फोक्सिङटारको पुल बाढीले बगाएपछि सामान ढुवानी गर्न घिर्नी जडान
खोटाङ, ९ साउन । दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा सञ्चालित मोटरेबल पक्की पुल बाढीले बगाएपछि सामान ढुवानीका लागि घिर्नी जडान गरिएको छ । सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पुल गत वर्षको असोज–१२ गते आएको भीषण बाढीले बगाएपछि विकल्पमा अस्थायी बेलिब्रिज जडान गरिएको थियो ।
फोक्सिङटारमा गत पुस–२७ गतेबाट सञ्चालनमा ल्याइएको अस्थायी बेलिब्रिज नदीमा पानीको बहाव बढेपछि जेठको पहिलो हप्ता झिकियो । निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको दुई वर्ष नबित्दै बाढीले पुल बगाउनुका साथै अस्थायी बेलिब्रिजसमेत झिकिएपछि विकल्पको रुपमा घिर्नी जडान गरिएको हो ।
विशेषगरी खोटाङमा सञ्चालन भइरहेको रसुवा–पाँचधारे सडक कालोपत्रका लागि सामान ढुवानी गर्न फोक्सिङटरमा घिर्नी जडान गरिएको याक्थुम्हाङ–रेग्मी–चुरिया जेभीका ठेकेदार महेश रेग्मीले ज...
