Wednesday, June 3

समाज/संस्कार

मनोरञ्जनको नाममा जुवातास नखेल्न÷नखेलाउन प्रशासनको आग्रह

कला/साहित्य, फोटो/भिडियो, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ११ असोज । जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको अवसर पारेर मनोरञ्जनको नाममा जुवातास नखेल्न÷नखेलाउन जिल्लावासीलाई आग्रह गरेको छ । दसैँ, तिहार, नेपाल सम्वत् तथा छट लगायतका चाडपर्व नजिकिएसँगै प्रशासनले सार्वजनिक सूचना जारी गरेर यस्तो आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जारी गर्नुभएको सात बुँदे सूचनामा दैनिक उपभोग्य एवम् अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी, मूल्यवृद्धि, म्याद नाघेका अखाद्यवस्तु बिक्री तथा वितरण गर्ने लगायतका उपभोक्ता हित बिपरितका कार्यहरु नगर्न÷नगराउन आग्रह गरिएको छ । चाडपर्वको अवसरमा सार्वजनिकस्थलहरुमा अनावश्यक भीडभाड, होहल्ला तथा झै–झगडा नगर्न, सवारी साधनको क्षमताभन्दा बढी यात्रु नबोक्न, तोकिएको भाडादरभन्दा बढी भाडा नलिन, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न÷गराउन अनुरोध गरिएको छ । यात...

दिक्तेल बजारमा दसैँको चहलपहल बढ्यो, दैनिक लाखौँको आर्थिक कारोबार

कला/साहित्य, फोटो/भिडियो, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ९ असोज । दसैँ, तिहार, नेपाल सम्वत् तथा छट पर्व लगायतका चाडपर्वहरु नजिकिएसँगै जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा सर्वसाधारणको चहलपहल बढेको छ । दैनिक उपभोग्य सामग्री किनमेल गर्ने तथा शहरबाट जिल्ला भित्रिने सर्वसाधारणको बिहानदेखि राति अबेरसम्म चहलपहल बढेको हो । चाडपर्व नजिकिएसँगै जिल्लामा दैनिक रु ५० देखि रु ६० लाखसम्मको आर्थिक कारोबार हुने गरेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले जानकारी दिनुभएको छ । “सबै व्यापारीहरुलाई तोकिएको दरमा सामान बिक्री गर्न र ग्राहकलाई सकेसम्म छुट दिन आग्रह गरेका छौँ । व्यापारीहरूले पनि धेरै नाफा कमाउनेभन्दा सुपथ मूल्यमा सामान बिक्री गरिरहेका छन्”, उहाँले भन्नुभयो, “केही दिनअघिसम्म सुनसान रहेको दिक्तेल बजारमा पछिल्ला दुई दिनदेखि ग्राहकको भीड निक्कै बढेको छ । यसले व्यवसायीहरुको कारोबार राम्रो भइरहेको छ ।” जिल्लामा कुखुर...

च्यास्मिटारमा एक घण्टाको अन्तरमा दुई छिमेकीको घरमा आगजनी

कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ८ असोज । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित दाल्फुमा करिब एक घण्टाको अन्तरमा दुई छिमेकीको घर र गोठमा आगजनी भएको पाइएको छ । दाल्फुका स्थानीय दुर्गाप्रसाद राईको घर र बबरसिं राईको गोठमा गएराति अज्ञात व्यक्तिबाट आगजनी भएको हो । दुर्गाप्रसादको घरमा राति करिब १ः२० बजे र बबरसिंको गोठमा करिब २ः०० बजेको समयमा आगजनी भएको स्थानीयले बताएका छन् । अज्ञात व्यक्तिबाट भएको आगजनीमा दुर्गाप्रसादको एउटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । घर र मतानमा भने आंशिक क्षति पुगेको प्रहरी चौकी च्यास्मिटारले जनाएको छ । दुर्गाप्रसादको घर र मतानको बीचमा रहेको भैँसी बाँधेको गोठबाट आगो सुरु भएको थियो । रातको समयमा लागेको आगो घर र मतानको छाना उधारेर ठूलो क्षति हुनबाट जोगाएका छन् । स्थानीयले सो आगो नियन्त्रणमा लिएको केही समयपछि करिब तीन मिनेट पर रहेको बबरसिंको गोठमा आगो सुरु भएको जनाइएको छ । दुबै घरमा भ...

