Friday, July 31

फोटो/भिडियो

फागुन–१ गतेदेखि दिक्तेल बजारमा ‘प्रथम मझुवागढी कालिका भगवती मिनी महोत्सव’

कला/साहित्य, फोटो/भिडियो, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २४ माघ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा यही फागुन–१ गतेबाट ‘प्रथम मझुवागढी कालिका भगवती मिनी महोत्सव–२०८१’ आयोजना हुने भएको छ । जिल्लाका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनका साथै स्थानीय कला तथा सँस्कृति, कृषि र खेलकुदलाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो । नमुना स्पोट्र्स क्लब दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको आयोजनामा हुन लागेको महोत्सव फागुन–१६ गतेसम्म सञ्चालन हुने जनाइएको छ । पन्ध्र दिनसम्म सञ्चालन हुने महोत्सवमा कृषि मेला प्रदर्शनी, पत्रकार तथा विभिन्न विद्याका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरूलाई सम्मान, गायन तथा लोक नृत्य प्रतियोगिता, ख्यातीप्राप्त कलाकारहरुको साँगीतिक प्रस्तुति लगायतका कार्यक्रम समावेश गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको छ । महोत्सवमा विभिन्न जातजातिको खाना, राडीपाखी, कृषि उपज, जडीबुटी, ...

हलेसी तुवाचुङमा लघु उद्यम गर्न चाहने नागकिकका लागि बिना ब्याजको ऋण

कला/साहित्य, फोटो/भिडियो, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ९ माघ । हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीय नागरिकले बिना ब्याजका ऋण पाउने भएका छन् । कृषि, पशुपालन, होमस्टे (घरबास) सञ्चालन लगायतका लघु उद्यम गर्न चाहने स्थानीय नागरिकका लागि नगरपालिकाले रु पाँच लाखसम्मको बिना ब्याजका ऋण दिने व्यवस्था मिलाएको हो । नगरपालिकाका स्थानीय उद्यमीलाई बिना ब्याजका ऋण उपलब्ध गराउन नगरपालिकाले आज (बुधबार) प्रभु बैङ्क शलेसी शाखासँग सम्झौता गरेको छ । नगरपालिकाको सिफारिसको आधारमा बैङ्कले मूल्याङ्न गरेर उद्यमी बन्न चाहने स्थानीय नागरिकलाई बिना ब्याजका ऋण दिने सम्झौतामा उल्लेख छ । नगरपालिकाभित्र खोलिएका लघु उद्योगहरुको प्रवद्र्धन गर्दै उद्यम गर्न चाहने स्थानीय नागरिकलाई आफ्नै ठाउँमा कृषि, पशुपालन, होमस्टे लगायतका व्यवसाय सञ्चालन गरेर स्वरोजगार बन्ने वातावरण बनाइ दिनका लागि नगरपालिकाले ब्याज अनुदान कार्यक्रम ल्याएको नगरप्रमुख विमला राईले बताउ...

फोक्सिङटारमा अस्थायी बेलिब्रिज सञ्चालन : खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सञ्जालमा जोडियो

कला/साहित्य, फोटो/भिडियो, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २७ पुस । सगरमाथा लोकमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशी नदीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा आएको छ । गत असोज–१२ गते आएको भीषण बाढीले मोटरेबल पक्की पुल बगाएपछि त्यसको वैकल्पिक व्यवस्थापन गर्न अस्थायी बेलिब्रिज जडान गरिएको हो । खोटेहाङ गाउँपालिका–९ को लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आपटारको सीमानामा पर्ने फोक्सिङटारमा रु एक करोड दुई लाख ९४ हजार ६७७ लागतमा सगरमाथा लोकमार्ग गाईघाट–दिक्तेल योजना कार्यालयका प्रमुख पशुपति ज्ञवाली जानकारी दिनुभयो । खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्न प्रमुख मार्गमा पर्ने फोक्सिङटारमा ५० मिटर लम्बाई र साढे तीन मिटर चौडाई रहेको अस्थायी बेलिब्रिज आरएन कन्स्ट्रक्सन मल्टिपर्पोज प्रा.लि. उदयपुर कटारीले जडान गरेको हो । हिउँदभर करिब छ महिना सञ्चालन हुने अस्थायी बेलिब्रिज आज (शनिबार) कोशी प्रदेश स...

