Thursday, June 4

समाज/संस्कार

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २४ जेठ । हलेसी तुवाचुङ नगरपालिकाले कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ प्राप्त गरेको छ । नेपालका प्रधानाध्यापकहरूको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान)ले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट नगरपालिका पुरस्कार यस वर्ष खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्राप्त गरेको हो । शिक्षा क्षेत्रमा गरेको नेतृत्व, प्रतिबद्धता र नवीन पहललाई प्रोत्साहन गर्दै हलेसी तुवाचुङ नगरपालिकालाई कोशी प्रदेशको पान उत्कृष्ट पुरस्कार–२०८२ प्रदान गरिएको प्रिन्सिपल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमले बताउनुभएको छ । प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाको नेतृत्वमा गठित छनोट समितिले २५ ओटा शैक्षिक मापदण्डका आधारमा मूल्याङ्कन गरेर हलेसी तुवाचुङलाई कोशी प्रदेशकै उत्कृष्ट नगरपालिका ठहर गर्दै पुरस्करका लागि सिफारिस गरेको थियो । पोखरामा शुक्रबार आयोजित संस्थाको दोस्रो राष्ट्रिय सम...

नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन दिक्तेल बहुमुखी क्याम्पसको अध्यक्षमा रविन सुनुवार

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २३ जेठ । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन दिक्तेल बहुमुखी क्याम्पस खोटाङको अध्यक्षमा रविन सुनुवार चयन हुनुभएको छ । सङ्गठनमा आस्था राख्ने प्राध्यापकहरुको शुक्रबार भएको भेलाले सुनुवारलाई क्याम्पस इकाई समितिको अध्यक्षमा सर्वसम्मत् चयन गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन दिक्तेल बहुमुखी क्याम्पस इकाई समितिको सचिवमा श्यामकुमार राई र कोषाध्यक्षमा कल्पना राई चयन हुनुभएको छ । सदस्यहरुमा कृष्ण गुरुङ, बेदीकुमार राई, चित्रकुमार सुवेदी, लक्ष्मीकुमार राई र सुवाशचन्द्र राई रहनुभएको छ । क्याम्पस इकाई समितिको सल्लाहकारमा हर्कवीर राई र पदम विष्ट रहनुभएको छ । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका केन्द्रीय महासचिव तीलक केसीको प्रमुख आतिथ्यतामा भएको भेलामा केन्द्रीय सदस्य दीपक पोखरेल, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन खोटाङका अध्यक्ष भवकृष्ण ढ...

पत्रकार महासङ्घ खोटाङको भवनका लागि कोशी प्रदेश सरकारबाट बजेट सुनिश्चित

कला/साहित्य, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २३ जेठ । नेपाल पत्रकार महासङ्घ खोटाङको कार्यालय भवन निर्माणका लागि कोशी प्रदेश सरकारले बजेटको स्रोत सुनिश्चित गरेको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईको सिफारिसमा अर्थमन्त्रालयले सहमती दिएपछि पत्रकार महासङ्घ खोटाङको भवन निर्माणका लागि बहुवर्षे आयोजना अन्तरगत रु तीन करोड बजेटको स्रोत सुनिश्चित भएको हो । अर्थमन्त्रालयबाट बजेटको स्रोत सुनिश्चित भएसँगै पत्रकार महासङ्घ खोटाङको भवन निर्माणका लागि नौँ महिनाभित्र ठेक्का सम्झौता गरेर निर्माणको प्रक्रिया शुरु गर्नुपर्ने बाटो खुला भएको छ । सहमतीअनुसार नौँ महिनाभित्र भवन निर्माणका लागि ठेक्का सम्झौता नगरिएको खण्डमा अर्थमन्त्रालयले दिएको सहमती स्वतः खारेज हुने अर्थमन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयबीच भएको सहमतीपत्रमा उल्लेख छ । भाडाको घरमार्फत कार्यसञ्चालन गर्दै आएको पत्रकार महासङ्घ खोटाङले...

मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालयका लागि पर्यटन मन्त्रालयको रु तीन करोड बजेट

कला/साहित्य, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २२ जेठ । दिक्तेल बजारमा स्थापना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’का लागि आवश्यक भवन निर्माण गर्न नेपाल सरकार, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु तीन करोड बजेट विनियोजन गरेको छ । वि.सं.२०८० सालमा दिक्तेल बजारमा आयोजना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी–२०८०’ का क्रममा बनाइएका क्यानभास चित्र राखेर दिक्तेलमा स्थापना गरिएको मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालयका लागि आवश्यक भवन निर्माणका लागि पर्यटन मन्त्रालयले बजेट उपलब्ध गराउने भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वि.सं. २०८० असोज–१७ गतेदेखि असोज–२० गतेसम्म मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरेको थियो । विभिन्न पर्यटकीयस्थलमा लगेर आयोजना गरिएको प्रत्यक्ष चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी ५० देशका ख्यातिप्राप्त चित्रकारहरुले ...

