ट्राफिक प्रहरीले सङ्कलन ग¥यो एक वर्षमा रु ४९ लाख ३१ हजार ५०० राजस्व
खोटाङ, ७ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८१÷८२ मा सवारी कारबाहीबाट रु ४९ लाख ३१ हजार ५०० राजस्व सङ्कलन गरेको छ । गत वर्षको साउन–१ गतेदेखि असार मसान्तसम्ममा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार ७४७ वटा सवारी साधन कारबाहीमा पर्दा उक्त राजस्व रकम सङ्कलन भएको हो ।
जिल्लामा सञ्चालित तीन हजार ११५ वटा कार, जिप तथा भ्यानलाई कारबाही गर्दा रु ३६ लाख ७७ हजार, एक हजार ३४६ वटा मोटरसाईकलबाट रु ११ लाख ५६ हजार ५००, ५७७ वटा ट्रकबाट रु पाँच लाख २० हजार, १३६ वटा बसबाट रु एक लाख २१ हजार ५०० राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक पितम राईले जानकारी दिनुभएको छ । यस्तै, ९८ वटा ट्रिपरबाट रु ८६ हजार ५००, ३५७ ट्याक्टरबाट रु दुई लाख ८२ हजार, ११७ वटा टेम्पो कारबाहीबाट रु एक लाख पाँच हजार राजस्व सङ्कलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट...
