Thursday, June 4

रेडियो/टीभी बुलेटिन

भौतिक पूर्वाधार मन्त्रालयबाट खोटाङमा १५१ योजनाका लागि रु ८२ करोड बजेट

कला/साहित्य, फोटो/भिडियो, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ६ असार । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि खोटाङमा रु ८२ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । दश स्थानीय तह रहेको जिल्लामा एक वर्षे तथा बहुवर्षेगरी १५१ वटा योजना सञ्चालन गर्नका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयले रु ८२ करोड २२ लाख ७५ हजार बजेट विनियोजन गरेको हो । जिल्लाका आवश्यकता तथा स्थानीय नागरिकको मागलाई सम्बोधन गर्नेगरी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रममा १५१ वटा समेटिएको भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईको सचिवालयले जनाएको छ । सचिवालयका कर्मचारी सन्तोष राईका अनुसार मन्त्रालयले खोटाङमा न्यूनतम् रु सात लाखदेखि रु दश करोडसम्मका १५१ वटा योजनाका लागि बजेट विनियोजन गरेको हो । नेपाली काँग्रेस कोशी प्रदेशका महामन्त्री एवम् कोशी प्रदेश सरकारका स्वास्थ्यसमेत रहनुभएका मन्त्री राईको पहलमा खोटा...

खोटेहाङमा भौतिक पूर्वाधार विकास योजनाको प्रगति ९० प्रतिशत

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ४ असार । खोटेहाङ गाउँपालिकामा भौतिक पूर्वाधार विकास योजनाको काम ९० प्रतिशत सम्पन्न भएको पाइएको छ । आर्थिक वर्ष २०८१÷८२ का लागि सडक, पुल, सिँचाइ योजना, विद्यालय भवन, सभाहल, कभर्डहल, चिस्यान केन्द्र, खेलमैदान निर्माण लगायतका शीर्षकमा भौतिक पूर्वाधार विकास योजना बनाएर गाउँपालिकाले बजेट विनियोजन गरेको थियो । नौँ वडा रहेको खोटेहाङमा चालु आर्थिक वर्षका लागि विभिन्न शीर्षकका ११ वटा भौतिक पूर्वाधार विकास योजना निर्माण गरिएको थियो । चालु आर्थिक वर्षका लागि निर्माण गरिएको भौतिक पूर्वाधार विकास योजनामा विनियोजन गरिएको रु १२ करोड ५४ लाख ८८ हजारमध्ये रु नौँ करोड ६० लाख ११ हजार खर्च भएको पाइएको हो । सङ्घ तथा प्रदेश सरकारसँगको सहकार्यमा निर्माण गरिएका अधिकांश योजनाको भौतिक प्रगति भइसकेको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिनुभएको छ । “सीमित स्रोत र साधनका बीच काम गरिरहेका छ...

खोटेहाङका चार कृषकसहित उत्कृष्ट उपभोक्ता, विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत

कला/साहित्य, फोटो/भिडियो, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ३ असार । खोटेहाङ गाउँपालिकाले उत्कृष्ट चार कृषकसहित विभिन्न विद्यामा उत्कृष्ट काम गर्ने व्यक्ति तथा संस्थालाई पुरस्कृत गरेको छ । अन्नबाली, फलफूल र नगदेबाली तथा पशुपञ्छी पालनमा उत्कृष्ट कृषक, सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्थी, उत्कृष्ट निर्माण उपभोक्ता समिति, उत्कृष्ट शिक्षक तथा विद्यालय र उत्कृष्ट कर्मचारीलाई गाउँपालिकाले बिहीबार पुरस्कृत गरेको हो । गाउँपालिकाभरी सबैभन्दा बढी अन्नबाली उत्पादन गर्ने वडा नं.–७ खोटाङबजारका बमबहादुर नेपाली, फलफूल उत्पादन गर्ने वडा नं. १ लिकुवापोखरीका मणिकुमार राई, नगदेबाली उत्पादन गर्ने वडा नं. ३ सावाकटहरेका बलजित राई तथा पशुपञ्छी पालनमा सबैभन्दा उत्कृष्ट हुने वडा नं. ८ सिम्पानीका रामकुमार पोखरेललाई गाउँपालिकाले पुरस्कृत गरेको छ । वर्ष उत्कृष्ट भएर पुरस्कृत हुने कृषकहरुलाई जनही नगद रु १५÷१५ हजारको साथमा सम्मानपत्र प्रदान गरिएको गाउँपालिकाका प्रमुख...

जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न खोटाङमा रु तीन करोड बजेट

कला/साहित्य, फोटो/भिडियो, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २ असार । कोशी प्रदेश सरकारले खोटाङमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापनाका लागि रु तीन करोड बजेट विनियोजन गरेको छ । कोशी प्रदेश सरकार, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रस्तुत गर्नुहुँदै जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्नका लागि रु तीन करोड बजेट विनियोजन गरिएको बताउनुभएको हो । खोटाङमा जडिबुटीजन्यवस्तु प्रशस्त रहेकाले स्थानीय स्रोत तथा साधनको सदुपयोग गर्दै जिल्लामै रोजगारी सिर्जना गर्ने उद्देश्यले निजी क्षेत्रको साझेदारीमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्नका लागि बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईले बताउनुभएको छ । कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तरगतको यो जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्ने कार्यक्रमलाई कोशी प्रदेश सरकारले प्राथमिकताक...

आफूले पढाउने विद्यालयमै पढाउँछन् कालिका माविका शिक्षकले आफ्ना छोराछोरी

कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
–रामधन राई खोटाङ, १ असार । रुकुम पश्चिम दाङका शिक्षक लालबहादुर ओलीले खोटाङमा सात वर्षअघिदेखि अध्यापन गर्दै आउनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित कालिका माध्यमिक विद्यालमा शिक्षण गरिरहनुभएको ओलीले आफ्नो १४ वर्षीय छोरा उज्वललाई पनि साथैमा ल्याएर पढाउँदै हुनुहुन्छ । अधिकांश शिक्षकहरु आफू सामुदायिक विद्यालयमा पढाएर आफ्ना नानीहरुलाई निजी अर्थात सुविधा सम्पन्न विद्यालयहरुमा अध्ययन गराइरहेको अवस्थामा ओलीले भने, आफ्नै विद्यालयमा छोरालाई पढाउन ल्याउनुभएको हो । आफैले प्रदान गर्ने शिक्षामा विश्वास नहुने शिक्षकहरुले प्रायः बच्चाको लागि अन्य विद्यालय रोज्ने गरेको विज्ञान विषय शिक्षक ओलीको ठहर छ । दाङस्थित विद्यालयमा अङ्ग्रेजी भाषाका माध्यमबाट गुणस्तरीय पठनपाठन भईरहे पनि आफैले शिक्षण गर्ने सामुदायिक विद्यालयमा छोरालाई ल्याएको ओलीको भनाइ छ । “सबै शिक्षकले आफ्ना बच्चाहरु आफ...

कक्षा–१२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ३१ जेठ । हलेसी तुवाचुङ नगरपालिकाले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कोदोको बिस्कुट उत्पादन, ब्राण्डिङ र प्याकेजिङ सम्बन्धी तालिम दिएको छ । नगरपालिकाको रैथाने बाली कोदो खेतीलाई प्रवद्र्धन गर्दै स्थानीय युवा पुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई सहभागी गराएर नगरपालिकाले तालिम दिएको हो । ‘कोदोको परिकार, स्वास्थ्यको सुरक्षा र आम्दानीको आधार’ भन्ने नारासहित वडा नं. ७ महादेवस्थानस्थित वडा कार्यालयमा आयोजना गरिएको सात दिने तालिम शुक्रबार (जेठ–३० गते) औपचारिकरुपमा समापन गरिएको छ । एकजना स्थानीय महिला उद्यमी तथा १२ जना विद्यार्थीको सहभागिता रहेको तालिममा सहभागी प्रशिक्षार्थीले उत्पादन गरेका कोदोको बिस्कुट, कुकिज, निम्की, ब्रेड, मफिन र दुनोट प्याकेजिङ गरेर समापन कार्यक्रममा प्रदर्शनसमेत गरिएको थियो । तालिममा सहभागीले ...

म बोल्न जान्दिन, मन नपरे भोट नदिनोस् : वडाध्यक्ष राई

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ३० जेठ ।  दिन ढल्कदै थियो । दिनको करिब साढे दुईतिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको वडा कार्यालयमा वडा परिषद उद्घाटनसत्र चलिरहेको थियो । निर्धारित व्यक्तिको सहभागिता । केही युवा हलभन्दा बाहिर । पटक–पटकको विद्युत अवरुद्ध । सेतो कागज र अक्षरमार्फत योजना माग गर्नेहरुको लर्को । वडाध्यक्ष इखबहादुर राईको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा प्रमुख वक्ता जिल्ला समन्वय समितिको उपप्रमुख सुरेश तामाङले सुझावहरु राख्नुभयो । जिल्ला समन्वय समिति उपप्रमुखसँग वडा कार्यालय र सरोकारवालाले समन्वय नै नगरेको कारण समन्वयात्मक भूमिकामा आफू रहनुको अर्थै नरहेको सङ्केत गर्नुभएको छ । सोही वडा अर्थात् खार्मी निवासी जिससका उपप्रमुखमा निर्वाचित तामाङले सल्लाह, सुझावसहित आवश्यक्ताका आधारमा मागहरु पेश गर्न सुझाउनुभयो । उपप्रमुख तामाङले वडाध्यक्ष राईलाई सेवाग्राही अर्थात् जनतासँग नम्रभाव व्य...

