नेकपा खोटाङबाट प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ दश नेताको नाम सिफारिस
खोटाङ, ११ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ । नेकपा खोटाङको दिक्तेलस्थित पार्टी कार्यालयमा आज (शुक्रबार) बसेको केन्द्रीय प्रतिनिधि तथा जिल्ला सचिवालय समितिको बैठकले प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ दश नेताको नाम सिफारिस गरेको हो ।
प्रत्यक्षतर्फ जेनजी उमेर समूह तथा शहीद परिवारको सदस्यका तर्फबाट प्रतीक कार्की, पूर्व सांसद् एवम् केन्द्रीय पार्टी अनुसाशन आयोगका अध्यक्ष टङ्क राई, अर्थ÷राजनीतिक विश्लेषक एवम् संविधासभा सदस्य हरि रोका, पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वमनत्री रामकुमार राई ‘पासाङ’, प्रदेश उपाध्यक्ष देवान किराती ‘पृथ्वी’, नेताहरु भीम राई र शम्भु घिमिरेको नाम सिफारिस गरिएको जिल्ला संयोजक दिपक पाण्डे ‘आकाश’ले जानकारी दिनुभएको छ । प्रतिनिधिसभ...
