गाउँ पसेको डढेलोले घर, विद्यालय र खानेपानीको पाइप जल्दा रु ७७ लाख बढीको क्षति
खोटाङ, ६ चैत । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित विभिन्न सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दशवटा घर, एउटा विद्यालय र खानेपानी आयोजनाको पाइप जलेर नष्ट भएको छ । चैत–३ गते राति स्थानीय बाल्सीखोला सामुदायिक वनबाट शुरु भएको डढेलो अनियन्त्रित भइ गाउँ पस्दा स्थानीयवासीको दशवटा घर, बालकन्या आधारभूत विद्यालय र दुईवटा खानेपानी आयोजनामा क्षति गरेको हो ।
आगलागीबाट अदम राईको दुईवटा फुसको छाना भएको घर तथा घरमा भएका सम्पूर्ण सामग्री, गाईको गोठ तथा गोठमा बाँधिएका एउटा गाईको बाच्छी र तीनवटा बाख्रा जलेर नष्ट भएको छ । दिउँसोको समयमा भएको आगलागीबाट मानवीय क्षति नभए पनि राईको रु १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको प्रतिवेदनले देखाएको छ ।
सोही डढेलोले स्थानीय सम्बरबहादुर राईको एउटा फुसको छाना भएको घर, गोठ तथा गोठमा बाँधिएका एउटा भैँसीको पाँडो र तीनवटा बाख्रा जलेर मरेका छन् । आगलागीबाट रा...
