघुवित्तको कार्यालय लगायत जलेर नष्ट भएको हो । आगलागीमा पदमशेरको काठ र जस्तापाताले बनेको तीनतले घर, पहिलो तलामा राखिएको हार्डवेयर पसल, दोस्रो तलामा सञ्चलित निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालय लगायतका सामग्री जलेर नष्ट हुँदा करिब रु चार करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा देखिएको निमित्त प्रमुख जिल्ला अधिकारी हीराधन राईले जानकारी दिनुभएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी राईका अनुसार स्थानीय आइराख राईको न्यू–कल्याण होटल, चार तले पक्की घर र घरको पछाडिपट्टी दुईतले काठको घर गरी रु दुई करोड ५० लाख ब...

खाना पकाउने ग्याँसबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

कला/साहित्य, फोटो/भिडियो, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ४ फागुन । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी बजारमा भएको आगलागी करिब साढे चार घण्टापछि नियन्त्रणमा लिइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम रार्इृको घान्छा कोठाको ग्याँस सिलिन्डरबाट साँझ छ बजेतिर शुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायका टोलीले राति करिब ११ः०० बजे नियन्त्रणमा दिएको हो । आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराछ राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति भएको छ । आगलागीका घटनामा मानवीय क्षति नभए पनि ठूलोमात्रामा धनमाल लजेर नष्ट भएको स्थानीयवासीले बताएका छन् । सुख्खाग्रस्त क्षेत्र हलेसीमा भएको आगलागी नियन्त्रणमा लिन पानी अभाव भएकाले समस्या भएको इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिनुभयो । “आगलागीबाट दुईवटा घर पूर्ण तथा एउटामा आं...

वन उपभोक्ता समितिमा आवद्ध खार्मीका ३६ घर कृषकलाई आधुनिक मौरीको घार

कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ३ फागुन । डिभिजन वन कार्यालय खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३६ घर स्थानीय कृषकलाई मौरीको आधुनिक घार उपलब्ध गराएको छ । जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना (डिसिआरएल)सँगको सहकार्यमा सञ्चालित ‘वनमा आधारित उद्यम प्रवद्र्धन’ कार्यक्रम अन्तरगत खार्मीस्थित डाँडाखर्क–खिसापत्रे सामुदायिक वन उपभोक्ता समितिमा आवद्ध कृषकलाई मौरीको आधुनिक घार निःशुल्क उपलब्ध गराएको हो । वनमा आधारित उद्यम प्रवद्र्धनका लागि खार्मीस्थित डाँडाखर्क–खिसापत्रे सामुदायिक वन उपभोक्ता समितिमा आवद्ध कृषकलाई मौरीको आधुनिक घार निःशुल्क उपलब्ध गराइएको डिभिजन वन डिभिजन वन कार्यालय खोटाङका प्रमुख उदिमप्रसाद राईले जानकारी दिनुभएको छ । “खार्मीमा व्यवसायिक मौरी पालनका लागि ८० वटा आधुनिक घार वितरण गर्ने कार्यक्रम छ । पहिलो चरणमा ७४ वटा उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “बाँकी छवटा केही...

वडासचिवमाथि कुटपिट गर्नेलाई कानूनी कारबाही गर्न तीन कर्मचारी सङ्गठनको माग

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २ फागुन । दिक्तेल रुपाकोट मझुवगढी नगरपालिका–१५ विजयखर्कका वडासचिव होमनाथ ढकालमाथि कार्यालय समयमा कार्यकक्षभित्रै कुटपिट गर्ने समूहलाई तत्काल कानूनी कारबाही गर्न खोटाङका तीन कर्मचारी सङ्गठनले माग गरेको छ । गत माघ–२८ गते विजयखर्कस्थित वडा कार्यालयमा काम गरिरहनुभएका ढकालमाथि कुटपिट गर्नमा संलग्न वडासदस्य युवबहादुर कार्की, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को विद्यार्थी सङ्गठन अनेरास्ववियुका स्थायी समिति सदस्य राजकुमार ढकाल लगायतलाई तत्काल पक्राउगरी कानूनी कारबाही गर्न नेपाल निजामती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी सङ्गठन निजामती र एकीकृत सरकारी कर्मचारी सङ्गठन खोटाङले आज (शुक्रबार) संयुक्त विज्ञप्तिमार्फत माग गरेको हो । “स्थानीय सरकारका जनप्रतिनिधिबाटै कार्यस्थलमा कार्यरत राष्ट्रसेवक कर्मचारीमाथि गुण्डागर्दी शैलिमा कुटपिट हुनुका साथै सार्वजनिक सम्पत्तिमाथि तोडफोड हुनु कानूनी राज्यको...

