Wednesday, October 28

विदेश/प्रवास

कपासेभञ्ज्याङमा निर्माण गरिएको राष्ट्रिय विभूति पार्क (उद्यान) सञ्चालनमा

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १८ मङ्सिर । खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित पर्यटकीयस्थल कपासेभञ्ज्याङमा निर्माण गरिएको ‘राष्ट्रिय विभूति पार्क (उद्यान)’ सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाको रु ७० लाख लगानीमा निर्माण गरिएको राष्ट्रिय विभूति पार्क किरात समुदायको महान चाड साकेला उँधौलीको अवसर पारेर आज (बिहीबार) औपचारिकरुपमा सञ्चालनमा ल्याइएको हो । राष्ट्रिय विभूति पार्क उद्घाटन कार्यक्रममा बृहत् साकेला सिली प्रदर्शनी कार्यक्रमसमेत आयोजना गरिएको थियो । नेपालका सबै (१८ जना) राष्ट्रिय विभूतिहरुको मूर्ति राख्नेगरी गोलो घेराभित्र निर्माण गरिएको पार्क गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रुपेश राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले झण्डोत्तोलनसहित मूर्ति अनावरण गरेर औपचारिकरुपमा सञ्चालनमा ल्याउनुभएको हो । प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको कपासेभञ्ज्याङको चौतर्फी विकास गर्नका लागि स्थानीय साने विश...

साकेला उँधौली चाड : अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामना !

कला/साहित्य, फोटो/भिडियो, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १८ मङ्सिर । प्रकृति पूजक किरात समुदायको महान चाड साकेला उँधौली आज (बिहीबार)देखि सुरु भएको छ । किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उँभौली चाड मनाउने चलन छ । पन्ध्र दिनसम्म मनाइने उँधौली साकेलाको अवसरमा मझुवागढीमा भेला भएर किराती पुर्खा÷धामीहरुले प्रकृतिको पूजा आराधना गरी उँधौली चाडको शुरुवात गर्ने चलन छ । किरात ऐतिहासिकस्थल तथा भूमे थानहरुमा पूजा गर्दै जिल्लाका विभिन्न ठाउँमा औपचारिक कार्यक्रमहरुसमेत राखिएको छ । वर्षको दुई पटक मनाइने साकेला चाडको उँधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । उँधौली÷उँभौली दुवै चाडमा कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामल लगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किरात राई यायोख्खा खोटाङका अध्यक्ष युगशन किर...

दुमी किरात राई फन्सीकीमको केन्द्रीय अध्यक्षमा ऋखीश्वर सरचु दुमी राई चयन

कला/साहित्य, भनाइ/विचार, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १८ मङ्सिर । दुमी किरात राई फन्सीकीमको केन्द्रीय अध्यक्षमा ऋखीश्वर सरचु दुमी राई चयन हुनुभएको छ । दुमी किरात राईहरुको उद्गमस्थल मानिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित रुधालुङमा गएराति सम्पन्न फन्सीकीमको आठौँ राष्ट्रिय महाधिवेशनले ऋखीश्वरलाई अध्यक्षमा चयन गरेको हो । सर्वसम्मत चयन गरिएको समितिको वरिष्ठ उपाध्यक्षमा दुर्गाबहादुर मुरह दुमी राई, दुई उपाध्यक्षहरुमा तेजमायाँ मुरह दुमी राई र शिवकुमार दिम्माचु दुमी राई तथा महासचिवमा प्रकाश दिम्माचु दुमी राई रहनुभएको छ । २१ सदस्य केन्द्रीय समितिको दुई सचिवमा हर्कजङ तुराचु दुमी राई र लवकुमार लुप्पो दुमी राई तथा कोषाध्यक्षमा मातेराज सत्म दुमी राई चयन हुनुभएको नवनिर्वाचित महासचिवले जानकारी दिनुभएको छ । समितिको सदस्यहरु सन्तोष सत्म दुमी राई, धनचन्द्र दिम्माचु दुमी राई, कृष्ण हदी दुमी राई, वसन्त लुप्पो दुमी राई, कृष्ण सत्म दु...