यात्रुको चाप व्यवस्थापन गर्न दिक्तेल र जयरामघाटमा ‘यात्रु सहायता कक्ष’ स्थापना

कला/साहित्य, भनाइ/विचार, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ६ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले दसैँ, तिहार तथा छठ पर्वको समयमा हुने यात्रुको चापलाई व्यवस्थापन गर्न जिल्लाका दुई ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यात्रुको सुरक्षित, सहज र व्यवस्थित यात्राका लागि व्यवस्थापन गर्न दिक्तेल बजारको रत्नपार्कस्थित किरातचोक र जिल्ला प्रवेश गर्ने प्रमुख नाका जयरामघाटमा सहायता कक्ष सञ्चालन गरिएको हो । चाडपर्वको समयमा हुनसक्ने समस्या समाधान गर्न जिल्लाका दुई ठाउँ (प्रवेश र प्रस्थान)मा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक बाबुराम न्यौपानेले जानकारी दिनुभयो । यात्रु सहायता कक्षमा यात्रुहरूले भिडभाडका बीचमा यात्रा गर्दा पर्न सक्ने समस्या समाधान, ट्राफिक नियमबारे सचेतना, टिकट परीक्षण र भाडासम्बन्धी गुनासो राख्न सक्ने व्यवस्था गरिएको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने...

साकेलाका लाभग्राहीका लागि सामाजिक सुरक्षाभत्ता वितरण गर्न घुम्ती शिविर

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ५ असोज । साकेला गाउँपालिकाले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका लाभग्राहीलाई लक्षित गर्दै घुम्ती शिविरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको छ । जिल्लाको सबैभन्दा सानो स्थानीय तह (पाँचवटा वडा रहेको) साकेला गाउँपालिकाले दशैँ, तिहार र छटपर्वलाई लक्षित गरेर आज (आइतबार)देखि चालु आर्थिक वर्षको प्रथम त्रैमासिक सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको हो । शिविरको पहिलो दिन वडा नम्बर–४ मात्तिमको पाउँदुरे र वडा नं. ५ मात्तिमको बिर्ता पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षाभत्ता वितरण गरिएको गाउँपालिकाका सामाजिक सुरक्षा शाखा संयोजक डिएम चाम्लिङ राईले जानकारी दिनुभयो । बैङ्किङ प्रणालीमार्फत त्रैमासिक रुपमा वितरण गर्नुपर्ने सामाजिक सुरक्षाभत्ता पहिलादेखि नै वडा–वडामा पुगेर शिविरमार्फत वितरण गर्दै आएको गाउँपालिकाले यो प्रथम त्रैमासिकको भत्ता पनि वडामै पुगेर बाँड्न सुरु गरेको हो । वडा नं....

चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन प्रशासनको निर्देशन

कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ४ असोज । जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन यातायात व्यवसायीलाई निर्देशन दिएको छ । दशैँ, तिहार तथा छट पर्वको मौका छोपेर यातायात व्यवसायीले यात्रुबाट बढी भाडा लिने गरेको गुनासो आएपछि प्रशासनले तोकिएको भाडादरभन्दा बढी नलिन निर्देशन दिएको हो । चाडपर्वको बहानामा यातायात व्यवसायीले तोकिएको भाडादरभन्दा बढी भाडा लिएको खण्डमा तत्काल प्रहरीलाई खबर गर्न यात्रुहरुलाई समेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभएको छ । “चाडपर्वको अवसरमा यात्रुको चाप बढी हुने भएकाले सिट क्षमताभन्दा बढी यात्रु नराख्न, अनिवार्य टिकटको व्यवस्था गर्न तथा गति सीमित गर्न यातायात व्यवसायीलाई निर्देशन दिएका छौँ । यात्रुको सहजताका लागि विभिन्न ठाउँमा यात्रु सहायता कक्षसमेत सञ्चालन गर्ने तयारी गरिएको छ”, उहाँले भन्नुभयो, “प्रशासनको निर्देशनलाई अवज्ञा गरेक...

