आफूले पढाउने विद्यालयमै पढाउँछन् कालिका माविका शिक्षकले आफ्ना छोराछोरी
–रामधन राई
खोटाङ, १ असार । रुकुम पश्चिम दाङका शिक्षक लालबहादुर ओलीले खोटाङमा सात वर्षअघिदेखि अध्यापन गर्दै आउनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित कालिका माध्यमिक विद्यालमा शिक्षण गरिरहनुभएको ओलीले आफ्नो १४ वर्षीय छोरा उज्वललाई पनि साथैमा ल्याएर पढाउँदै हुनुहुन्छ । अधिकांश शिक्षकहरु आफू सामुदायिक विद्यालयमा पढाएर आफ्ना नानीहरुलाई निजी अर्थात सुविधा सम्पन्न विद्यालयहरुमा अध्ययन गराइरहेको अवस्थामा ओलीले भने, आफ्नै विद्यालयमा छोरालाई पढाउन ल्याउनुभएको हो ।
आफैले प्रदान गर्ने शिक्षामा विश्वास नहुने शिक्षकहरुले प्रायः बच्चाको लागि अन्य विद्यालय रोज्ने गरेको विज्ञान विषय शिक्षक ओलीको ठहर छ । दाङस्थित विद्यालयमा अङ्ग्रेजी भाषाका माध्यमबाट गुणस्तरीय पठनपाठन भईरहे पनि आफैले शिक्षण गर्ने सामुदायिक विद्यालयमा छोरालाई ल्याएको ओलीको भनाइ छ ।
“सबै शिक्षकले आफ्ना बच्चाहरु आफ...
