Wednesday, June 3

समाज/संस्कार

आफ्नै ठाउँमा व्यवसायिक बन्न मुढा बनाउने सीप सिक्दै दिक्तेलका महिला

कला/साहित्य, फोटो/भिडियो, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २० मङ्सिर । बेरोजगार रहेका स्थानीय महिलालाई लक्षित गरी दिक्तेल बजारमा मुढा बनाउने सीप विकास तालिम सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको कालिका वडास्तरीय महिला समूहको आयोजना तथा टेवा संस्था नेपालको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । स्थानीय देविस्थान एकता समाज दिक्तेलको सभाहलमा सञ्चालन भइरहेको तालिममा सहभागी महिलाले मुढा उत्पादनका आधारभूतदेखि व्यवहारिक सीप सिकिरहेका छन् । तालिमले बेरोजगार रहेका महिलालाई आत्मनिर्भर बनाउनका साथै घरायसी आम्दानी बढाउन सहयोग गर्ने अपेक्षा गरिएको महिला समूहकी अध्यक्ष लोकमाया थापा ‘गीता’ले जानकारी दिनुभएको छ । तालिममा सहभागी महिलालाई घर तथा कार्यालयमा प्रयोग हुने मुढा विभिन्न प्रकार तथा गुणस्तरीय तरिकाले उत्पादन गर्ने विधि सिकाइने जनाइएको छ । फुर्सदिला महिलाका लागि स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सुरु गर...

सुनकोशीको फोक्सिङटार र बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडानको काम सुरु

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १९ मङ्सिर । सगरमाथा लोकमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोशी नदीको फोक्सिङटारमा मोटरेबल पक्की पुल बाढीले बगाएपछि अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याउन लागिएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका जिल्लासँग सिधा यातायात सञ्चालन गर्नेगरी जडान सुरु गरिएको अस्थायी बेलिब्रिज यही मङ्सिर अन्तिमदेखि नियमित हुने भएको छ । विगत छ महिनादेखि अवरुद्ध रहेको यो सगरमाथा लोकमार्गमा फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिब्रिज जडानको काम सुरु भएसँगै दुई जिल्ला जोड्ने सिधा यातायात सञ्चालन हुने निश्चित भएको हो । गाईघाट–दिक्तेल सडक योजना कार्यालय उदयपुरका अनुसार ठेक्का सम्झौता भइसकेको र सम्पूर्ण सामग्री तय...

कपासेभञ्ज्याङमा निर्माण गरिएको राष्ट्रिय विभूति पार्क (उद्यान) सञ्चालनमा

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १८ मङ्सिर । खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित पर्यटकीयस्थल कपासेभञ्ज्याङमा निर्माण गरिएको ‘राष्ट्रिय विभूति पार्क (उद्यान)’ सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाको रु ७० लाख लगानीमा निर्माण गरिएको राष्ट्रिय विभूति पार्क किरात समुदायको महान चाड साकेला उँधौलीको अवसर पारेर आज (बिहीबार) औपचारिकरुपमा सञ्चालनमा ल्याइएको हो । राष्ट्रिय विभूति पार्क उद्घाटन कार्यक्रममा बृहत् साकेला सिली प्रदर्शनी कार्यक्रमसमेत आयोजना गरिएको थियो । नेपालका सबै (१८ जना) राष्ट्रिय विभूतिहरुको मूर्ति राख्नेगरी गोलो घेराभित्र निर्माण गरिएको पार्क गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रुपेश राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले झण्डोत्तोलनसहित मूर्ति अनावरण गरेर औपचारिकरुपमा सञ्चालनमा ल्याउनुभएको हो । प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको कपासेभञ्ज्याङको चौतर्फी विकास गर्नका लागि स्थानीय साने विश...

साकेला उँधौली चाड : अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामना !

कला/साहित्य, फोटो/भिडियो, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १८ मङ्सिर । प्रकृति पूजक किरात समुदायको महान चाड साकेला उँधौली आज (बिहीबार)देखि सुरु भएको छ । किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उँभौली चाड मनाउने चलन छ । पन्ध्र दिनसम्म मनाइने उँधौली साकेलाको अवसरमा मझुवागढीमा भेला भएर किराती पुर्खा÷धामीहरुले प्रकृतिको पूजा आराधना गरी उँधौली चाडको शुरुवात गर्ने चलन छ । किरात ऐतिहासिकस्थल तथा भूमे थानहरुमा पूजा गर्दै जिल्लाका विभिन्न ठाउँमा औपचारिक कार्यक्रमहरुसमेत राखिएको छ । वर्षको दुई पटक मनाइने साकेला चाडको उँधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । उँधौली÷उँभौली दुवै चाडमा कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामल लगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किरात राई यायोख्खा खोटाङका अध्यक्ष युगशन किर...