संविधान दिवस–२०८२ : दीप प्रज्ज्वलनसहित शुभकामना आदानप्रदान

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ३ असोज  । खोटाङमा पनि विविध कार्यक्रमका साथ संविधान दिवस–२०८२ मनाइएको छ । जिल्लास्थित राजनीतिक दल, जिल्ला समन्वय समिति खोटाङ तथा स्थानीय तहहरुले दीप प्रज्ज्वलनसहित शुभकामना आदानप्रदान गर्दै संविधान दिवस मनाएको हो । नेपाली जनताको लामो बलिदानीपूर्ण सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज–३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान–२०७२’ जारी गरेको हो । जिल्लास्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले छुट्टाछुट्टै स्थानमा कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाएका छन् । एमालेले दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा र माओवादी केन्द्रले त्रिवेणीचोकमा कार्यक्रमको आयोजना गरेर दिवस मनाएको हो । एमालेले आयोजना गरेको कार्यक्रममा केन्...

मृत फेला परेकी रेश्मिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा एक किशोर पक्राउ

कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २ असोज । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २६ वर्षीया रेश्मिका सिवा परियारको बलात्कारपछि हत्या गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । गत भदौ– ३० गते मृत फेला पर्नुभएकी रेश्मिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोही गाउँपालिकाका अन्दाजी १६–१७ वर्षीय एक किशोर पक्राउ परेका हुन् । स्थानीय अजम्बरी साना किसान कृषि सहरकारी संस्थामा कार्यरत रेश्मिकालाई कार्यालयस्थल पञ्चमीबजारबाट घर फर्कने क्रममा मार्से सामुदायिक वनमा लगेर बलात्कारपछि हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिनुभएको छ । “पक्राउ परेका किशोरले घटनाबारे स्वीकार गरिसकेका छन् । उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत खोटाङबाट चार दिनको म्याद थप गरिएको छ”, उहाँले भन्नुभयो, “पक्राउ परेका किशोरले आफू नाबालक रहेको बताएका छन् । उमेर प्रमाणित गर्न जन्मदर्ताको प्रमाणपत...

दिक्तेल रुपाकोट मझुवागढीका भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २ असोज । राष्ट्रिय भूमि आयोग खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण सुरु गरेको छ । पन्ध्र वडा रहेको यो नगरपालिकाका २९७ घर भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई जग्गासहित जग्गाको लालपुर्जा उपलब्ध गराउन बिहीबार औपचारिक कार्यक्रमको आयोजना गरेर निस्सा वितरण सुरु गरिएको हो । भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई निस्सा वितरण गरिएसँगै चाँडै जग्गाको लालपुर्जा उपलब्ध गराउनेगरी दोस्रो चरणको प्रक्रिया सुरु गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “निस्सा प्राप्त गर्ने भूमिहीनलाई वडा कार्यालयले ऐलानी तथा पर्ति जग्गा पहिचान गरेर नगरपालिकालाई सिफारिस गर्छ । वडाको सिफारिसको आधारमा उनीहरुलाई लालपुर्जा उपलब्ध गराउन नगरपालिकाको तर्फबाट राष्ट्रिय भूमि आयोग खोटाङलाई सिफारिस गर्छौँ”, उहाँले भन्नुभयो, “लाभग्राहीलाई निस्सा...

रेश्मिका मृत फेला प्रकरण : बलात्कारपछि हत्या आशङ्कामा शव परीक्षण गर्न धरान पठाइयो

कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १ असोज : दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ रेश्मिका सिवा परियारको बलात्कारपछि हत्या भएको आशङ्कामा शव परीक्षण गर्न धरान पठाइएको छ । स्थानीय अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेश्मिका बतासेको ह्याकुले र रमितेडाँडाको बीचमा पर्ने मार्से सामुदायिक वनमा भदौ–३० गते राति शङ्कास्पद अवस्थामा मृत फेला परेपछि सर्जमिन मुचुल्का गरेर शव परीक्षण गर्न धनानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको हो । सहकारीका अध्यक्ष सागर तामाङका अनुसार भदौ–३० गते अपरान्ह आफ्नो काम सकेर कार्यालयबाट हिड्नुभएकी रेश्मिका राति अबेरसम्म घर नपुगेपछि खोजी गर्नेक्रममा सडकभन्दा करिब १५० मिटर तल झाडीमा सोही राति करिब नौँ बजे मृत फेला पर्नुभएको थियो । जागिरका लागि काममा जानुभएकी एक छोरीकी आमा रेश्मिकाको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीयले तत्काल अपराधी पत्ता लगाएर कडाभन्दा...