जनता समाजवादी पार्टी नेपाल खोटाङको अध्यक्षमा सुनिल चाम्लिङ राई
खोटाङ, ३ फागुन । जनता समाजवादी पार्टी नेपाल खोटाङको अध्यक्षमा सुनिल चाम्लिङ राई चयन हुनुभएको छ । पार्टीका केन्द्रीय सहअध्यक्ष रकम चेमजोङको प्रमुख आतिथ्यमा दिक्तेलमा भएको पार्टी पुनः गठन कार्यक्रमबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले निवासी राई अध्यक्षमा चयन हुनुभएको हो ।
जसपा नेपालको पुनः गठित ३३ सदस्यीय जिल्ला समन्वय समितिको उपाध्यक्षमा रावाबेँसी गाउँपालिका–६ हौँचुरका गणेश खड्का र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका धनिराम नछुङ, सचिवमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका हंशराज राई तथा कोषाध्यक्षमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका शान्तिकला राई चयन हुनुभएको छ । केन्द्रमा उपेन्द्र यादव र अशोक राईले पार्टी विभाजन गरेर छुट्टछुट्टै पार्टी दर्ता गरेपछि खोटाङमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पुनः गठन गरिएको शनिबार साँझ पत्रकार सम्मेलनमार्फत जानकारी दिए...
