साकेला गाउँपालिकाले ल्यायो रु ३९ करोड ३० लाख ३९ हजारको वार्षिक बजेट
कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १० असार । साकेला गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि रु ३९ करोड ३० लाख ३९ हजार ६५९ बजेट ल्याएको छ । गाउँपालिकाको कार्यालय मात्तिमस्थित मानेभन्ज्याङमा मङ्गलबार सम्पन्न १५ औँ गाउँसभामा उपप्रमुख बिर्सिका राईले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
गाउँपालिकामा आगामी आर्थिक वर्ष सङ्घीय सरकार राजश्व बाँडफाँडबाट रु छ करोड ३२ लाख ५६ हजार ६५९, सङ्घीय सरकार समानीकरणतर्फ रु छ करोड ८९ लाख, प्रदेश सरकार समानीकरणतर्फ रु ५८ लाख ९ हजार, सङ्घीय सशर्त अनुदान रु १४ करोड ४ लाख, प्रदेश सशर्त अनुदान रु ७५ लाख ६५ हजार बजेट प्राप्त हुने उपप्रमुख राईले जानकारी दिनुभएको छ । यस्तै, सङ्घीय सरकार सशर्त अनुदानबाट रु १३ करोड आठ लाख, प्रदेश सरकार सशर्त अनुदानबाट रु एक करोड ७२ लाख ५९ हजार, सङ्घीय सरकार समपूरक अनुदानतर्फ रु दुई करोड २२ लाख, प्रदेश सरकार समपूरक अनुदान रु एक करोड ६० लाख, सङ्घीय सरकार वि...
