दसैँमा ४३६ जनाले लिए निःशुल्क यातायात सेवा, तिहारमा पनि अभियान सञ्चालन गरिने
खोटाङ, २३ असोज । जिल्लाका एक युवा समूहले चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरेको ‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा जिल्लाका ४३६ जना छोरीचेलीले निःशुल्क यातायात सेवा दिएका छन् । नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईको अगुवाइमा सञ्चालन गरिएको अभियानमा विभिन्न स्थानीय तहका युवाले आफ्नै मोटरसाईकलमार्फत निःशुल्क यातायात सेवा प्रदान गरेका हुन् ।
जिल्लाका दशवटै स्थानीय तहका युवाले आफ्नै मोटरसाईकलमार्फत छोरीचेलीलाई घरदेखि माइतीघर र माइतीघरदेखि घरसम्म तथा मावलीघरसम्म लाने फर्काउने सेवा दिएका छन् । चाडपर्वको मौकामा आर्थिक अभाव तथा यातायातको पहुँच नपुगेको र सार्वजनिक सवारी साधन भरिभराउ हँुदा भनेजस्तो सिट नपाएर माइती÷मावली जान नपाउने छोरीचेलीलाई लक्षित गरेर अभियान चलाइएको हो ।
दसैँको टीका (असोज–१६ देखि असोज–१९ गते)सम्म सञ्चालन गरिएको अभियानका क्रममा जिल्लाका विभिन्न सडकखण्डको ३५...
