मध्यपहाडी लोकमार्गको जयराम–हलेसी सडकखण्ड ११ घण्टापछि खुलाइयो
खोटाङ, २६ साउन । अविरल वर्षाका कारण पहिरो झरेर अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गअन्तरगत जयराम–हलेसी सडकखण्ड ११ घण्टापछि खुलाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आज (सोमबार) बिहान करिब आठ बजे पहिरो झर्दा अवरुद्ध बनेको सडक बेलुका सात बजेबाट पुनः सञ्चालनमा ल्याइएको हो ।
अवरुद्ध सडक खुलेपछि दिनभर रोकिएर बीच सडकमै बसेका यातायातका साधन तथा यात्रुहरु आ–आफ्नो गन्तव्यतर्फ लागेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिनुभएको छ । जयराम–हलेसी सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी आउने तीर्थालुसमेत बीच सडकमै अलपत्र परेका थिए ।
करिब १०० मिटर जति सडक पुर्नेगरी झरेको पहिरो हलेसी तुवाचुङ नगरपालिका र मध्यपहाडी लोकमार्गको स्काभेर, सुरक्षा निकाय तथा स्थानीयवासीको सहयोगमा सञ्चालनमा ल्याइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । “अवरुद्ध सडक खुलाउन सबै संयन्त्र प्रयोग ग¥य...
