Thursday, July 30

फोटो/भिडियो

बराहपोखरी गाउँपालिकाले ल्यायो रु ३८ करोड ४० लाख ५६ हजार वार्षिक बजेट

कला/साहित्य, फोटो/भिडियो, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १० असार । बराहपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि रु ३८ करोड ४० लाख ५६ हजार ७७० बजेट ल्याएको छ । गाउँपालिकाको सभाहल धर्तुङमा मङ्गलबार सम्पन्न १७ औँ गाउँसभामा उपप्रमुख भुवलराज राईले आर्थिक विद्येयक तथा बजेट प्रस्तुत गर्नुभएको हो । गाउँपालिकालाई आगामी आर्थिक वर्षमा सङ्घीय सरकार राजश्व बाँडफाँडबाट रु सात करोड ३७ लाख ९८ हजार १३३, प्रदेश सरकारबाट रु ५० लाख १९ हजार र सङ्घीय सरकार समानीकरण अनुदानबाट रु सात करोड ९५ लाख बजेट प्राप्त हुने उपप्रमुख राईले जानकारी दिनुभएको छ । यस्तै, प्रदेश सरकारबाट रु ६७ लाख ६१ हजार, सङ्घीय सरकार समपूरक अनुदानतर्फ रु एक करोड ४० लाख र प्रदेश सरकारबाट रु एक करोड ६० लाख बजेट प्राप्त हुने गाउँसभामा जानकारी दिइएको छ । सङ्घीय सरकार सशर्त अनुदानबाट रु १५ करोड ८५ लाख, प्रदेश सरकार सशर्त अनुदानबाट रु २१ लाख ४७ हजार, आन्तरिक राजश्वबाट रु २१ लाख, स्थानीय...

जन्तेढुङ्गा गाउँपालिकाद्धारा आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्ण पाठ)

फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १० असार । जन्तेढुङ्गा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाको सभाहलमा सोमबार आयोजित १७ औँ गाउँसभामा गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । आर्थिक विद्येयक तथा बजेट आज (मङ्गलबार) प्रस्तुत गरिने गाउँपालिकाले जनाएको छ । नीति तथा कार्यक्रमको पूर्ण पाठ यस प्रकार रहेको छ । आगामी आ.व.को प्रमुख नीति तथा कार्यक्रमहरू गाउँसभाका उपाध्यक्ष ज्यू, गाउँसभाका सदस्य ज्युहरु, अब म आ.व. २०८२र८३ को विभिन्न विषयगत एवं क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्दछु । कृषि सम्बन्धी नीति तथा कार्यक्रम “उत्पादन तपाई गर्नुहोस बजार हामि दिन्छौ” भन्ने नारालाई निरन्तरता दिइएको छ । ५। जन्तेढुङ्गा गाउँपालिकाको उत्पादन आयआर्जन र रोजगारी सृजना हुने मुख्य कृषि र पशु पालन नै भएको र अधिकांश जनता यसैमा निर्भ...

हलेसी तुवाचुङको बजेट रु ८० करोड १८ लाख ८१ हजार

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ९ असार । हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि रु ८० करोड १८ लाख ८१ हजार ७१९ बजेट ल्याएको छ । होलेसुङ रिसोर्ट दुर्छिममा भएको सोमबार सम्पन्न १७ औँ नगरसभामा उपप्रमुख रमेशकुमार राउतले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नगरपालिकामा सङ्घीय सरकार राजश्व बाँडफाँडबाट रु ११ करोड २९ लाख १८ हजार ७१९, प्रदेश सरकार राजश्व बाँडफाँडबाट रु एक करोड छ लाख ९२ हजार, सङ्घीय सरकार वित्तीय समानीकरणबाट रु ११ करोड १६ लाख, प्रदेश सरकार वित्तीय समानीकरणबाट रु ९९ लाख ९२ हजार बजेट प्राप्त भएको छ । नगरपालिकाको आन्तरिक स्रोतबाट रु एक करोड ४५ लाख र घरजग्गा रजिष्ट्रेशनबाट रु दश लाख बजेट आउने अनुमान गरिएको उपप्रमुख राउतले सभामा जानकारी दिनुभएको छ । सङ्घीय सरकार सशर्त अनुदानबाट रु ३४ करोड ७६ लाख, सङ्घीय सरकार विशेष अनुदानबाट रु ६९ लाख, सङ्घीय सरकार समपूरक अनुदानबाट रु ७५ लाख, प्रदेश सरक...

