Wednesday, October 28

भनाइ/विचार

कक्षा–१२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ३१ जेठ । हलेसी तुवाचुङ नगरपालिकाले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कोदोको बिस्कुट उत्पादन, ब्राण्डिङ र प्याकेजिङ सम्बन्धी तालिम दिएको छ । नगरपालिकाको रैथाने बाली कोदो खेतीलाई प्रवद्र्धन गर्दै स्थानीय युवा पुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई सहभागी गराएर नगरपालिकाले तालिम दिएको हो । ‘कोदोको परिकार, स्वास्थ्यको सुरक्षा र आम्दानीको आधार’ भन्ने नारासहित वडा नं. ७ महादेवस्थानस्थित वडा कार्यालयमा आयोजना गरिएको सात दिने तालिम शुक्रबार (जेठ–३० गते) औपचारिकरुपमा समापन गरिएको छ । एकजना स्थानीय महिला उद्यमी तथा १२ जना विद्यार्थीको सहभागिता रहेको तालिममा सहभागी प्रशिक्षार्थीले उत्पादन गरेका कोदोको बिस्कुट, कुकिज, निम्की, ब्रेड, मफिन र दुनोट प्याकेजिङ गरेर समापन कार्यक्रममा प्रदर्शनसमेत गरिएको थियो । तालिममा सहभागीले ...

म बोल्न जान्दिन, मन नपरे भोट नदिनोस् : वडाध्यक्ष राई

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ३० जेठ ।  दिन ढल्कदै थियो । दिनको करिब साढे दुईतिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको वडा कार्यालयमा वडा परिषद उद्घाटनसत्र चलिरहेको थियो । निर्धारित व्यक्तिको सहभागिता । केही युवा हलभन्दा बाहिर । पटक–पटकको विद्युत अवरुद्ध । सेतो कागज र अक्षरमार्फत योजना माग गर्नेहरुको लर्को । वडाध्यक्ष इखबहादुर राईको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा प्रमुख वक्ता जिल्ला समन्वय समितिको उपप्रमुख सुरेश तामाङले सुझावहरु राख्नुभयो । जिल्ला समन्वय समिति उपप्रमुखसँग वडा कार्यालय र सरोकारवालाले समन्वय नै नगरेको कारण समन्वयात्मक भूमिकामा आफू रहनुको अर्थै नरहेको सङ्केत गर्नुभएको छ । सोही वडा अर्थात् खार्मी निवासी जिससका उपप्रमुखमा निर्वाचित तामाङले सल्लाह, सुझावसहित आवश्यक्ताका आधारमा मागहरु पेश गर्न सुझाउनुभयो । उपप्रमुख तामाङले वडाध्यक्ष राईलाई सेवाग्राही अर्थात् जनतासँग नम्रभाव व्य...

हलेसी तुवाचुङका ११६ घर भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा

कला/साहित्य, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २७ जेठ । हलेसी तुवाचुङ नगरपलिकाका ११६ घर भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउनका लागि निस्सा वितरण गरिएको छ । भूमि प्राप्तिका लागि निवेदन दिनेमध्ये लगत प्रणालीमा प्रविष्ट भएका १८ घर भूमिहीन दलित, चार घर सुकुम्वासी र ९४ घर अव्यवस्थित बसोवासीलाई जग्गाको लालपुर्जा उपलब्ध गराउन मङ्गलबार निस्सा वितरण गरिएको हो । निस्सा प्राप्त गर्ने भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई चाँडै जग्गाको लालपुर्जा उपलब्ध गराउनेगरी दोस्रो चरणको प्रक्रिया शुरु गरिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । “निस्सा प्राप्त गर्ने भूमिहीनलाई वडा कार्यालयले ऐलानी तथा पर्ति जग्गा पहिचान गरेर नगरपालिकालाई सिफारिस गर्छ । वडाको सिफारिसको आधारमा उनीहरुलाई लालपुर्जा उपलब्ध गराउन नगरपालिकाको तर्फबाट राष्ट्रिय भूमि आयोग खोटाङलाई सिफारिस गर्छौँ”, उहाँले भन्नुभयो, “लाभग्राहीलाई निस्सा वितरण ग...

