भौतिक पूर्वाधार विकास कार्यालय खोटाङबाट ११२ वटा आयोजनाको ठेक्का आव्हान
कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ८ पुस । भौतिक पूर्वाधार कार्यालय खोटाङले ११२ आयोजनाका लागि ठेक्का आव्हान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२÷८३ का लागि स्वीकृत भएको रु ६६ करोड बराबरको १२३ वटा आयोजनाको ठेक्का गर्नुपर्नेमा पूर्वाधार कार्यालयले पुस–३ गतेसम्ममा ११२ आयोजनाको ठेक्का आव्हान गरिसकेको हो ।
ठेक्का आव्हान भएका आयोजनाका लागि सम्बन्धित निर्माण कम्पनीसँग सम्झौताको प्रक्रियासमेत अगाडि बढेको भौतिक पूर्वाधार कार्यालय खोटाङका कार्यालय प्रमुख विनम दाहालले जानकारी दिनुभएको छ । “कोशी प्रदेश सरकारबाट स्वीकृित प्राप्त आयोजनाको बजेटको हिसाबले ९६ दशमलव २३ प्रतिशत र आयोजना सङ्ख्याको हिसाबले ९१ दशमलव ०६ प्रतिशत आयोजनाका लागि ठेक्का आव्हान गरिसकेका छौँ । बाँकी ११ वटा आयोजना प्रक्रियामा छ”, उहाँले भन्नुभयो, “जग्गाको स्वामित्व नरहेको तथा स्थानीयको विवाद रहेको जस्ता आयोजनाको ठेक्का आव्हान गर्न बाँकी छ । ती आयोजना...
