सिचाइँ योजनामा उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र निर्माण व्यवसायी सम्मानित
खोटाङ, ३० असार । जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालय खोटाङले आर्थिक वर्ष २०८१÷८२ मा उत्कृष्ट कार्य सम्पादन गर्ने दुईवटा उपभोक्ता समिति र एकजना निर्माण व्यवसायीलाई सम्मान गरेको छ । सिचाइँ प्रणालीको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा सञ्चालित टुकुरेखोला भस्मे दोभान सिचाइँ जल उपभोक्ता समितिका अध्यक्ष कर्ण राय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सञ्चालित डल्ले खोला टारी कुसुङ्खा जल उपभोक्ता समितिका अध्यक्ष कवित राई तथा लक्ष्मी एण्ड निर्मला कन्स्ट्रक्सन प्रा.लि.का प्रतिनिधि टीकाराम श्रेष्ठलाई सम्मान गरेको हो ।
आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालित १५७ वटा योजनामध्ये उत्कृष्ट काम गर्ने दुईवटा उपभोक्ता समिति र एकजना निर्माण व्यवसायी छनोट गरेर उनीहरुलाई सोमबार सम्मान गरिएको डिभिजन प्रमुख डा. महेश यादवले जानक...
