भारतीय सेनाका पूर्वसुवेदार पर्खनबहादुर राईको साँस्कृतिक पुस्तक विचोचन
खोटाङ, ३१ साउन । संस्कृतिकर्मी पर्खनबहादुर राईद्धारा लिखित ‘तुङसाप रोदुङ वुलिमचिनिमा मुन्दुम’ नामक साँस्कृतिक पुस्तक विमोचन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा निवासी ८८ वर्षीय राईले लेख्नुभएको पुस्तक साउन–३१ गते विमोचन गरिएको हो ।
किरात सेवा समाज खोटाङको पाँचौँ साधारणसभाको अवसरमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले पुस्तक विचोमन गर्नुभएको छ । पुस्तकमा मुन्दुममा उल्लेख भएअनुसार किरात राईको जन्मदेखि जीवन निर्वाह, भाषा, धर्म, संस्कार, संस्कृति, कला कौशल र मृत्युसम्मको विषयलाई चित्रण गरिएको छ ।
भारतीय सेनाका पूर्वसुवेदार राईले नेपाली र चाम्लिङ भाषामा लेख्नुभएको पुस्तक ११० पृष्ठको छ । वि.सं. १९९६ पुस–१७ गते जन्मनुभएका राईले वि.सं. २०६१ सालमा किरात चाम्लिङ बडाछा (माथा) परिवार वंशावली, वि.सं...
