Monday, September 14

कला/साहित्य

नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा शम्भु तामाङ चयन

कला/साहित्य, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १४ पुस । नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा शम्भु तामाङ निर्विरोध चयन हुनुभएको छ । जिल्ला समन्वय समिति खोटोङको सभाहलमा गएराति सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुका तामाङ अध्यक्षमा निर्विरोध चयन हुनुभएको हो । तामाङको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन भएको हो।युनियनको खुला उपाध्यक्षमा चिरञ्जिवी आचार्य, समावेशी उपाध्यक्षमा भूपध्वज खत्री, महिला उपाध्यक्षमा ओमसरा राई, सचिवमा सुमन बास्तोला, सह–सचिवमा गिरिराज रानामगर र कोषाध्यक्षमा नवराज कटवाल चयन हुनुभएको छ । खुला सदस्यहरुमा डिल्लीप्रसाद ढकाल, खगेश्वर बञ्जारा, भोजराज आचार्य, महेश मिश्र, सन्तोष दाहाल, महिला सदस्यहरुमा कल्पना शर्मा र समिक्षा आचार्य तथा समावेशी सदस्यमा सुवास राई चयन हुनुभएको छ । समितिका अन्य तीनजना सदस्य पछि मनोनित गरिने न...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको सभापतिमा मुकुन्दकृष्ण थापा चयन

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको जिल्ला सभापतिमा मुकुन्दकृष्ण थापा चयन हुनुभएको छ । रास्वपाले आज (शनिबार) दिक्तेल बजारमा आयोजना गरेको प्रथम जिल्ला भेलाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ निवासी थापालाई सभापतिमा बहुमतको आधारमा चयन गरेको हो । रास्वपा खोटाङको जिल्ला सभापतिमा नवनिर्वाचित थापासँगै डा.राजकुमार राई आकाङ्क्षी देखिनुभएको थियो । थापा र राईमध्ये एकजनालाई जिल्ला कार्यसमिति खोटाङको सभापतिमा चयन गर्न भेलामा सहभागी सदस्यहरुलाई अवसर दिँदा थापाको पक्षमा बहुसङ्ख्यक सदस्यहरु उभिएको रास्वपाले जनाएको छ । दिक्तेल बजारस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित जिल्ला भेलाले थापाको नेतृत्वमा दश सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको जनाइएको छ । समितिको सचिवमा सुमन खत्री, सह–सचिवमा राजन अधिकारी र सदस्यहरुमा टङ्ककुमार मगर, प्रकाश अधिकारी र तारा दाहाल चयन हु...

राष्ट्रिय बाँस सम्मेलनलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय कार्यक्रम

कला/साहित्य, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १२ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी फागुनमा आयोजना गर्न लागेको ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’लाई प्रभावकारी बनाउन प्रदेशस्तरीय कार्यक्रम तय गरिएको छ । बाँसको उपयोगिता, सम्भाव्यता, प्रभावकारिता र बजारीकरणका लागि आगामी फागुन–१५, १६ र १७ गतेसम्म दिक्तेल बजारस्थित माटिकोरे खेलमैदानमा आयोजना गर्न लागिएको प्रथम राष्ट्रिय बाँस सम्मेलनलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय कार्यक्रम तय गरिएको हो । कोशी प्रदेशमा पुस–१४ गते, मधेश प्रदेशमा पुस–१५ गते, बागमती प्रदेशमा पुस–१६ गते र गण्डकी प्रदेशमा पुस–१७ गते प्रदेशस्तरीय कार्यक्रम गर्ने तयारी गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । “नेपालको ईतिहासमा पहिलो पटक दिक्तेल बजारमा राष्ट्रिय बाँस सम्मेलन गर्न लागिएको छ । सम्मेलनमा देश÷विदेशका बाँसविज्ञ तथा व्यवसायीहरु सहभागी हुन्छन्”, उहाँले भन्नुभयो, “तीन दिनसम्म सञ्चाल...

विरसको रसिलो चिया : एकपटक खाएपछि पुनः खाउँखाउँ लाग्ने स्वाद !