पाँच पटक सभापति बनिसकेका बस्नेतलाई हराउँदै जोशी बने रेडक्रस खोटाङको सभापति

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १ फागुन । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङका जिल्ला सभापतिमा ज्ञानेन्द्र जोशी निर्वाचित हुनुभएको छ । पाँच कार्यकाल जिल्ला सभापति सम्हाल्ली सक्नुभएका अर्का उम्मेदवार कुमारसिं बस्नेतलाई दोब्बर बढी मतले पराजित गर्दै जोशी दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो । नेपाली काँग्रेस खोटाङका जिल्ला सचिवसमेत रहनुभएका जोशीले ८१ मत ल्याएर रेडक्रस सभापतिमा विजयी हुँदा बस्नेतले जम्मा ४० मतमात्र प्राप्त गर्नुभएको छ । दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित हुनुभएका जोशीले अघिल्लो अर्थात् ११ औँ जिल्ला अधिवेशनमा बस्नेतलाई १२ मतले पराजित गर्नुभएको थियो । रेडक्रस खोटाङको १२ औँ जिल्ला अधिवेशन अन्तरगत माघ–३० गते साँझ भएको निर्वाचनमा महिला उपसभापतिमा डिल्लीकुमारी आचार्य र खुला उपसभापतिमा भद्रबहादुर बस्नेत विजयी हुनुभएको छ । आचार्यले ७० मत तथा बस्नेतले ४५ ल्याएर ...

जनयुद्ध दिवसमा खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकामा सार्वजनिक विदा

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ३० माघ । जनयुद्ध दिवसको अवसर पारेर खोटाङको खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाले फागुन–१ गते (भोलि) सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले जारी गरेको सूचनाअनुसार गाउँपालिकाको कार्यालय, सबै वडा कार्यालयहरु, गाउँपालिकाभित्र सञ्चालित विद्यालयहरु, स्वास्थ्य संस्था तथा मातहतका सम्पूर्ण सरकारी कार्यालयहरुमा भोलि (फागुन–१ गते) एक दिनका लागि सार्वजनिक विदा दिइएको हो । वि.सं. २०५१ फागुन–१ गतेबाट शुरु भएको दश वर्षे जनयुद्धको जगमा नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै जनयुद्ध र जनयुद्धका शहीदहरुको सम्मानमा फागुन–१ गते सार्वजनिक विदा दिइएको दुवै गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेछ । गाउँपालिका अध्यक्षस्तरीय निर्णयको आधारमा जारी गरिएको भनिएको सूचनामा खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राई ‘मुक्ति’ र जन्तेढुङ्गा गाउँपालिकाका अध्यक्ष अरुणादेवी राई ‘दिक्षा’ले हस्ताक्षर गर्न...

माओवादी केन्द्र दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमिति अध्यक्षमा दानबहादुर राई

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमितिको अध्यक्षमा दानबहादुर राई चयन हुनुभएको छ । माओवादी केन्द्र नगर कार्यसमितिको गएराति सम्पन्न दोस्रो अधिवेशनले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका निर्वाचित वडाध्यक्षसमेत रहनुभएका राईलाई सर्वसम्मत नगर पार्टी अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा वडा नं. १० पाथेकाका हात्तीराम राई, वडा नं. २ सोल्माका गङ्गाबहादुर विश्वकर्मा र वडा नं. ६ नेर्पाका शरद राई, सचिवमा वडा नं. ७ दोर्पा चिउरीडाँडाका डिल्लीराम खड्का ‘डिआर’, सहसचिवमा वडा नं. ३ बाम्राङकी सिर्जना राई र कोषाध्यक्षमा वडा नं. ४ खाल्लेकी सुवती राई चयन हुनुभएको छ । छपन्न सदस्यीय नगर कार्यसमितिको सदस्यहरुमा वडा नं. १ दिक्तेलबाट पार्वती आचार्य, तुलाराम विश्वकर्मा, रोहितकुमार सैँजू, टङ्कप्रसाद आचार्य, गोमा विश्वकर्मा र दीर्पनारायण ...

