सशस्त्र प्रहरीलाई ४३ रोपनी जग्गा निःशुल्क दिने जग्गादाताको नाम शिलालेखमा
खोटाङ, ९ माघ । सशस्त्र प्रहरी बल नेपाल नं. ७ गुल्म, हलेसी खोटाङले आफ्नो गुल्म स्थापनाका लागि निःशुल्क जग्गा दिने १७ जना जग्गादातको नाम शिलालेखमा राखेको छ । सशस्त्र प्रहरीको २५ औँ स्थापना दिवसको अवसर पारेर नं. ७ गुल्म हलेसी खोटाङले करोडौँ मूल्यको ४३ रोपनी चार आना दुई पैसा एक दाम जग्गा निःशुल्क दिने जग्गादाताको नाम शिलालेखमा राखेको हो ।
वि.सं. २०६७ सालमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र ५ लफ्याङको सीमानामा पर्ने मझुवागढीमा स्थापना गरिएको गुल्मका लागि सबैभन्दा बढी सावित्रा विष्टले सात रोपनी दुई पैसा एक दाम जग्गा निःशुल्क दिनुभएको छ । यस्तै, खड्गबहादुर कटवालले पाँच रोपनी दुई पैसा तीन दाम, भूपराज कटवालले पाँच रोपनी तीन दाम, भीमबहादुर कटवालले तीन रोपनी ११ आना दुई दाम, गोविन्दबहादुर कटवाल (क)ले तीन रोपनी पाँच आना दुई दाम, सीताराम कटवालले तीन रोपनी दुई आना तीन दाम, धनमायाँ कटवालले...