कला/साहित्य, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १२ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बिक्री गर्न थाल्नुभएको २७ वर्ष पूरा भयो । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा चिया पसल स्थापना गरेर वि.सं. २०५४ सालदेखि दूधचिया बेच्न थाल्नुभएकी विरसले अहिले खर्च कटाएर मासिक रु ५० हजारभन्दा बढी बचत गर्दै आउनुभएको छ । समुन्द्री सतहदेखि एक हजार ८२३ मिटर उचाईमा पर्ने नुनथलाको चिसो सिरेटोमा अगेना नजिकै बसेर चियाको चुस्की तान्नेहरुको भीड हरेक दिन बिहान ६ः०० बजेदेखि बेलुका अबेरसम्म लाग्ने गरेको छ । विरसको आफ्नै नामबाट (विरस होटल एण्ड लज’ नामाकरण गरेर स्थापना गर्नुभएको होटलमा चिसासँगै खाजाको रुपमा दूधको छाली र चिउरा खानेहरुको समेत उत्तिकै मात्रामा भीड लाग्ने गरेको छ । प्रति कप (गिलास) रु २० मा पाइने दूध हालेर पकाएको चिया दैनिकरुपमा तीन पटक खाने गरेको जालपा माध्यमिक विद्य...

किरात ऐतिहासिकस्थल केपिलासगढीमा गाउँ कार्यपालिकाको बैठक

कला/साहित्य, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ११ पुस । केपिलासगढी गाउँपालिका खोटाङले गाउँ कार्यपालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा सञ्चालन गरेको छ । गाउँपालिकाको सुविधा सम्पन्न सभाहलमा सञ्चालन हुँदै आएको नियमित बैठक यसपटक भने ऐतिहासिकस्थल केपिलासगढीको खुला चउरमा सञ्चालन भएको हो । केपिलासगढी गाउँपालिकाका अधिकांश जनप्रतिनिधि आफ्नै पालिकामा अवस्थित किरात ऐतिहासिकस्थल केपिलासगढी नपुगेकाले बैठकको माध्यमबाट उक्त ऐतिहासिकस्थलको भ्रमण गराइएको प्रमुख प्रशासकीय अधिकृत सौधन राई ‘युनिक’ले जानकारी दिनुभयो । “गाउँपालिकाको नामाकरणको आधारसमेत रहेको किरात ऐतिहासिक केपिलासगढीमा गाउँ कार्यपालिकाका अधिकांश सदस्य पुग्नुभएको थिएन । बैठकको माध्यमबाट उहाँहरुलाई ऐतिहासिकस्थलको भ्रमण गराइएको छ”, उहाँले भन्नुभयो, “कार्यपालिकाको बैठकले ऐतिहासिकस्थल केपिलासगढीको संरक्षण तथा प्रवद्र्धन गर्ने निर्णय गरेको छ । यसका लागि आगामी आर्थिक वर्ष ब...

सुमो दुर्घटनाका गम्भीर घाइते राईको उपचारको क्रममा मृत्यु

कला/साहित्य, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १० पुस । सुमो दुर्घटनामा गम्भीर घाइते बन्नुभएका केपिलासगढी गाउँपालिका–१ फेदीका ७२ वर्षीय दुर्गाप्रसाद राईको उपचारको क्रममा मृत्यु भएको छ । काठमाडौँबाट यात्रु लिएर आउँदै गरेको ना १ ज ७१८१ नम्बरको सुमो केपिलासगढी गाउँपालिका–३ बास्पानीस्थित राँटीमा दुर्घाटना हुँदा गम्भीर घाइते बन्नुभएका राईको जिल्ला अस्पताल खोटाङमा ल्याएर उपचार गर्नेक्रममा आज (बुधबार) मृत्यु भएको हो । बुधबार दिउँसो करिब ३ः०० बजेको समयमा भएको दुर्घटनामा पर्नुभएका राईलाई दुर्घटनास्थलबाट अचेत अवस्थामा उद्दार गरेर गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि अस्पताल ल्याइएको थियो । स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि अचेत अवस्थामा अस्पतालमा ल्याएर उपचार शुरु गरेको केही समयपछि स्वास्थ्यकर्मीले घाइते राईलाई बुधबार राति करिब ८ः०० बजे मृत घोषणा गरेको हो । दुर्घटनाका गम्भीर घाइते राईको टाउको तथा शरीरका विभिन्न अङ्...

राँटीमा सुमो दुर्घटना हुँदा फेदीका दुर्गाप्रसाद राई गम्भीर घाइते

कला/साहित्य, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १० पुस । केपिलासगढी गाउँपालिका–३ बास्पानीस्थित राँटीमा सुमो दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् । काठमाडौँबाट यात्रु लिएर केपिलासगढी गाउँपालिका–१ फेदीतर्फ गइरहेको ना १ ज ७१८१ नम्बरको सुमो आज (दिउँसो) राँटीमा दुर्घटना हुँदा फेदीका ७२ वर्षीय दुर्गाप्रसाद राई गम्भीर घाइते हुनुभएको हो । दुर्घटनाका घाइते राईको स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि एम्बुलेन्समा चढाएर थप उपचारका लागि जिल्ला अस्पताल खोटाङ पठाइएको गाउँपालिका प्रमुख समिर राईले जानकारी दिनुभएको छ । दुर्घटनास्थलबाट अचेत अवस्थामा उद्दार गरिएका घाइते राईको शरीरको विभिन्न अङ्गमा गहिरो चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् । सडक अवरुद्ध गर्नेगरी ढलेको बाँसले सुमो रोकेपछि सोही ठाउँमा रोकेर पन्छाउन झर्दा सुमो दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ । सडकमै रोकेर राखेको ठाउँबाट आफै सुमो दुर्घटना भएपछि फरार भएका चा...

