दिक्तेल बजारको शङ्खधर साख्वा–भानुचोक सडक ढलान तीव्रगतिमा
कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २७ मङ्सिर । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको शङ्खधर साख्वाचोकदेखि भानुचोकसम्मको सडक ढलानको काम तीव्रगतिमा अगाडि बढाइएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत भौतिक पूर्वाधार कार्यालय खोटाङको मूल्य अभिवृद्धि कर तथा पिएससहित रु ९५ लाख ८५ हजार ७८ लागतमा सडक ढलानको काम सुरु गरिएको हो ।
फास्ट एण्ड फास्ट कन्ट्रक्सन प्रा.लि. काठमाडौँले जिम्मा लिएको सडकको २२५ घनमिटर ढलान गरिने जनाइएको छ । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको यो सडकमा नाली निर्माण तथा ढलानको काम गरिने ठेकेदार कम्पनीका प्रबन्ध÷निर्देशक ध्रुब श्रेष्ठले जानकारी दिनुभएको छ ।
वि.सं. २०८२ चैत–२२ गतेभित्र अनिवार्य सम्पन्न गर्नेगरी वि.सं. २०८२ मङ्सिर–२२ गते कार्यालयसँग सम्झौता गरिएको थियो । कार्यालयसँग सम्झौता गरेको भोलिपल्टबाटै सुरु गरिएको सडक ढलानको कामलाई दिनरात नभनी तीव्रगतिमा अगाडि बढ...
