नगरप्रमुख भट्टराईद्धारा स्वर्गीय आमाको स्मृतिमा अक्षयकोष स्थापना
कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १६ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई तथा परिवारका सदस्यले आफ्नो स्वर्गीय आमा पदमकुमारी भट्टराईको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । शैक्षिक क्षेत्रको विकास गर्दै भावी पुस्तालाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यसहित नगरप्रमुख भट्टराई तथा परिवारका सदस्यले आइतबार आफ्नो गाउँ दोर्पाचिउरीडाँडामा सञ्चालित विद्योदय माध्यमिक विद्यालयमा ‘गुण–लक्ष्मी–पदमकुमारी अक्षयकोष–२०८२’ स्थापना गरेका हुन् ।
नगरप्रमुख भट्टराईसहित सात सन्तानकी स्वर्गीय आमा पदमकुमारीको नाममा स्थापना गरिएको अक्षयकोषमा पहिलो चरणमा रू दुई लाख दुई हजार २२२ रकम जम्मा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहरमान राईले जानकारी दिनुभएको छ । नगरप्रमुख भट्टराईका स्वर्गीय आमा पदमकुमारीको गत वर्ष (वि.सं.२०८१ कातिक–१६ गते) ८८ वर्षको उमेरमा निधन भएको थियो ।
आफ्नो गाउँको विद्यालयमा अध्ययन...
