सेनाले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा सरस्वती मावि दिक्तेल प्रथम
खोटाङ, १२ पुस । नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक खोटाङले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय दिक्तेल प्रथम भएको छ । मुडे ब्यारेकले ३०४ औँ पृथ्वी जयन्तीको अवसर पारेर आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा जिल्लाका चारवटा माध्यमिक विद्यालयलाई पछि पार्दै सरस्वती मावि दिक्तेलले प्रथम उपाधि जितेको हो ।
जिल्लाका पाँचवटा माध्यमिक विद्यालयका विद्यार्थी सहभागी हाजिरीजवाफ प्रतियोगितामा माउन्ट एभ्रेष्ट आवासीय माध्यमिक विद्यालय दिक्तेल दोस्रो तथा दिक्तेल ईङ्ग्लिस आवासीय माध्यमिक विद्यालय दिक्तेल तेस्रो भएका छन् । प्रथम स्थान हाँसिल गर्ने सरस्वती मावि दिक्तेलले ३१०, दोस्रो हुने माउन्ट एभ्रेष्ट आवासीय माध्यमिक विद्यालय दिक्तेलले ३०५ र तेस्रो हुने दिक्तेल ईङ्ग्लिस आवासीय माध्यमिक विद्यालय दिक्तेलले २४५ अङ्क प्राप्त गरेको मुडे ब्यारेकले जनाएको छ ।
...
