Wednesday, October 28

विदेश/प्रवास

जन्तेढुङ्गा गाउँपालिकाद्धारा आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्ण पाठ)

फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १० असार । जन्तेढुङ्गा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाको सभाहलमा सोमबार आयोजित १७ औँ गाउँसभामा गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । आर्थिक विद्येयक तथा बजेट आज (मङ्गलबार) प्रस्तुत गरिने गाउँपालिकाले जनाएको छ । नीति तथा कार्यक्रमको पूर्ण पाठ यस प्रकार रहेको छ । आगामी आ.व.को प्रमुख नीति तथा कार्यक्रमहरू गाउँसभाका उपाध्यक्ष ज्यू, गाउँसभाका सदस्य ज्युहरु, अब म आ.व. २०८२र८३ को विभिन्न विषयगत एवं क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्दछु । कृषि सम्बन्धी नीति तथा कार्यक्रम “उत्पादन तपाई गर्नुहोस बजार हामि दिन्छौ” भन्ने नारालाई निरन्तरता दिइएको छ । ५। जन्तेढुङ्गा गाउँपालिकाको उत्पादन आयआर्जन र रोजगारी सृजना हुने मुख्य कृषि र पशु पालन नै भएको र अधिकांश जनता यसैमा निर्भ...

हलेसी तुवाचुङको बजेट रु ८० करोड १८ लाख ८१ हजार

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ९ असार । हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि रु ८० करोड १८ लाख ८१ हजार ७१९ बजेट ल्याएको छ । होलेसुङ रिसोर्ट दुर्छिममा भएको सोमबार सम्पन्न १७ औँ नगरसभामा उपप्रमुख रमेशकुमार राउतले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नगरपालिकामा सङ्घीय सरकार राजश्व बाँडफाँडबाट रु ११ करोड २९ लाख १८ हजार ७१९, प्रदेश सरकार राजश्व बाँडफाँडबाट रु एक करोड छ लाख ९२ हजार, सङ्घीय सरकार वित्तीय समानीकरणबाट रु ११ करोड १६ लाख, प्रदेश सरकार वित्तीय समानीकरणबाट रु ९९ लाख ९२ हजार बजेट प्राप्त भएको छ । नगरपालिकाको आन्तरिक स्रोतबाट रु एक करोड ४५ लाख र घरजग्गा रजिष्ट्रेशनबाट रु दश लाख बजेट आउने अनुमान गरिएको उपप्रमुख राउतले सभामा जानकारी दिनुभएको छ । सङ्घीय सरकार सशर्त अनुदानबाट रु ३४ करोड ७६ लाख, सङ्घीय सरकार विशेष अनुदानबाट रु ६९ लाख, सङ्घीय सरकार समपूरक अनुदानबाट रु ७५ लाख, प्रदेश सरक...

दिक्तेल रुपाकोट मझुवागढीको बजेट रु एक अर्ब दुई करोड ९८ लाख ३४ हजार

फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण
खोटाङ, ९ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि रु एक अर्ब दुई करोड ९२ लाख ३४ हजार ३९१ बजेट सार्वजनिक गरेको छ । दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा सोमबार भएको १३ औँ नगरसभामा उपप्रमुख विशन राईले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नगरपालिकाबाट आन्तरिक आय रु दुई करोड २० लाख, सङ्घीय सरकार राजस्व बाँडफाँडबाट रु १४ करोड ९३ लाख ९० हजार ६७८, सङ्घीय सरकार अनुदानबाट रु ६९ करोड २० लाख, प्रदेश सरकारबाट अनुदान रु आठ करोड ६८ लाख ४२ हजार र अल्या रु सात करोड ९० लाख एक हजार ७१२ स्रोत जुटेको उपप्रमुख राईले नगरसभामा जानकारी दिनुभएको छ । नगरपालिकाले कृषि, पर्यटन, शिक्षा क्षेत्र सुधार, स्वास्थ्य क्षेत्रको गुणस्तर, स्थानीय गौरवका आयोजना, विपद् व्यवस्थापन, श्रमदानलाई प्रोत्साहन गर्ने, रोजगारी वृद्धि गर्ने, स्थानीय कृषि उत्पादन वृद्धि र बजारीकरण गरी स्वाबलम्बी ...

