सुनकोशीको फोक्सिङटार र बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडानको काम सुरु
कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १९ मङ्सिर । सगरमाथा लोकमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोशी नदीको फोक्सिङटारमा मोटरेबल पक्की पुल बाढीले बगाएपछि अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याउन लागिएको हो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका जिल्लासँग सिधा यातायात सञ्चालन गर्नेगरी जडान सुरु गरिएको अस्थायी बेलिब्रिज यही मङ्सिर अन्तिमदेखि नियमित हुने भएको छ । विगत छ महिनादेखि अवरुद्ध रहेको यो सगरमाथा लोकमार्गमा फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिब्रिज जडानको काम सुरु भएसँगै दुई जिल्ला जोड्ने सिधा यातायात सञ्चालन हुने निश्चित भएको हो ।
गाईघाट–दिक्तेल सडक योजना कार्यालय उदयपुरका अनुसार ठेक्का सम्झौता भइसकेको र सम्पूर्ण सामग्री तय...