सामान किन्न पसल आएकी १३ वर्षीया बालिकालाई यौन प्रस्ताव राखेपछि…

कला/साहित्य, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २९ जेठ । सामान किन्न आएकी १३ वर्षीया बालिकालाई यौन प्रस्ताव राख्दै दुव्र्यवहार गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका २३ वर्षीय धनीराम कटवाल पक्राउ परेका छन् । दिक्तेल बजारस्थित मानव अधिकार चोकमा स्टेसनरी पसल सञ्चालन गर्दै आएका कटवालले पसलमा ब्रासलेट (हातमा लगाउने गहनाजन्य सामान) किन्न आएकी बालिकालाई कोठाभित्र बोलाएर यौन प्रस्ताव राख्दै दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । दिक्तेलस्थित माटीकोरेमा बुबाआमासँगै बस्दै आएका कटवाललाई बुधबार साँझ स्टेसनरी पसलबाटै पक्राउ गरेर बिहीबार बाल यौन दुव्र्यवहार अन्तरगत मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिनुभएभएको छ । पक्राउ परेलगत्तै हिरासतमा राखिएका कटवालविरद्ध लागेको आरोपका विषयमा छानबिन गर्न जिल्ला अदालत खोटाङबाट बिहीबार तीन दिनको ...

हलेसी तुवाचुङका ११६ घर भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा

कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २७ जेठ । हलेसी तुवाचुङ नगरपलिकाका ११६ घर भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउनका लागि निस्सा वितरण गरिएको छ । भूमि प्राप्तिका लागि निवेदन दिनेमध्ये लगत प्रणालीमा प्रविष्ट भएका १८ घर भूमिहीन दलित, चार घर सुकुम्वासी र ९४ घर अव्यवस्थित बसोवासीलाई जग्गाको लालपुर्जा उपलब्ध गराउन मङ्गलबार निस्सा वितरण गरिएको हो । निस्सा प्राप्त गर्ने भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई चाँडै जग्गाको लालपुर्जा उपलब्ध गराउनेगरी दोस्रो चरणको प्रक्रिया शुरु गरिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । “निस्सा प्राप्त गर्ने भूमिहीनलाई वडा कार्यालयले ऐलानी तथा पर्ति जग्गा पहिचान गरेर नगरपालिकालाई सिफारिस गर्छ । वडाको सिफारिसको आधारमा उनीहरुलाई लालपुर्जा उपलब्ध गराउन नगरपालिकाको तर्फबाट राष्ट्रिय भूमि आयोग खोटाङलाई सिफारिस गर्छौँ”, उहाँले भन्नुभयो, “लाभग्राहीलाई निस्सा वितरण ग...

युवा रेडक्रस सर्कल दिक्तेल बहुमुखी क्याम्पसको अध्यक्षमा आयुश राई

कला/साहित्य, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २७ जेठ । युवा रेडक्रस सर्कल दिक्तेल बहुमुखी क्याम्पस खोटाङको अध्यक्षमा आयुश राई चयन हुनुभएको छ । दिक्तेल बहुमुखी क्याम्पसको बि.ए. दोस्रो वर्षमा अध्ययनरत राईलाई युवा रेडक्रस सर्कलको अध्यक्षमा सर्वसम्मत् चयन गरिएको हो । सर्कलको उपाध्यक्षमा सपना नेपाली, सचिवमा विजय खड्का, सह–सचिवमा भिषण कार्की र कोषाध्यक्षमा लक्ष्मी भट्टराई चयन हुनुभएको छ । क्याम्पसमा मङ्गलबार भएको भेलाले गठन गरेको ११ सदस्यीय सर्कलका सदस्यहरुमा सपना फुयल, अनुशिल राई, विपना पोखरेल, तुलशा निरौला, चन्द्रकला मगर र युवराज खड्का रहनुभएको छ । युवा सर्कलको शिक्षक नायकमा नइन्द्रकुमार खत्री र सहनायकमा सुवाशचन्द्र राई रहनुभएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङका कोषाध्यक्ष एवम् दिक्तेल बहुमुखी क्याम्पसका सहप्राध्यापक लीलाबहादुर खत्रीको उपस्थितिमा युवा रेडक्रस सर्कल पुनः गठन गरिएको हो ।...