जन्तेढुङ्गा गाउँपालिकाले फलायो बाँझो जमिन फोरेर छ हजार केजी आलु
कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २९ असार । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोग गरेर छ हजार केजी आलु उत्पादन गरेको छ । आलु खेती प्रवद्र्धन कार्यक्रम अन्तरगत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१÷०८२ मा उपलव्ध गराएको रु १५ लाख सशर्त बजेटमध्ये रु सात लाख लगानी गरेर गाउँपालिकाले यस वर्ष छ हजार केजीभन्दा बढी आलु फलाएको हो ।
गाउँपालिकाले वडा नं.–४ डम्बर्खुशिवालयको भञ्ज्याङखर्कमा रहेको करिब ६१ रोपनी सार्वजनिक बाँझो जमिन फोरेर गत फागुनमा आलु खेती लगाएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी स्थानीयवासीले यही असार–१२ गतेदेखि असार–२७ गतेसम्म लगाएर गाउँपालिकाले रोपेको आलु खनिएको गाउँपालिकाका रोजगार शाखा प्रमुख विज्ञान राईले जानकारी दिनुभएको छ ।
बाँझो जमिन उपयोग गरेर उत्पादन गरिएको आलुलाई गाउँपालिकाले चिसापानी बजारमा सञचालन गरेको कोसेली घरमा भण्डार गरिएको छ । कोसेली घरमा ...