नाष्टले प्रदान गर्ने ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’ दिक्तेल रुपाकोट मझुवागढीलाई

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १७ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यस वर्षको ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’ पाउने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’ यस वर्ष खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाउने भएको हो । नाष्टले कृषि विकास, वातावरण संरक्षण, जलस्रोत व्यवस्थापन, जैविक विविधता, शिक्षा, सेवा प्रवाह, सुशासन, पारदर्शिता, प्राविधिक सुविधा तथा समग्र विकासका विभिन्न सूचकमा सञ्चालन गरेको मूल्याङ्कनमा देशका ७५३ वटा स्थानीयमध्ये यो नगरपालिका सबैभन्दा उत्कृष्ट भएको नगरपालिकामा प्राप्त नाष्टको पत्रमा जनाइएको छ । नाष्टका कुलपति एवम् प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा यही मङ्सिर–१२ गते बसेको नाष्टको ४९ औँ प्राज्ञसभाले यो नगरपालिकालाई ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’बाट पुरस्कृत गर्ने निर्णय गरेको नाष्टको पत...

किराती प्रथम राजा यलम्बरको शालिक उद्घाटन अझै अन्यौलमा

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १२ मङ्सिर । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किराती प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमा (शालिक)सहितको यलम्बर पार्क (उद्यान) निर्माणको काम सम्पन्न भएको आठ महिना बित्यो । किरात ऐतिहासिक एवम् पर्यटकीयस्थल बुइपास्थित पञ्चदोबाटोका तीस रोपनी सरकारी जग्गामा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको शालिकसहित पार्क निर्माण गरिएको हो । माझ किरात भनेर चिनिने खोटाङको बुइपामा निर्माण गरिएको यलम्बरको शालिकसहितको पार्कमा कोशी प्रदेश सरकारको ७० र दिक्तेल रुपाकोट मझुवागी नगरपालिकाको ३० प्रतिशत लगानी परेको छ । करिब रु १४ करोड लागतमा फाइबर प्रयोग गरेर निर्माणको काम पूरा गर्ने भनिएको यलम्बरको शालिकसहितको पार्क ठेकेदार कम्पनी उमा–तुवाचुङ–अनसुवी जेभीले निर्माणको जिम्मा लिएको हो । आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिनेगरी निर्माण गरिएको यलम्बर पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्रा...

सरकारले बाँसका संरचना निर्माणसम्बन्धी मार्गदर्शन स्वीकृत गरेपछि…

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ८ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बाँस तथा बाँसजन्य सामग्रीको प्रवद्र्धन तथा नीति निर्माणका लागि दबाब सिर्जना गर्न काठमाडौँमा सत्याग्रह बसेको चार महिनापछि सरकारले ‘बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन’ स्वीकृत गरेको छ । नेपाल सरकार, उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसका संरचना निर्माणसम्बन्धी मार्गदर्शन स्वीकृत गर्नुभएको हो । मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत मार्गदर्शनले पहिलोपटक नेपालमा बाँसलाई संरचनात्मक निर्माण सामग्रीका रूपमा औपचारिक मान्यता दिएको छ । जसअनुसार बाँसबाट एकदेखि दुई तले आवासीय भवन, साना व्यावसायिक तथा औद्योगिक भवनहरू इन्जिनियरिङ डिजाइनका आधारमा निर्माण गर्न सकिने भएको छ । शहरी विकास मन्त्रालयबाट स्वीकृत भएको मार्गदर्शनलाई छिट्टै सङ्घीय मा...

आत्महत्या न्यूनीकरण गर्न ‘शून्यदेखि शिखरसम्म’ नामक सडक नाटक

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ३ मङ्सिर । आत्महत्या न्यूनीकरण गर्ने उद्देश्यले तयार गरिएको ‘शून्यदेखि शिखरसम्म’ नामक सडक नाटक प्रर्दशन सुरु गरिएको छ । बालाचतुर्दशीको अवसर पारेर बुधबार खोटाङको धार्मिक एवम् पर्यटकीयस्थल कालिका भगवती मन्दिर परिसरमा प्रदर्शन गरिएसँगै नाटकको औपचारिक यात्रा सुरु गरिएको हो । बालाचतुर्दशीको अवसर पारेर कालिका भवगती मन्दिर परिसरमा मृतकहरूलाई सम्झेर सतबीउ– पलबीउ छर्ने धार्मिक परम्परा तथा यस दिन नागरिकको ठूलो उपस्थिति हुने भएकाले नाटक प्रदर्शन गरिएको कार्यक्रम संयोजक सोनामहाङ राईले बताउनुभयो । पछिल्लो समय जिल्लामा आत्माहत्या गर्ने व्यक्तिको सङ्ख्या बिकरालरुपमा बढ्दै गएपछि न्यूनीकरण गर्न युवा समूहले सडक नाटक प्रदर्शन सुरु गरेका हुन् । जिल्लाका एक युवा समूहले तयार पारेको सडक नाटक भोलि मङ्सिर–४ गते दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयमा बिहान ११ः०० बजे प्रदर्शन गरिने जनाइएको छ । सोही दि...