यलम्बरको ११० फिट अग्लो शालिक ठड्याइयो, रकम भुक्तानी नहुँदा उद्घाटन अन्यौलमा

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २६ जेठ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किराती प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमा (शालिक)सहितको यलम्बर पार्क (उद्यान) निर्माणको काम सम्पन्न भएको छ । किरात ऐतिहासिक एवम् पर्यटकीयस्थल बुइपास्थित पञ्चदोबाटोका तीस रोपनी सरकारी जग्गामा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको शालिकसहित पार्क निर्माण गरिएको हो । माझ किरात भनेर चिनिने खोटाङको बुइपामा निर्माण गरिएको यलम्बरको शालिकसहितको पार्कमा कोशी प्रदेश सरकारको ७० र दिक्तेल रुपाकोट मझुवागी नगरपालिकाको ३० प्रतिशत लगानी परेको छ । करिब रु १४ करोड लागतमा फाइबर प्रयोग गरेर निर्माणको काम पूरा गर्ने भनिएको यलम्बरको शालिकसहितको पार्क ठेकेदार कम्पनी उमा–तुवाचुङ–अनसुवी जेभीले निर्माणको जिम्मा लिएको हो । आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिनेगरी निर्माण गरिएको यलम्बर पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे ट्र...

वैदेशिक रोजगारीले शहर केन्द्रित बसाइँ सर्नेक्रम बढ्दो

कला/साहित्य, फोटो/भिडियो, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
–रामधन राई खोटाङ, २४ जेठ । वैदेशिक रोजगारीमा जानेक्रम बढेसँगै गाउँबाट बसाइँ सर्नेको सङ्ख्या पनि बढ्दो रहेको छ । वैदेशिक रोजगारीबाट भित्रिएको रेमिट्यान्सको कारण शहर केन्द्रित बसाइँ सर्नेको सङ्ख्या बढिरहेको पाइएको हो । रेमिट्यान्सकै कारण विशेषगरी शिक्षा तथा स्वास्थ्यको सुविधा खोज्दै बसाइँ सर्ने गरेका छन् । वैदेशिक रोजगारीमा जाने घरपरिवारका बालबच्चालाई गुणस्तरीय शिक्षा दिलाउने बहानामा सदरमुकाम लगायतका शहर बजारमा बसाइँ सर्ने मानिसको सङ्ख्या उल्लेख्य भेटिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा सञ्चालित निजी विद्यालयहरुमा प्रायः गाउँबाट आएका बालबालिकाहरु बढी अध्ययन गर्ने गर्दछन् । वैदेशिक रोजगारीमा गएका परिवारको प्रायः सबै जसो बालबच्चाहरुलाई निजी विद्यालयहरुमा पढाउने गरिएको सुरक्षित आप्रवासन परियोजना (सामी)ले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने दिक्तेल...

हलेसी तुवाचुङका महिला, अपाङ्ग र विदेशबाट फर्किएका युवालाई बङ्गुरको पाठा

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २० जेठ । हलेसी तुवाचुङ नगरपालिकाले महिला, अपाङ्गता भएका व्यक्ति र विदेशबाट फर्किएका युवालाई बङ्गुरको पाठापाठी उपलब्ध गराएको छ । आम्दानीको स्रोत नभएका नगरवासी छनोट गरेर उनीहरुको आम्दानीको स्रोत वृद्धि गराउँदै नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत जातका बङ्गुरको पाठापाठी खरिद गरेर निःशुल्क उपलब्ध गराएको हो । नगरपालिकाले पारित गरेको बङ्गुर प्रवद्र्धन कार्यक्रम अन्तरगत यस वर्ष ११५ वटा उन्नत जातका बङ्गुरको पाठापाठी खरिद गरेर महिला, अपाङ्गता भएका व्यक्ति र विदेशबाट फर्किएका युवालाई निःशुल्क उपलब्ध गराइएको नगरप्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ । “नगरवासीलाई बङ्गुर पालन व्यवसायमा जोड्नका लागि १६ घर परिवारलाई खोर निर्माण गर्न ६० प्रतिशत अनुदान उपलब्ध गराएका छौँ । रु दुई लाख बराबरको खोर बनाएका घर परिवारलाई नगरपालिकाको तर्फबाट रु ए...

