निर्वाचनपछि नेपालमा किसान, गोठला र खेतालाको सरकार बन्छ : अध्यक्ष हर्क साम्पाङ
खोटाङ, २७ मङ्सिर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘हर्क साम्पाङ’ले अबको निर्वाचनपछि नेपालमा किसान, गोठला र खेतालाको सरकार बन्ने दाबी गर्नुभएको छ । गृह जिल्ला खोटाङको दिक्तेल बजारमा शनिबार आयोजना गरिएको आमसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष साम्पाङले श्रम संस्कृति पार्टीप्रति जनताको पूर्ण समर्थन रहेकाले त्यो सरकारको नेतृत्व आफूले गर्ने जानकारी दिनुभएको छ ।
धरान उपमहानगरपालिकाका नगर प्रमुखसमेत रहनुभएका अध्यक्ष साम्पाङले भिजन (दृष्टिकोण) नभएका नेताको हातमा देश जाँदा विकास नभएको पनि आरोप लगाउनुभयो । “अहिलेका नेताहरुसँगै कुनै भिजन छैन । विदेशीको ऋणबाट देश विकास हुँदैन”, उहाँले भन्नुभयो, “देश विकास गर्न भिजन चाहिन्छ । नेपालका अहिलेका नेताहरुसँग कसरी कमिशन खान पाइन्छ भन्ने सोँचमात्र छ । भ्रष्ट नेताहरुबाट विकास सम्भव छैन ।”
देशको वर्तमान समस्या पहिचान गर्न नसक्ने व्यक्ति नेता हुन न...