बुइपाका चारवटा टोलमा आयातित पेय पदार्थ सेवनमा पूर्ण प्रतिबन्ध

कला/साहित्य, फोटो/भिडियो, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २२ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित चारवटा टोलका स्थानीयवासीले आयातित पेय पदार्थ सेवनमा पूर्णरुपले प्रतिबन्ध लगाएका छन् । आयातित पेय पदार्थले आर्थिक, परम्परागत संस्कृति र स्वास्थ्यमा समेत प्रतिकूल असर पु¥याएको भन्दै गैरी फुलेली, कुसुङ्खा, उर्लेनी र छापगाउँका स्थानीवासीले विहे, छेवर, गुन्युचोली, पास्नी, काजकिरिया तथा विभिन्न चाडपर्व र मेलापातमा यसअघि सेवन गरिँदै आइएको आयातित पेय पदार्थहरु सेवनमा पूर्णरुपले प्रतिबन्ध लगाएका हुन् । बाहिरी जिल्लाबाट आयातित पेय पदार्थ सेवनले आर्थिक, सांस्कृति तथा मानव स्वास्थ्यमा समेत प्रतिकूल असर गरेकाले पूर्णरुपमा प्रतिबन्ध लगाइएको बुइपास्थित गैरी फुलेलीका स्थानीयवासी एवम् सामाजिक अभियान्ता अरुण राईले जानकारी दिनुभयो । “हाम्रो गाउँमा विहे, छेवर, गुन्युचोली, पास्नी, काजकिरिया, सांस्कृतिक चाडपर्व, मेलापात लगायतमा आयातित पेय पदार्...

पुसभित्र सञ्चालन गर्नेगरी फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान शुरु

कला/साहित्य, फोटो/भिडियो, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ८ पुस । सगरमाथा लोकमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम शुरु भएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आपटार जोड्ने मोटरेबल पक्की पुल गत असोज–१२ गते आएको बाढीले बगाएपछि त्यसको विकल्पमा अस्थायी बेलिब्रिज जडानको काम शुरु भएको हो । फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गर्न र खोल्नका लागि सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय उदयपुरले मङ्सिर–२८ गते आर्यन कन्ट्रक्सन मल्टिपर्पोज प्रा.लि. उदयपुर कटारीसँग भ्याटसहित रु एक करोड २९ लाख ४६ हजार ७७ लागतमा सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले नदीमा पानी बढेपछि उक्त बजेटबाटै अस्थायी बेलिब्रिज खोलेर स्टोर गरी राख्नुपर्ने सम्झौतामा उल्लेख छ । सम्झौता अनुसार उक्त प्रा.लि.ले यहि पुसभित्र अस्थायी बेलिब्रिज जडान सकेर यातायात सञ्चालन गराउनुपर्ने सडक विभाग...

प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१ : राष्ट्रपतिसहित उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार दिने तयारी

कला/साहित्य, फोटो/भिडियो, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २१ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नेपालका उच्च पदस्थ व्यक्तिहरुलाई बाँसको कुर्सी उपहार दिने तयारी गरेको छ । नगरपालिकासहित विभिन्न निकायको सहकार्यमा आगामी फागुन–१५ गतेदेखि १७ गतेसम्म दिक्तेल बजारमा आयोजना गर्न लागिएको ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’को अवसर पारेर राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्याधीश, राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभाका सभामुखलाई एक–एक थान बाँसको कुर्सी उपहार दिने तयारी गरिएको हो । बाँसको उपयोगितालाई व्यवहारमा कार्यान्वयन गर्न र सरकारलाई स्थानीय सामाग्री प्रयोग गर्ने नीति व्यवहारमा कार्यान्वयन गर्न÷गराउन खबरदारी गर्ने उद्देश्यले उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार दिने निर्णय गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । “उच्च पदस्थ व्यक्तिहरुलाई बाँसको कुर्सी उपहार दिने भनेर कार्यपालिका बैठकले निर्णय गरिसकेका छौँ । निर्णयको प्रतिलिप...

जथाभावी फालिएका शिशाजन्य बोत्तल व्यवस्थापन गर्न व्यवसायीलाई ३५ दिने अल्टिमेटम

फोटो/भिडियो, समाचार/विश्लेषण
खोटाङ, १४ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाभित्र जथाभावी छरिएका वा फालिएका शिशाजन्य बोत्तलहरु ३५ दिनभित्र व्यवस्थापन गर्न व्यवसायीहरुलाई अल्टिमेटम दिएको छ । व्यवसायको नाममा बाहिरी जिल्लाबाट आयात हुने पेय पदार्थका बोत्तलहरु प्रयोग गरिसकेपछि जथाभावी पालिएका कारण नगरपालिकाको पर्यावरणमा असर पुगेकाले आज (शुक्रबार)को मितिबाट ३५ दिनभित्र व्यवस्थापन गर्न नगरपालिकाले व्यवसायीलाई अल्टिमेटम दिएको हो । नगरपालिकामा फोहर गर्ने व्यक्ति, पसल, कम्पनी अथवा डिलर स्वयम्ले उक्त फोहर सफा गर्नुपर्ने नगरपालिकाको स्वीकृत नीति तथा कार्यक्रममा उल्लेख भएकाले शिशाजन्य फोहर व्यवस्थापन गर्न व्यवसायीलाई अल्टिमेटम दिइएको नगरप्रमुख तीर्थराज भट्टराईले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । “नगरपालिकाभित्रका धार्मिक तथा पर्यटकीय ठाउँहरुमा समेत जथाभावी शिशाका बोत्तलहरु फालिएका छन् । फोहर गर्ने व्यक्त...

