वृद्ध दम्पतीको हातखुट्टा बाँधेर हतियार देखाउँदै सेखुवामा नगद तथा गहना लुटपाट
खोटाङ, ८ पुस । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवा झगरपुरका ६६ वर्षीय ज्ञानबहादुर बुढाथोकी र उहाँकी श्रीमती चन्द्रकुमारी बुढाथोकीको घरमा लुटपाट तथा चोरी भएको छ । उदयपुरबाट आएर जिल्लामा काठ ओसारपसार गर्ने पेशा गर्दै आएको बताउने राई थरका करिब ३०–३५ वर्षीय दुई जना व्यक्तिले बुढाथोकी दम्पतीलाई पेस्तोल र खुकुरी देखाउँदै नगद तथा गहना लुटपाट गरेका हुन् ।
बास माग्दै पुस–६ गते बेलुका घरमा आएर बसेका उनीहरुले सोही राति करिब नौँ बजे बुढाथोकी दम्पतीको हात, खुट्टा र मुख बाँधेर पेस्तोल तथा खुकुरी देखाउँदै श्रीमतीको कानमा लगाएको एक तोलाको सुनको कुण्डल, नगद रु एक लाख ५० हजार ६०० का साथै आईएआई एघार र जेटिई ब्लेड ए ३५ मोडलको मोबाइल लुटेर लगेको पीडित परिवारले जनाएको छ । आफूहरु धामी÷झाँक्रीको कामसमेत गर्ने भन्दै बास मागेर बसेका उनीहरुले घरमा छोरा÷छोरी कोही नभएको मौका छोपेर नगद तथा सुनका गहना लुट...