दुमी किरात राई फन्सीकीमको केन्द्रीय अध्यक्षमा ऋखीश्वर सरचु दुमी राई चयन

कला/साहित्य, भनाइ/विचार, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १८ मङ्सिर । दुमी किरात राई फन्सीकीमको केन्द्रीय अध्यक्षमा ऋखीश्वर सरचु दुमी राई चयन हुनुभएको छ । दुमी किरात राईहरुको उद्गमस्थल मानिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित रुधालुङमा गएराति सम्पन्न फन्सीकीमको आठौँ राष्ट्रिय महाधिवेशनले ऋखीश्वरलाई अध्यक्षमा चयन गरेको हो । सर्वसम्मत चयन गरिएको समितिको वरिष्ठ उपाध्यक्षमा दुर्गाबहादुर मुरह दुमी राई, दुई उपाध्यक्षहरुमा तेजमायाँ मुरह दुमी राई र शिवकुमार दिम्माचु दुमी राई तथा महासचिवमा प्रकाश दिम्माचु दुमी राई रहनुभएको छ । २१ सदस्य केन्द्रीय समितिको दुई सचिवमा हर्कजङ तुराचु दुमी राई र लवकुमार लुप्पो दुमी राई तथा कोषाध्यक्षमा मातेराज सत्म दुमी राई चयन हुनुभएको नवनिर्वाचित महासचिवले जानकारी दिनुभएको छ । समितिको सदस्यहरु सन्तोष सत्म दुमी राई, धनचन्द्र दिम्माचु दुमी राई, कृष्ण हदी दुमी राई, वसन्त लुप्पो दुमी राई, कृष्ण सत्म दु...

नाष्टले प्रदान गर्ने ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’ दिक्तेल रुपाकोट मझुवागढीलाई

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १७ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यस वर्षको ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’ पाउने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’ यस वर्ष खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाउने भएको हो । नाष्टले कृषि विकास, वातावरण संरक्षण, जलस्रोत व्यवस्थापन, जैविक विविधता, शिक्षा, सेवा प्रवाह, सुशासन, पारदर्शिता, प्राविधिक सुविधा तथा समग्र विकासका विभिन्न सूचकमा सञ्चालन गरेको मूल्याङ्कनमा देशका ७५३ वटा स्थानीयमध्ये यो नगरपालिका सबैभन्दा उत्कृष्ट भएको नगरपालिकामा प्राप्त नाष्टको पत्रमा जनाइएको छ । नाष्टका कुलपति एवम् प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा यही मङ्सिर–१२ गते बसेको नाष्टको ४९ औँ प्राज्ञसभाले यो नगरपालिकालाई ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’बाट पुरस्कृत गर्ने निर्णय गरेको नाष्टको पत...

राष्ट्रिय महाधिवेशनका लागि देश तथा विदेशका दुमी किरात राईहरु खार्मीमा

कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १६ मङ्सिर । देश तथा विदेशमा छरिएर बसेका दुमी किरात राईहरु खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा भेला भएका छन् । दुमी किरात राई फन्सीकीमको आठौँ राष्ट्रिय महाधिवेशनका लागि नेपालसहित छिमेकी देश भारतको सिक्किम र दार्जिलिङ तथा हङकङ, अमेरिका र बेलायतका दुमी किरात राईहरु खार्मीस्थित रुधालुङमा भेला भएका हुन् । ‘पुख्र्यौली ज्ञान, साझा पहिचान’ भन्ने नाराका साथ सुरु भएको आठौँ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन, आर्थिक तथा साङ्गाठानिक प्रतिवेदन पारित र भावी रणनीति निर्माण गर्ने आयोजक दुमी किरात राई फन्सीकीमका महासचिव तेजमाया मुरह दुमी राईले जानकारी दिनुभएको छ । किरात समुदायको महान चाड छीरीयाम्लो (उँधौली)को अवसर पारेर आयोजना गरिएको महाधिवेशनले एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, दुई जना उपाध्यक्ष, एक जना महासचिव, तीन जना सचिव, एक कोषाध्यक्ष र एक जना सहकोषाध्यक्षसहित ...

