एमाले खोटाङमा दश जना महाधिवेशन प्रतिनिधिका लागि ६५ जनाको दाबी
खोटाङ, ११ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि बन्नका लागि खोटाङमा ६५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । दश स्थानीय तह रहेको जिल्लाबाट छनोट हुने दश जना महाधिवेशन प्रतिनिधिका लागि ६५ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।
पाँच जना खुला प्रतिनिधिका लागि ४१ जना, तीन जना महिलाका लागि नौँ जना, एक जना युवाका लागि ११ जना र एक जना दलितका लागि चार जनाको उम्मेदवारी दर्ता भएको एमाले खोटाङका अध्यक्ष देवबिक्रम राईले जानकारी दिनुभएको छ । प्रतिनिधि छनोटका लागि नेताहरुले उम्मेदवारी दर्ता गराए पनि सहमतिमै प्रतिनिधि छनोट हुने अध्यक्ष राईले दाबी गर्नुभएको छ ।
प्रतिनिधिका लागि उम्मेदवारी दिने उम्मेदवारलाई भोलि (शुक्रबार) दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा छलफलका लागि बोलाइएको एमालेले जनाएको छ । उम्मेदवारहरु र नेताबीच हुने छलफलबाट सर्वसम्मत प्रतिनिधि छनोट गर्...