मनसुनजन्य विपद् प्रतिकार्यका लागि संयुक्त उद्धार टोलीद्धारा अभ्यास प्रदर्शन

कला/साहित्य, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २० जेठ । जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले मनसुनजन्य प्राकृतिक विपत्तिमा परेका जिल्लावासीलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउने उद्देश्यले दिक्तेलमा उद्धारसम्बन्धी अभ्यास (डेमोष्ट्रेशन) प्रदर्शन गरेको छ । नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक खोटाङको नेतृत्वमा आज (मङ्गलबार) साँझ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित दिक्तेल–आहाले–खानीडाँडा सडकखण्डमा पर्ने खोँचमा संयुक्त अभ्यास प्रदर्शन गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समिति खोटाङद्धारा गठित संयुक्त उद्धार टोलीले मनसुनजन्य विपद्को समयमा पहिरो, खोँच तथा खोलामा फसेका सर्वसाधारणको उद्धार, प्राथमिक उपचार तथा स्वस्थ्य संस्थासम्म पु¥याउन अपनाइने विधिका बारेमा अभ्यास प्रदर्शन गरेका छन् । नेपाली सेना, जनपद प्रहरी तथा सशस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको संयुक्त उद्धार टोलीले अभ्यास प्रदर्शन गरेका हु...

हलेसी तुवाचुङका महिला, अपाङ्ग र विदेशबाट फर्किएका युवालाई बङ्गुरको पाठा

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २० जेठ । हलेसी तुवाचुङ नगरपालिकाले महिला, अपाङ्गता भएका व्यक्ति र विदेशबाट फर्किएका युवालाई बङ्गुरको पाठापाठी उपलब्ध गराएको छ । आम्दानीको स्रोत नभएका नगरवासी छनोट गरेर उनीहरुको आम्दानीको स्रोत वृद्धि गराउँदै नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत जातका बङ्गुरको पाठापाठी खरिद गरेर निःशुल्क उपलब्ध गराएको हो । नगरपालिकाले पारित गरेको बङ्गुर प्रवद्र्धन कार्यक्रम अन्तरगत यस वर्ष ११५ वटा उन्नत जातका बङ्गुरको पाठापाठी खरिद गरेर महिला, अपाङ्गता भएका व्यक्ति र विदेशबाट फर्किएका युवालाई निःशुल्क उपलब्ध गराइएको नगरप्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ । “नगरवासीलाई बङ्गुर पालन व्यवसायमा जोड्नका लागि १६ घर परिवारलाई खोर निर्माण गर्न ६० प्रतिशत अनुदान उपलब्ध गराएका छौँ । रु दुई लाख बराबरको खोर बनाएका घर परिवारलाई नगरपालिकाको तर्फबाट रु ए...

महुरेगढी प्राविधिक शिक्षालयका पूर्वप्रमुख पौड्यालको स्मृतिमा प्रतिमा निर्माण

कला/साहित्य, भनाइ/विचार, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १९ जेठ । सुनकोशी नदीमा गाडी खस्दा ज्यान गुमाउनुभएका महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालय खोटाङका पूर्वप्रमुख इन्जिनियर भानु पौड्यालको स्मृतिमा उहाँको प्रतिमा निर्माण गरिएको छ । वि.सं. २०८० जेठ–१९ गते काठमाडौँबाट खोटाङस्थित नुनथलामा सञ्चालित महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयको कार्यालय आउनेक्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ खुर्कोटस्थित लौकुनमा गाडी पल्टिएर सुनकोशीमा खस्दा ज्यान गुमाउनुभएका प्राविधिक शिक्षालयका पूर्वप्रमुख इन्जिनियर पौड्यालको स्मृतिमा उहाँको अर्धकदको प्रतिमा निर्माण गरिएको हो । महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयको अनुगमन तथा योजना निर्माणको सिलसिलामा बा १ झ ७४६७ नम्बरको गाडी चढेर खोटाङ आउनेक्रममा पौड्यालसहित सिटिइभिटीका प्रशासन महाशाखा निर्देशक कृष्णबहादुर केसी र योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेल गाडी दुर्घटनामा पर्नुभएको थियो । दुर्...

