बाँदर व्यवस्थापन गर्न दिक्तेल रुपाकोट मझुवागढीमा ‘पाइलटिङ’ कार्यक्रम
कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ९ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बाँदर व्यवस्थापन गर्नका लागि ‘पाइलटिङ’ परीक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ । बाँदरको समस्याबाट पीडित किसानलाई राहत दिलाउन र बालीनालीको सुरक्षा गर्न सङ्घीय सरकारसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आज (बुधबार) बसेको उच्चस्तरीय बैठकले नगरपालिकामा बाँदर व्यवस्थापनका लागि ‘पाइलटिङ’को कार्यक्रम सञ्चलन गर्ने निर्णय गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “बैठकले बाँदर व्यवस्थापनका लागि बन्ध्याकरण गर्ने निर्णय गरेको छ । यसका लागि दक्ष जनशक्ति र उपकरण आवश्यक पर्छ । त्यो भारत सरकारसँग माग गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो, “सरकारको यो निर्णयले नगरवासीका लागि ठूलो उपलब्धि हुने अपेक्षा गरिएको छ । यहाँ परीक्षण गरिएको कार्यक्रम सफल भएको खण्डमा सरकारले देशभर सञ्च...