दिक्तेलमा फागुन–१५ गतेबाट ‘राष्ट्रिय बाँस सम्मेलन’ : नगरवासीलाई स्वरोजगार बनाउने उद्देश्य

फोटो/भिडियो, समाचार/विश्लेषण
खोटाङ, १४ मङ्सिर । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आगामी फागुन दोस्रो साताबाट तीन दिने ‘राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरिने भएको छ । बिना उपयोग खेर गइरहेका बाँसलाई जीवन उपयोगी बनाउँदै बाँस सम्बन्धी उद्योगहरु सञ्चालनमा ल्याएर नगरवासीका लागि रोजगारी सिर्जना गर्ने उद्देश्यले फागुन–१५, १६ र १७ गते दिक्तेल बजारमा राष्ट्रिय बाँस सम्मेलन गर्न लागिएको हो । नेपालमा खेर गइरहेका बाँसलाई उपयोगमा ल्याएर रोजगारी सिर्जना गर्ने उद्देश्यले नेपालकै इतिहासमा पहिलो पटक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पहलमा ‘राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्थानीय आयोजक रहने राष्ट्रिय बाँस सम्मेलनमा बाँस सोधकर्ता, उद्यमी, व्यवसायी तथा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुको सहभागिता रहनेछ । यसका लागि...

प्रभु बैंकको शाखा कार्यालय रत्नपार्कमा सारियो

फोटो/भिडियो
खोटाङ, १२ कात्तिक । खोटाङको दिक्तेलबजारमा रहेको प्रभु बैंकको शाखा कार्यालय सारिएको छ । हालसम्म दिक्तेलको अम्बागाछीचोकबाट सञ्चालन गरिएको प्रभु बैंकको शाखा कार्यालयलाई दिक्तेलकै रत्नपार्कमा स्थानान्तरण गरिएको हो । कात्तिक ११ गतेदेखि रत्नपार्कबाट एटिएमसहितको सम्पूर्ण कारोबार सुरु गरिएको प्रभु बैंकको शाखा कार्यालयका प्रवन्धक प्रबिण घिमिरेले बताए । दिक्तेलबजारको पुरानो बैंकचोक नजिकै २०६९ भदौ १४ गते सेञ्चरी कमर्शियल बैंकको शाखा कार्यालय स्थापना गरिएको थियो । २०७९ पुसमा प्रभु बैंक र सेञ्चरी कमर्शियल बैंक मर्ज भएपछि प्रभु बैंक बनेको हो । यो नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त बैंक हो । अम्बागाछीचोक आसपासका स्थानीयले भने प्रभु बैंकको शाखा कार्यालय नसार्न आग्रह गर्दैआएका थिए ।...

बालश्रममा परेका बालबालिकाको उद्धार र रेखदेखमा जुट्दै एस्थर बेन्जामिन्स मेमोरियल फाउन्डेसन

फोटो/भिडियो, भनाइ/विचार
काठमाडौँ, सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सिन्धुपाल्चोकका १३ वर्षीय कवीन्द्र तामाङ (नाम परिवर्तन)लाई मयुर यातायातको बसबाट काठमाडौँ महानगरपालिकाले उद्धार गरिएको थियो । महानगरले बसमा सहचालकको काम गर्दै आएका कवीन्द्रलाई उद्धारपछि घर फर्काउन खोज्दा नमानेपछि एस्थर बेन्जामिन्स मेमोरियल फाउन्डेसनमा आश्रयको लागि पठाइएको छ । कविन्द्र सहचालकको रुपमा काम गरिरहेको भिडियो साामजीक सञ्जालमा भाइरल भएपछि महानगरले उसलाई उद्धार गरेको थियो ।पढाइ छोडेर कामको लागि काठमााडौँ आएका कविन्द्र भन्छन् ‘एस्थर बेन्जामेनमा आएपछि छोडेको पढाइलाई फेरी निरन्तरता दिन पाए ।’ त्यसतै भोजपुरका १४ वर्षिय सोनाम गुरुङ्गतीन जना साथीसँग काम गरेर जीविकोपार्जन गर्न काठमाडौं आएका थिए । ललितपुर महानगरपालिकाको महालक्ष्मी नगरपालिकामा रहेको ग्रिल कारखानाबाट हालै उनको उद्धार गरिएको थियो । उद्धार पछि उनलाई पनि ललितपुर महानगरले एस्थर बेन...