केपिलासगढी गाउँपालिकाको बजेट रु ५० करोड सात लाख ५९ हजार

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ९ असार । केपिलासगढी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि रु ५० करोड सात लाख ५९ हजार ३७३ बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको सभाहलमा सोमबार आयोजित १७ औँ गाउँसभा गाउँपालिका उपप्रमुख गुरुराज राईले आर्थिक विद्येयक तथा बजेट प्रस्तुत गर्नुभएको हो । गाउँपालिका प्रमुख समिर राईको अध्यक्षमा भएको गाउँसभाले आर्थिक विद्येक, विनियोजन विद्येक, आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक बजेट तथा विभिन्न विद्येकहरु सर्वसम्मत् रुपमा पारित गरेको छ । गाउँसभामा आर्थिक वर्ष २०८२÷०८३ को लागि वित्तीय समानीकरणतर्फ रु आठ करोड एक लाख, राजश्व बाँडफाँडतर्फ रु आठ करोड ५४ लाख नौँ हजार ३७३, सशर्त अनुदानतर्फ रु २१ करोड २७ लाख, समपुरक अनुदानतर्फ तीन करोड ४६ लाख बजेट प्रस्तुत गरिएको छ । गाउँपालिका उपप्रमुख राईले विशेष अनुदानतर्फ रु तीन करोड १९ लाख, प्रदेश सरकारबाट प्राप्त अनुदान अन्तरगत वित्तीय समानीकरणतर्फ रु ६८ ला...

दिक्तेल रुपाकोट मझुवागढीको बजेट रु एक अर्ब दुई करोड ९८ लाख ३४ हजार

फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण
खोटाङ, ९ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि रु एक अर्ब दुई करोड ९२ लाख ३४ हजार ३९१ बजेट सार्वजनिक गरेको छ । दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा सोमबार भएको १३ औँ नगरसभामा उपप्रमुख विशन राईले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नगरपालिकाबाट आन्तरिक आय रु दुई करोड २० लाख, सङ्घीय सरकार राजस्व बाँडफाँडबाट रु १४ करोड ९३ लाख ९० हजार ६७८, सङ्घीय सरकार अनुदानबाट रु ६९ करोड २० लाख, प्रदेश सरकारबाट अनुदान रु आठ करोड ६८ लाख ४२ हजार र अल्या रु सात करोड ९० लाख एक हजार ७१२ स्रोत जुटेको उपप्रमुख राईले नगरसभामा जानकारी दिनुभएको छ । नगरपालिकाले कृषि, पर्यटन, शिक्षा क्षेत्र सुधार, स्वास्थ्य क्षेत्रको गुणस्तर, स्थानीय गौरवका आयोजना, विपद् व्यवस्थापन, श्रमदानलाई प्रोत्साहन गर्ने, रोजगारी वृद्धि गर्ने, स्थानीय कृषि उत्पादन वृद्धि र बजारीकरण गरी स्वाबलम्बी ...

भौतिक पूर्वाधार मन्त्रालयबाट खोटाङमा १५१ योजनाका लागि रु ८२ करोड बजेट

कला/साहित्य, फोटो/भिडियो, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ६ असार । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि खोटाङमा रु ८२ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । दश स्थानीय तह रहेको जिल्लामा एक वर्षे तथा बहुवर्षेगरी १५१ वटा योजना सञ्चालन गर्नका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयले रु ८२ करोड २२ लाख ७५ हजार बजेट विनियोजन गरेको हो । जिल्लाका आवश्यकता तथा स्थानीय नागरिकको मागलाई सम्बोधन गर्नेगरी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रममा १५१ वटा समेटिएको भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईको सचिवालयले जनाएको छ । सचिवालयका कर्मचारी सन्तोष राईका अनुसार मन्त्रालयले खोटाङमा न्यूनतम् रु सात लाखदेखि रु दश करोडसम्मका १५१ वटा योजनाका लागि बजेट विनियोजन गरेको हो । नेपाली काँग्रेस कोशी प्रदेशका महामन्त्री एवम् कोशी प्रदेश सरकारका स्वास्थ्यसमेत रहनुभएका मन्त्री राईको पहलमा खोटा...