मैझारो सिली प्रदर्शन गर्दै साकेला उँभौली चाडलाई बिदा गरियो

कला/साहित्य, भनाइ/विचार, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ३१ जेठ । दिनभरको टन्टलापुर घाम । ढोल, झ्याम्टाको तालसँगै साकेला गीतले गुञ्जयमान वातावरण । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको माटीकोरे खेलमैदानमा भरिभराउ मानिसको भीड । सधैँ फुटबल खेल प्रतियोगिताका दर्शकले भरिभराउ हुने माटीकोरे खेलमैदान शनिबार भने, साकेला गीत र ढोल–झ्याम्टाको तालसँगै साकेला सिली प्रदर्शनले गुञ्जयमान बनेको हो । जिल्लाका विभिन्न स्थानीय तहबाट आएका दर्जनौँ साकेला सिली प्रदर्शन टोली सहभागी कार्यक्रममा बालबालिकादेखि बुढापाकासम्म साकेला सिली प्रदर्शनीमा रमाइरहेका थिए । करिब ३० डिग्री सेल्सियसको टन्टलापुर घामको प्रवाह नगरी ढोल र झ्याम्टको तालसँगै साकेला गीत गाउँदै नाच्न कस्सिएकाहरूको मुहारमा बेग्लै हर्ष देखिन्थ्यो । किरात राई यायोक्खा र किरात सेवा समाज खोटाङले शनिबार संयुक्तरुपमा आयोजना गरेको साकेला सिली प्रदर्शनीमा गैरकिरातले समेत लहर मिलाएर सिली नाचेका ...

यलम्बरको ११० फिट अग्लो शालिक ठड्याइयो, रकम भुक्तानी नहुँदा उद्घाटन अन्यौलमा

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २६ जेठ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किराती प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमा (शालिक)सहितको यलम्बर पार्क (उद्यान) निर्माणको काम सम्पन्न भएको छ । किरात ऐतिहासिक एवम् पर्यटकीयस्थल बुइपास्थित पञ्चदोबाटोका तीस रोपनी सरकारी जग्गामा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको शालिकसहित पार्क निर्माण गरिएको हो । माझ किरात भनेर चिनिने खोटाङको बुइपामा निर्माण गरिएको यलम्बरको शालिकसहितको पार्कमा कोशी प्रदेश सरकारको ७० र दिक्तेल रुपाकोट मझुवागी नगरपालिकाको ३० प्रतिशत लगानी परेको छ । करिब रु १४ करोड लागतमा फाइबर प्रयोग गरेर निर्माणको काम पूरा गर्ने भनिएको यलम्बरको शालिकसहितको पार्क ठेकेदार कम्पनी उमा–तुवाचुङ–अनसुवी जेभीले निर्माणको जिम्मा लिएको हो । आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिनेगरी निर्माण गरिएको यलम्बर पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे ट्र...

मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालयका लागि पर्यटन मन्त्रालयको रु तीन करोड बजेट

कला/साहित्य, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २२ जेठ । दिक्तेल बजारमा स्थापना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’का लागि आवश्यक भवन निर्माण गर्न नेपाल सरकार, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु तीन करोड बजेट विनियोजन गरेको छ । वि.सं.२०८० सालमा दिक्तेल बजारमा आयोजना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी–२०८०’ का क्रममा बनाइएका क्यानभास चित्र राखेर दिक्तेलमा स्थापना गरिएको मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालयका लागि आवश्यक भवन निर्माणका लागि पर्यटन मन्त्रालयले बजेट उपलब्ध गराउने भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वि.सं. २०८० असोज–१७ गतेदेखि असोज–२० गतेसम्म मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरेको थियो । विभिन्न पर्यटकीयस्थलमा लगेर आयोजना गरिएको प्रत्यक्ष चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी ५० देशका ख्यातिप्राप्त चित्रकारहरुले ...

किरात उद्गमस्थल तुवाचुङ–जायजुममा तीनचुलाको पूजासँगै बृहत् साकेला सिली प्रदर्शन

कला/साहित्य, भनाइ/विचार, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १७ जेठ : किरात समुदायको उद्गमस्थल खोटाङको तुवाचुङ–जायजुममा बृहत् साकेला सिली प्रदर्शन गरिएको छ । किरात समुदायको महान चाड साकेला उँभौलीको अवसर पारेर शनिबार किरात ऐतिहासिकस्थल तुवाचुङ–जायजुममा नछुङ (धामी)मार्फत तीनचुलाको पूजाआजासँगै बृहत् साकेला सिली प्रदर्शन गरिएको हो । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीभन्दा केहीमाथि पर्ने पर्यटकीयस्थल तुवाचुङ–जायजुममा आयोजना गरिएको चुला पूजा तथा बृहत् साकेला सिली प्रदर्शनीमा खोटाङ, उदयपुर, ओखलढुङ्गा, भोजपुर लगायत विभिन्न जिल्लाका किरात राई समुदाय भेला भएर सामुहिक रुपमा तीनचुलाको पूजा गर्दै साकेला नाचेका छन् । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले उद्घाटन गर्नुभएको बृहत् साकेला सिली प्रदर्शनीमा साकेला सिली प्रदर्शन गर्न विभिन्न जिल्ला तथा स्थानका १३ समूह सहभागी भएको तुवाचुङ–जायजुम संरक्षण समितिका महासचिव दिनेश राईले जानकारी दिनुभएको छ । त...

