हौँचुरका ज्येष्ठ नागरिकलाई जाडो छल्न फाइबरको सिरक
खोटाङ, २३ मङ्सिर । रावाबेँसी गाउँपालिका–६ हौँचुरका ज्येष्ठ नागरिकलाई जाडो छल्न फाइबरको न्यानो सिरक उपलब्ध गराइएको छ । वडा कार्यालयबाट जेष्ठ नागरिक सम्मान शीर्षकमा विनियोजित बजेटले खरिद गरिएको फाइबरको सिरक आइतबार एक कार्यक्रमका बीच वडाभित्रका ४५ जना ज्येष्ठ नागरिकलाई उपलब्ध गराइएको हो ।
ज्येष्ठ नागरिकको सम्मानसहित उहाँहरुलाई चिसोबाट बचाउन फाइबरको न्यानो सिरक उपलब्ध गराइएको हौँचुरका वडाध्यक्ष चिरञ्जीवि कार्कीले बताउनुभयो । “हिउँद लागेसँगै हाम्रो वडामा जाडो वृद्धि हुँदै गएको । लेकाली भेगमा बसोबास गर्ने जेष्ठ नागरिकहरु जाडोको समयमा बिरामी पर्ने गर्छन् । उहाँहरुलाई स्वस्थ राख्न यस वर्ष न्यानो सिरक उपलब्ध गराएका हौँ”, उहाँले भन्नुभयो, “हाम्रो वडामा धेरै जेष्ठ नागरिक बिपन्न परिवारका छन् । वडामा रहनुभएका ज्येष्ठ नागरिकमध्ये बिपन्न समुदायका छनोट गरेर उनीहरुलाई जाडो छल्ने फाइबरको सिरक उपलब्ध गराए...
