बाहिनीपति बस्नेतद्धारा राष्ट्रिय सेवा दल (एनसीसी) तालिम निरीक्षण
खोटाङ, १८ साउन । नेपाली सेना श्री नं. १८ बाहिनी अड्डा गाईघाट भुल्केका बाहिनीपति सहायक रथी विमलकुमार बस्नेतले खोटाङको दिक्तेलमा सञ्चालित राष्ट्रिय सेवा दल (एनसीसी) तालिम निरीक्षण गर्नुभएको छ । बाहिनी अड्डा मातहतका गणहरुको निरीक्षण भ्रणमणका क्रममा खोटाङमा आउनुभएका बाहिनीपति बस्नेतले आइतबार दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालय दिक्तेलमा सञ्चालित एनसिसी सि.सं. ५१ औँ ब्याचको तालिम निरीक्षण गर्नुभएको हो ।
पूर्वी पृतना राष्ट्रिय सेवा दल इटहरीको आयोजना तथा रणभीम गण मुडे ब्यारेक खोटाङले व्यवस्थापनमा सञ्चालित एनसिसी तालिममा कक्षा–८ र ९ मा अध्ययनरत १५÷१५ जना छात्रछात्रा सहभागी रहेका छन् । एनसिसी तालिममा सहभागी विद्यार्थीले बाहिनीपति बस्नेतलाई एरोबिक पिटीसमेत प्रदर्शन गरेका थिए ।
बाहिनीपति बस्नेतले तालिममा सहभागी विद्यार्थीले प्रस्तुत गरेको पिटी उत्कृष्ट रहेको प्रतिक्रिया दिनुभएको छ । एनसिसी त...
