वैशाख–२३ गतेदेखि खोटाङमा अन्तर जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता
खोटाङ, १५ वैशाख । जिल्ला ब्याडमिन्टन सङ्घ खोटाङले यही वैशाख तेस्रो सातादेखि दिक्तेल बजारमामा खुला अन्तर जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला ब्याडमिन्टन सङ्घ खोटाङले यही वैशाख–२३ गतेदेखि २५ गतेसम्म खुला अन्तर जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको हो ।
दिक्तेल बजारस्थित ‘खोटाङ बहुउद्देश्यीय कभर्डहल’मा आयोजना गर्न लागिएको तीन दिवसीय प्रतियोगितामा खुला पुरुष डबल्स, मिक्स डबल्स, भेट्रान्स डबल्स (४० वर्षमाथिका) तथा शिक्षक, कर्मचारी, जनप्रतिनिधि डबल्स र १५ वर्षमूनिका सिङ्गल प्रतियोगिता गरिने ब्याडमिन्टन सङ्घले पत्रकार सम्मेलनमार्फत जनाएको छ । खुला पुरुष डबल्समा प्रथम हुनेले रु २५ हजार, दोस्रो हुनेले रु १५ हजार तथा सेमिफाइनलिष्ट दुई टिमले रु पाँच÷पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने ब...