एमाले महाधिवेशन प्रतिनिधि छनोट : खोटाङमा भाँडभैलो, निर्णय सच्याउन माग गर्दै उजुरी

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १५ मङ्सिर । महाधिवेशन प्रतिनिधि छनोटको विषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङमा भाँडभैलो सुरु भएको छ । जिल्ला कार्यसमितिले सर्वसहमतिमा छनोट गरिएको भन्दै दश जनाको नाम सार्वजनिक गरेपछि असन्तुष्ट पक्षले उक्त निर्णय सच्याउन माग गर्दै केन्द्रीय सङ्गठन विभागमा उजुरी दिएका छन् । नेकपा (एमाले) कोशी प्रदेश समितिलाई बोधार्थ दिइएको उजुरीमा २८ जना युवा नेताहरुले हस्ताक्षर गरेका छन् । कोशी प्रदेश समिति लेखा आयोगका सचिव ओमप्रकाश घिमिरे लगायतका युवा नेताहरुले हस्ताक्षर गर्नुभएको उजुरीमा केन्द्रीय नेताहरुले आफ्नो गोजिका व्यक्तिलाई प्रतिनिधि बनाएको भन्दै निर्णय सच्याउन माग गरेका छन् । केन्द्रीय नेताहरुले विधि र विधान विपरित निर्वाचन समितिलाई समेत बेवास्ता गर्दै पार्टीको आन्तरिक लोकतन्त्रमाथि प्रहार गरेको असन्तुष्ट पक्षले पत्रकार सम्मेलनमार्फत जनाएको छ । दिक्तेलस्थित एल्लो हाउसमा पत...

जसपाका १ नं. प्रदेश अध्यक्ष सनबहादुर राईसहितका नेताहरु नेकपामा समाहित हुने

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १२ मङ्सिर । जनता समाजवादी पार्टी (जसपा)का १ नं. प्रदेश अध्यक्ष सनबहादुर राईसहितका नेताहरु नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित हुने भएका छन् । जिल्ला समन्वय समिति खोटाङका प्रमुखसमेत रहेका प्रदेश अध्यक्ष राई र सचिव राम माण्डुपा राईले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै आफूहरु नेकपामा समाहित हुने घोषणा गर्नुभएको हो । जेनजी आन्दोलनका कारण निर्वाचित सरकार ढल्नु, संसद विघटन हुनु र विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरु धरापमा परेकाले त्यसलाई संरक्षण गर्न आफूहरु एकताको पक्षमा उभिएको प्रदेश अध्यक्ष र सचिवले जारी गरेको विज्ञप्तिमा भनिएको छ । जसपाका शीर्ष नेता अशोक राई पार्टीमै रहने भएपछि आफूहरुले नयाँ राजनीतिक यात्रा सुरु गरेको प्रदेश अध्यक्ष राईले जानकारी दिनुभएको छ । राजनीतिक दलहरूबीच विश्वासको अभाव र विभाजनका कारण लोकतान्त्रिक संस्थाहरु कमजोर हुँदा जनतामा निराशा बढेकाले जनताको नि...

किराती प्रथम राजा यलम्बरको शालिक उद्घाटन अझै अन्यौलमा

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १२ मङ्सिर । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किराती प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमा (शालिक)सहितको यलम्बर पार्क (उद्यान) निर्माणको काम सम्पन्न भएको आठ महिना बित्यो । किरात ऐतिहासिक एवम् पर्यटकीयस्थल बुइपास्थित पञ्चदोबाटोका तीस रोपनी सरकारी जग्गामा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको शालिकसहित पार्क निर्माण गरिएको हो । माझ किरात भनेर चिनिने खोटाङको बुइपामा निर्माण गरिएको यलम्बरको शालिकसहितको पार्कमा कोशी प्रदेश सरकारको ७० र दिक्तेल रुपाकोट मझुवागी नगरपालिकाको ३० प्रतिशत लगानी परेको छ । करिब रु १४ करोड लागतमा फाइबर प्रयोग गरेर निर्माणको काम पूरा गर्ने भनिएको यलम्बरको शालिकसहितको पार्क ठेकेदार कम्पनी उमा–तुवाचुङ–अनसुवी जेभीले निर्माणको जिम्मा लिएको हो । आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिनेगरी निर्माण गरिएको यलम्बर पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्रा...