जनताको पहिचान, पहुँच र प्रतिनिधित्वका लागि लडिरहेको छु : नेता कोइराला

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १७ जेठ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली जनताको पहिचान, पहुँच र प्रतिनिधित्वको पक्षमा आफू रहेको बताउनुभएको छ । किरात समुदायको उद्गमस्थल खोटाङको तुवाचुङ–जायजुममा शनिबार आयोजित बृहत् साकेला प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता कोइरालाले यस्तो बताउनुभएको हो । तुवाचुङ–जायजुम संरक्षण समितिले आयोजना गरेको बृहत् साकेला सिली प्रदर्शनी कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुँदै नेता कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू पनि किरात समुदायसँगै रहेको बताउनुभयो । “नेपाली काँग्रेसले सँधै द्वन्द्व मेटिने र पहिचान भेटिने कुरामा विश्वास गर्ने गर्छ । संविधानसभाबाट संविधान बन्ने समयमा मैले पहिचान, समावेशी र समानुपातिक प्रतिनिधित्वको कुरा उठाएको थिएँ । अहिले संविधानमा यी विषयहरु समेटिएका छन्”, उहाँले भन्नुभयो, “सबै जाति, धर्म र सँस्कारको समान अधिकार...

हलेसी तुवाचुङका जनप्रतिनिधिको तीनवर्षे उपलब्धि सार्वजनिक, अबको एउटै लक्ष्य पर्यटन प्रवद्र्धन

कला/साहित्य, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ६ जेठ । हलेसी तुवाचुङ नगरपालिका खोटाङका दोस्रो कार्यकालका जनप्रतिनिधिले आफ्नो तीनवर्षे कार्यकालका मुख्य उपलब्धिहरु सार्वजनिक गरेका छन् । जनताबाट निर्वाचित भएर कार्यभार सम्हालेको तीनवर्षे कार्यकाल पूरा गरेको अवसर पारेर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधिहरुले आफ्नो तीनवर्षे कार्यकालको मुख्य उपलब्धिहरु सार्वजनिक गरेका हुन् । त्रिधार्मिकस्थल हलेसी बजारस्थित होलेसुङ रिसोर्टमा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधिहरुले गरेका मुख्य उपलब्धिहरुलाई भिडियो (श्रव्यदृष्य सामग्री) डकुमेन्ट्रीमार्फत सार्वजनिक गरिएको छ । औपचारिकरुपमा सार्वजनिक गरिएको डिडियो डकुमेन्ट्रीअनुसार जनताका आधारभूत मागहरुलाई सम्बोधन गर्दै अबको एउटै लक्ष्य पर्यटन विकास तथा प्रवद्र्धनका योजना बनाइएको जनाइएको छ । भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिएको नगरपालिकाले तीनवर्षको अवधिमा ९२ कि...

साहित्यिक महोत्सव–२०८२ : पूर्व समन्वय समिति प्रमुख चाम्लिङ र कवि शर्मा सम्मानित

कला/साहित्य, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ४ जेठ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले जिल्ला समन्वय समिति खोटाङका पूर्व प्रमुख बबि चाम्लिङ र अग्रज कवि कुन्ता शर्मा सम्मान गरेको छ । खेलकुद प्रतिष्ठानले आयोजना गरेको ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तरगत साहित्यिक महोत्सव कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पूर्व जिसस प्रमुख चाम्लिङ र सुनसरीकी कवि शर्मालाई जनही रु ११ हजार १११ नगदसहित सम्मान गरेको हो । चाम्लिङलाई पूर्व कार्यक्रम संयोजक हुनुभएकाले र शर्मालाई नेपाली साहित्यिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गरेबापत सम्मान गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । चाम्लिङलाई सहायक प्रमुख जिल्ला अधिकारी सागर साह र शर्मालाई नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले दोसल्ला ओढाएर ताम्रपत्रसहित सम्मान गर्नु...