नगरप्रमुख भट्टराईको अनशन जारी, माग पूरा गर्ने उपप्रधानमन्त्रीसहितको प्रतिवद्धता
कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १८ साउन । नेपाल सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र वनमन्त्री ऐनबहादुर शाहीले शनिबार माइतीघर मण्डलामा अनिश्चितकालीन आमरण अनशनमा बस्नुभएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईलाई राख्नुभएका माग पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । उपप्रधानमन्त्री सिंह र मन्त्री शाहीले नगरप्रमुख भट्टराईले उठाउनुभएका जायज मागहरुलाई विज्ञको परामर्शको आधारमा पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
उपप्रधानमन्त्री सिंहले वार्ता टोलीसँग तथा वनमन्त्री शाहीले नगरप्रमुख भट्टराईलाई भेटेर खोटाङलाई बाँसको राजधानी बनाउने तथा बाँसलाई विल्डिङ कोडमा समावेश गरी सरकारी मूल्याङ्कन गर्न नीति बनाउने, बाँदर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने नीति निर्माण गर्ने लगायतका विषयमा विज्ञको प्रतिवेदनका आधारमा माग पूरा गर्ने आश्वासन दिनुभएको वार्ता टोलीका सदस्य एवम् नगरप्रवक्ता दिनेश घिम...