शहीद इन्दिरा–राधा वाईसिएल फुटबल कप : आयोजक र साकेला ‘ए’को विजयी यात्रा सुरु

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ३० असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आयोजित ‘शहीद इन्दिरा–राधा वाईसिएल फुटबल कप–२०८२’ मा आयोजक योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल वडा कार्यसमिति र साकेला ‘ए’ फुटबल टोलीले विजयी यात्रा सुरु गरेको छ । ‘विचारसँगै खेलकुदमा युवा, सामाज रुपान्तरणमा वाईसिएलका युवा’ भन्ने नाराका साथ वाईसिएल नेपाल वडा कार्यसमितिले आयोजना गरेको प्रतियोगितामा निर्मलीडाँडा फुटबल क्लबलाई ट्राईब्रेकरमा तथा साकेला डाँडागाउँ ‘ए’ले बुवासुङलाई १–० ले पराजित गर्दै विजयी यात्रा सुरु गरेको हो । आयोजक र निर्मलीडाँडाबीच भएको पहिलो खेलको निर्धारित समयमा एक÷एक गोलको बराबरी भएपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा आयोजकले ५–३ को अन्तरले निर्मलीडाँडालाई पराजित गर्दै आयोजकले विजयी यात्रा सुरु गरेको निर्णायक मण्डलले जनाएको छ । प्रतियोगिताको दोस्रो खेलमा साकेला डाँडागाउँ ‘ए’ले बुवा...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिविबीचमा सहकार्यका लागि समझदारी

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १६ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन विश्वविद्यालयबीचमा आपसी सहकार्य गर्नका लागि पाँच वर्षे समझदारी कायम गरिएको छ । ज्ञान, सीप र नवप्रवर्तनलाई परिचालन गर्दै सार्वजनिक हितमा सेवा गर्ने लक्ष्यका साथ नगरपालिका र त्रिभुवन विश्वविद्यालयबीच आपसी समझदारी कायम गरिएको हो । शैक्षिक सहकार्य, प्रयोगात्मक अनुसन्धान र समुदाय केन्द्रित नवप्रवर्तनलाई अघि बढाउने साझा प्रतिवद्धतालाई स्वीकार गर्दै त्रिभुवन विश्वविद्यालयसँग आपसी समझदारी कायम गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । नगरपालिका र त्रिविबीचको दुई पक्षीय आपसी सहकार्यको माध्यमबाट वातावरण, कृषि, शिक्षा, जीविकोपार्जन, जलवायु सहनशीलता र नवप्रवर्तनमा जोड दिने मझदारी भएको छ । राजधानी काठमाडौँमा आइतबार भएको दुई पक्षीय भेलामा गरिएको पाँच वर्षे समझदारीपत्रमा नगरपालिकाकोतर्फबाट नग...

पर्यटकीयस्थलको प्रवद्र्धन गर्न माओवादी केन्द्रको जनश्रमदान अभियान

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटेहाङ गाउँपालिका कार्यसमितिले जनश्रमदानमार्फत पर्यटकीयस्थलहरुको प्रवद्र्धन सुरु गरेको छ । स्थानीय जनता र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताबीचको सम्बन्ध सुमधुर बनाउँदै गाउँपालिकाभित्र पर्ने पर्यटकीयस्थलहरुको प्रवद्र्धन गर्ने उद्देश्यले माओवादी केन्द्र गाउँपालिका कार्यसमितिले जनश्रमदान अभियान सुरु गरेको हो । जनश्रमदान अभियान अन्तरगत वडा नं. २ वाप्लुखाको कपासेभञ्ज्याङमा निर्माणाधीन राष्ट्रिय विभूति पार्क (उद्यान) र रोक्सिमभञ्ज्याङको सोलढुङ्गा, सुम्निमा–पारुहाङ पार्क र सानो हलेसी गुफा आसपासका क्षेत्रको सरसफाइ तथा वृक्षारोपण सम्पन्न गरिएको माओवादी केन्द्र खोटेहाङ गाउँपालिका कार्यसमितिका अध्यक्ष दिपेन थुलुङले जानकारी दिनुभएको छ । “हाम्रो गाउँपालिकाभित्र प्राकृतिकरुपमै बनेका पर्यटकीयस्थलहरु धेरै छन् । तिनीहरुको प्रवद्र्धन गर्न सके...