हाइड्रोपावर कम्पनीले क्षतिपूर्ति नदिएको भन्दै सङ्घर्ष समितिद्धारा आन्दोलनको घोषणा

कला/साहित्य, फोटो/भिडियो, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २८ माघ । केपिलासगढी गाउँपालिकामा सञ्चालित हाइड्रोपावर कम्पनीहरुले जग्गाधनीहरूलाई क्षतिपूर्ति नदिएको भन्दै सङ्घर्ष समितिले आन्दोलनको घोषणा गरेको छ । निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण सङ्घर्ष समिति केपिलासगढी गाउँपालिका खोटाङले सोमबार दिक्तेलमा पत्रकार सम्मेलनको आयोजना गरेर गाउँपालिकाभित्र सञ्चालित तीववटा हाइड्रोपावर कम्पनीहरुले तत्काल जग्गाधनीहरुलाई क्षतिपूर्ति नदिएको खण्डमा चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको हो । रावा इनर्जी डेभलभमेन्ट कम्पनी लिमिटेड, हलेसी उर्जा कम्पनी लिमिटेड र लोवर मीड रावाखोला हाइड्रोइलोक्ट्रिक प्रोजेक्टले स्थानीय जग्गाधनीहरुलाई क्षतिपूर्ति नदिएको सङ्घर्ष समितिका संयोजक माइतीराज राईले जानकारी दिनुभयो । “हाइड्रोपावर कम्पनीहरु मुनाफाको लागि सञ्चालन गरिएको हो । उनीहरुलो स्थानीय जनतालाई ठगी गरेको छ”, उहाँले भन्नुभयो, “जनता ठगीमा परेको विषयमा स्थानीय सरकारलाई समे...

किरात ऐतिहासिकस्थलमा निर्माणाधीन ‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकको रोजाइमा

कला/साहित्य, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २७ माघ । किरात ऐतिहासिकस्थल एवम् धार्मिक पर्यटकीयस्थल खोटाङको तुवाचुङ–जायजुममा निर्माण गरिएको पदमार्ग पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ मा रहेको किरात ऐतिहासिकस्थल तुवाचुङ जायजुङमा कङ्क्रिट प्रयोग नगरी चुनासुकीको पर्खाल निर्माण पदमार्ग ७३० मिटर लामो छ । नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लगानीमा निर्माण शुरु गरिएको पदमार्गलाई हलेसी तुवाचुङ नगरपालिकाले ‘तुवाचुङ मिनी ग्रेटवाल’ नामाकरण गरेको छ । किरात समुदायको सभ्यताको उद्गमस्थल मानिने तुवाचुङ–जायजङमा मिनी ग्रेटवाल नामको पदमार्ग निर्माण गरिएसँगै सुन्दर बन्दै गएको छ । तुवाचुङ मिनी ग्रेटवालमा चुना र इँटाको धुलोसँगै फ्लाइ स्टोन जोडेर पर्खाल निर्माण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । “उकालो र उरालो भूभा...

बाल यौन दुरुपयोगमा कृषिविज्ञ मदन राईलाई दुई वर्ष छ महिना कैंद सजाय

कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २५ माघ । बाल यौन दुरुपयोग कसूरमा दोषी ठहरिएका कृषिविज्ञ मदन राईलाई जिल्ला अदालत खोटाङले दुई वर्ष छ महिना कैंद सजाय तोकेको छ । साकेला गाउँपालिका–२ रतन्छा निवासी कृषिविज्ञ राईलाई जिल्ला न्यायधीश नारायणप्रसाद दाहालको इजलासले आज (शुक्रबार) सजाय निर्धारण गरेको हो । यही माघ–१० गते दोषी ठहरिएका कृषिविज्ञ राईलाई दुई वर्ष छ महिना कैंदका साथै रु एक लाख जरिवानासमेत निर्धारण भएको जिल्ला अदालत खोटाङका श्रेष्तेदार सीताराम खड्काले जानकारी दिनुभएको छ । यस्तै, पीडित किशोरीलाई रु एक लाख ५० हजार क्षतिपूर्ती दिन सजाय फैसला भएको अदालतले जनाएको छ । कृषिविज्ञ राईमाथि आफैले सञ्चालन गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा–मदन (शुभम्) फाउण्डेशनका किशोरीलाई यौन दुव्र्यवहार गरेको अभियोग लागेको थियो । बाल यौन दुरुपयोग कसूरमा अदालतले कृषिविज्ञ राईलाई माघ–१० गते कसूर ठहर गरेको थियो । ...