अकबरे खुर्सानीको व्यापार : दिक्तेलमा एक केजी अकबरेको मूल्य रु एक हजार

कला/साहित्य, फोटो/भिडियो, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १८ जेठ । खोटाङ जिल्लामा अकबरे खुर्सानीको मूल्य हालसम्मकै उच्च भएको पाइएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न तरकारी पसलहरुमा अहिले अकबरे खुर्सानी प्रतिकेजी रु एक हजारमा धमाधम बिक्री भइरहेको पाइएको हो । जिल्लामा अकबरे खुर्सानीको मूल्य हालसम्मकै उच्च भएपनि ग्राहकहरुले खोजिखोजि खरिद गरेर उपभोग गर्ने गरेको व्यापारीहरुले बताएका छन् । दिक्तेल बजारका व्यापारीहरुले गाउँका कृषकले उत्पादन गरेर बिक्री गर्न ल्याएका अकबरे खुर्सानी बाटैमा रोकेर ठेक्दै ग्राहकलाई बिक्री गर्ने गरेका छन् । कृषकबाट प्रतिकेजी रु ७०० देखि रु ८०० सम्ममा खरिद गरेको अकबरे खुर्सानी व्यापारीहरुले रु २०० देखि रु ३०० सम्म नाफा राखेर ग्राहकलाई बिक्री गर्ने गरेको पाइएको छ । अकबरे खुर्सानीको मूल्य महङ्गो भएपनि स्वादिलो र औषधीय गुण भएकाले प्रतिकेजी रु एक हजारमा खरिद गरेर उपगोग गर्ने गरिएको उपभोक्ताह...

तराई जोड्ने छोटो सडकखण्डको दिखुवाखोलामा मोटरेबल पुल निर्माण शुरु

कला/साहित्य, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १८ जेठ । दिक्तेल बजारलाई पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने छोटो सडकखण्डमा पर्ने दिखुवाखोलामा मोटरेबल पुल निर्माणको काम शुरु भएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालय विराटनगरको लगानीमा दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकखण्डको दिखुवाखोलामा मोटरेबल पुल निर्माण शुरु गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र वडा नं. १५ विजयखर्कको सिमाना पर्ने दिखुवाखोलामा मोटरेबल पुल नहुँदा वर्षाद्को समयमा करिब छ महिना यातायात ठप्प हुने गरेको छ । सडक सञ्चालनमा आएको लामो समयपछि प्रदेश सडक पुल सहयोग एकाइ इटहरी र भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय गाईघाटको साझेदारीमा दिखुवाखोलामा मोटरेबल पुल बन्न लागेको हो । दिखुवाखोलामा निर्माण हुने मोटरेबल पुल शनिबार कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईले शिलान्यास गर्...

किरात उद्गमस्थल तुवाचुङ–जायजुममा तीनचुलाको पूजासँगै बृहत् साकेला सिली प्रदर्शन

कला/साहित्य, भनाइ/विचार, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १७ जेठ : किरात समुदायको उद्गमस्थल खोटाङको तुवाचुङ–जायजुममा बृहत् साकेला सिली प्रदर्शन गरिएको छ । किरात समुदायको महान चाड साकेला उँभौलीको अवसर पारेर शनिबार किरात ऐतिहासिकस्थल तुवाचुङ–जायजुममा नछुङ (धामी)मार्फत तीनचुलाको पूजाआजासँगै बृहत् साकेला सिली प्रदर्शन गरिएको हो । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीभन्दा केहीमाथि पर्ने पर्यटकीयस्थल तुवाचुङ–जायजुममा आयोजना गरिएको चुला पूजा तथा बृहत् साकेला सिली प्रदर्शनीमा खोटाङ, उदयपुर, ओखलढुङ्गा, भोजपुर लगायत विभिन्न जिल्लाका किरात राई समुदाय भेला भएर सामुहिक रुपमा तीनचुलाको पूजा गर्दै साकेला नाचेका छन् । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले उद्घाटन गर्नुभएको बृहत् साकेला सिली प्रदर्शनीमा साकेला सिली प्रदर्शन गर्न विभिन्न जिल्ला तथा स्थानका १३ समूह सहभागी भएको तुवाचुङ–जायजुम संरक्षण समितिका महासचिव दिनेश राईले जानकारी दिनुभएको छ । त...