हलेसी आउने पर्यटकका लागि मञ्जुश्री गुफा जाने पदमार्ग अर्को आकर्षणको केन्द्र

कला/साहित्य, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १० पुस । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी क्षेत्रमा अवस्थित मञ्जुश्री गुफा आवतजावतका लागि पदमार्ग निर्माण गरिएपछि भक्तजन तथा पर्यटकलाई सहज भएको छ । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी नजिकै रहेको मञ्जुश्री गुफा आवतजावत गर्ने भक्तजन तथा पर्यटकलाई लक्षित गरेर आकर्षक ढुङ्गा बिच्छ्याएर पदमार्ग निर्माण गरिएको हो । मञ्जुश्री गुफा जाने पदमार्गसँगै तुवाचुङ पदमार्ग, माङिखम घर निर्माण लगायतका लागि नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु छ करोड लगानीमा ठेकेदारमार्फत स्तरोन्नतिको काम शुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । “मञ्जुश्री गुफा जाने बाटो अत्यन्तै अप्ठ्यारो थियो । पदमार्ग निर्माण भएसँगै यात्रा गर्न सहज भएको छ”, उहाँले भन्नुभयो, “मञ्जुश्री गुफा जावतजावतका लाग...

बुइपाका १३ युवाले शुरु गरे शुभ खोटाङ यातायात प्रा.लि.मार्फत यातायात व्यवसाय

कला/साहित्य, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ९ पुस । शुभ खोटाङ यातायात प्रा.लि. बुइपा खोटाङले लामो तथा छोटो दूरीको यातायात सेवा शुरुवात गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका १३ जना युवाले दशवटा सवारी साधन खरिद गरेर आज (मङ्गलबार)बाट लागू हुनेगरी यातायात सेवा शुरुवात गरेको हो । छोटो दूरी अन्तरगत जिल्लाभरी तथा लामो दूरी अन्तरगत काठमाडौँ, गाईघाट, इटहरी, धरान र विराटनगरसम्मको यातायात सेवा दिनेगरी बुइपामा काउण्टर स्थापना गरिएको अध्यक्ष डार्विन चाम्लिङले जानकारी दिनुभयो । हरेक दिन बिहान छ बजे सम्बन्धित गन्तव्यस्थलका लागि सवारी साधन छुटाउनेगरी तालिका बनाएर यातायात सेवा शुभारम्भ गरिएको जनाइएको छ । दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलका लागि एकतर्फी भाडा रु एक हजार ३०० निर्धारण गरिएको अध्यक्ष चाम्लिङले जानकारी दिनुभयो । गाईघाटका लागि रु ९००, इटहरीका लागि रु एक हजार, धरानका लागि रु एक हजार ३०० र विराटनगरका लागि र...

माओवादी केन्द्र ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा गेशकुमार राई चयन

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ८ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ऐसेलुखर्क गाउँपालिका कार्यसमितिको अध्यक्षमा गेशकुमार राई चयन हुनुभएको छ । ऐसेलुखर्क बजारमा सोमबार साँझ सम्पन्न दोस्रो सम्मेलनले राईको अध्यक्षतामा ३५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा नन्दिकेशर वन, पुरूषोत्तम राजभण्डारी र नृपध्वज राई, सचिवमा ललित लम्साल, सह–सचिव भक्तबहादुर तामाङ र कोषाध्यक्षमा गीता श्रेष्ठ चयन हुनुभएको प्रदेश समिति सदस्य होमकाजी आचार्य ‘विनोद’ले जानकारी दिनुभयो । सम्मेलनबाट चयन हुनुभएका पदाधिकारी तथा सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय उपमहासचिव एवम् प्रदेश पार्टी ईन्चार्ज हरिबोल गजुरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । खबरदारीसभा समेत आयोजिना गरिएको पालिका सम्मेलनमा संविधानसभा सदस्यहरु गोपाल गिरी, दुर्गाजयन्ती राई,  प्रदेश समिति सदस्य होमकाजी आचार्य ...