खोटेहाङमा भौतिक पूर्वाधार विकास योजनाको प्रगति ९० प्रतिशत

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ४ असार । खोटेहाङ गाउँपालिकामा भौतिक पूर्वाधार विकास योजनाको काम ९० प्रतिशत सम्पन्न भएको पाइएको छ । आर्थिक वर्ष २०८१÷८२ का लागि सडक, पुल, सिँचाइ योजना, विद्यालय भवन, सभाहल, कभर्डहल, चिस्यान केन्द्र, खेलमैदान निर्माण लगायतका शीर्षकमा भौतिक पूर्वाधार विकास योजना बनाएर गाउँपालिकाले बजेट विनियोजन गरेको थियो । नौँ वडा रहेको खोटेहाङमा चालु आर्थिक वर्षका लागि विभिन्न शीर्षकका ११ वटा भौतिक पूर्वाधार विकास योजना निर्माण गरिएको थियो । चालु आर्थिक वर्षका लागि निर्माण गरिएको भौतिक पूर्वाधार विकास योजनामा विनियोजन गरिएको रु १२ करोड ५४ लाख ८८ हजारमध्ये रु नौँ करोड ६० लाख ११ हजार खर्च भएको पाइएको हो । सङ्घ तथा प्रदेश सरकारसँगको सहकार्यमा निर्माण गरिएका अधिकांश योजनाको भौतिक प्रगति भइसकेको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिनुभएको छ । “सीमित स्रोत र साधनका बीच काम गरिरहेका छ...

खोटेहाङका चार कृषकसहित उत्कृष्ट उपभोक्ता, विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत

कला/साहित्य, फोटो/भिडियो, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ३ असार । खोटेहाङ गाउँपालिकाले उत्कृष्ट चार कृषकसहित विभिन्न विद्यामा उत्कृष्ट काम गर्ने व्यक्ति तथा संस्थालाई पुरस्कृत गरेको छ । अन्नबाली, फलफूल र नगदेबाली तथा पशुपञ्छी पालनमा उत्कृष्ट कृषक, सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्थी, उत्कृष्ट निर्माण उपभोक्ता समिति, उत्कृष्ट शिक्षक तथा विद्यालय र उत्कृष्ट कर्मचारीलाई गाउँपालिकाले बिहीबार पुरस्कृत गरेको हो । गाउँपालिकाभरी सबैभन्दा बढी अन्नबाली उत्पादन गर्ने वडा नं.–७ खोटाङबजारका बमबहादुर नेपाली, फलफूल उत्पादन गर्ने वडा नं. १ लिकुवापोखरीका मणिकुमार राई, नगदेबाली उत्पादन गर्ने वडा नं. ३ सावाकटहरेका बलजित राई तथा पशुपञ्छी पालनमा सबैभन्दा उत्कृष्ट हुने वडा नं. ८ सिम्पानीका रामकुमार पोखरेललाई गाउँपालिकाले पुरस्कृत गरेको छ । वर्ष उत्कृष्ट भएर पुरस्कृत हुने कृषकहरुलाई जनही नगद रु १५÷१५ हजारको साथमा सम्मानपत्र प्रदान गरिएको गाउँपालिकाका प्रमुख...

जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न खोटाङमा रु तीन करोड बजेट

कला/साहित्य, फोटो/भिडियो, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २ असार । कोशी प्रदेश सरकारले खोटाङमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापनाका लागि रु तीन करोड बजेट विनियोजन गरेको छ । कोशी प्रदेश सरकार, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रस्तुत गर्नुहुँदै जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्नका लागि रु तीन करोड बजेट विनियोजन गरिएको बताउनुभएको हो । खोटाङमा जडिबुटीजन्यवस्तु प्रशस्त रहेकाले स्थानीय स्रोत तथा साधनको सदुपयोग गर्दै जिल्लामै रोजगारी सिर्जना गर्ने उद्देश्यले निजी क्षेत्रको साझेदारीमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्नका लागि बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईले बताउनुभएको छ । कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तरगतको यो जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्ने कार्यक्रमलाई कोशी प्रदेश सरकारले प्राथमिकताक...

यलम्बरको ११० फिट अग्लो शालिक ठड्याइयो, रकम भुक्तानी नहुँदा उद्घाटन अन्यौलमा

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २६ जेठ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किराती प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमा (शालिक)सहितको यलम्बर पार्क (उद्यान) निर्माणको काम सम्पन्न भएको छ । किरात ऐतिहासिक एवम् पर्यटकीयस्थल बुइपास्थित पञ्चदोबाटोका तीस रोपनी सरकारी जग्गामा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको शालिकसहित पार्क निर्माण गरिएको हो । माझ किरात भनेर चिनिने खोटाङको बुइपामा निर्माण गरिएको यलम्बरको शालिकसहितको पार्कमा कोशी प्रदेश सरकारको ७० र दिक्तेल रुपाकोट मझुवागी नगरपालिकाको ३० प्रतिशत लगानी परेको छ । करिब रु १४ करोड लागतमा फाइबर प्रयोग गरेर निर्माणको काम पूरा गर्ने भनिएको यलम्बरको शालिकसहितको पार्क ठेकेदार कम्पनी उमा–तुवाचुङ–अनसुवी जेभीले निर्माणको जिम्मा लिएको हो । आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिनेगरी निर्माण गरिएको यलम्बर पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे ट्र...