महुरेगढी प्राविधिक शिक्षालयका पूर्वप्रमुख पौड्यालको स्मृतिमा प्रतिमा निर्माण

कला/साहित्य, भनाइ/विचार, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १९ जेठ । सुनकोशी नदीमा गाडी खस्दा ज्यान गुमाउनुभएका महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालय खोटाङका पूर्वप्रमुख इन्जिनियर भानु पौड्यालको स्मृतिमा उहाँको प्रतिमा निर्माण गरिएको छ । वि.सं. २०८० जेठ–१९ गते काठमाडौँबाट खोटाङस्थित नुनथलामा सञ्चालित महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयको कार्यालय आउनेक्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ खुर्कोटस्थित लौकुनमा गाडी पल्टिएर सुनकोशीमा खस्दा ज्यान गुमाउनुभएका प्राविधिक शिक्षालयका पूर्वप्रमुख इन्जिनियर पौड्यालको स्मृतिमा उहाँको अर्धकदको प्रतिमा निर्माण गरिएको हो । महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयको अनुगमन तथा योजना निर्माणको सिलसिलामा बा १ झ ७४६७ नम्बरको गाडी चढेर खोटाङ आउनेक्रममा पौड्यालसहित सिटिइभिटीका प्रशासन महाशाखा निर्देशक कृष्णबहादुर केसी र योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेल गाडी दुर्घटनामा पर्नुभएको थियो । दुर्...

अकबरे खुर्सानीको व्यापार : दिक्तेलमा एक केजी अकबरेको मूल्य रु एक हजार

कला/साहित्य, फोटो/भिडियो, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १८ जेठ । खोटाङ जिल्लामा अकबरे खुर्सानीको मूल्य हालसम्मकै उच्च भएको पाइएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न तरकारी पसलहरुमा अहिले अकबरे खुर्सानी प्रतिकेजी रु एक हजारमा धमाधम बिक्री भइरहेको पाइएको हो । जिल्लामा अकबरे खुर्सानीको मूल्य हालसम्मकै उच्च भएपनि ग्राहकहरुले खोजिखोजि खरिद गरेर उपभोग गर्ने गरेको व्यापारीहरुले बताएका छन् । दिक्तेल बजारका व्यापारीहरुले गाउँका कृषकले उत्पादन गरेर बिक्री गर्न ल्याएका अकबरे खुर्सानी बाटैमा रोकेर ठेक्दै ग्राहकलाई बिक्री गर्ने गरेका छन् । कृषकबाट प्रतिकेजी रु ७०० देखि रु ८०० सम्ममा खरिद गरेको अकबरे खुर्सानी व्यापारीहरुले रु २०० देखि रु ३०० सम्म नाफा राखेर ग्राहकलाई बिक्री गर्ने गरेको पाइएको छ । अकबरे खुर्सानीको मूल्य महङ्गो भएपनि स्वादिलो र औषधीय गुण भएकाले प्रतिकेजी रु एक हजारमा खरिद गरेर उपगोग गर्ने गरिएको उपभोक्ताह...

किरात उद्गमस्थल तुवाचुङ–जायजुममा तीनचुलाको पूजासँगै बृहत् साकेला सिली प्रदर्शन

कला/साहित्य, भनाइ/विचार, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १७ जेठ : किरात समुदायको उद्गमस्थल खोटाङको तुवाचुङ–जायजुममा बृहत् साकेला सिली प्रदर्शन गरिएको छ । किरात समुदायको महान चाड साकेला उँभौलीको अवसर पारेर शनिबार किरात ऐतिहासिकस्थल तुवाचुङ–जायजुममा नछुङ (धामी)मार्फत तीनचुलाको पूजाआजासँगै बृहत् साकेला सिली प्रदर्शन गरिएको हो । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीभन्दा केहीमाथि पर्ने पर्यटकीयस्थल तुवाचुङ–जायजुममा आयोजना गरिएको चुला पूजा तथा बृहत् साकेला सिली प्रदर्शनीमा खोटाङ, उदयपुर, ओखलढुङ्गा, भोजपुर लगायत विभिन्न जिल्लाका किरात राई समुदाय भेला भएर सामुहिक रुपमा तीनचुलाको पूजा गर्दै साकेला नाचेका छन् । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले उद्घाटन गर्नुभएको बृहत् साकेला सिली प्रदर्शनीमा साकेला सिली प्रदर्शन गर्न विभिन्न जिल्ला तथा स्थानका १३ समूह सहभागी भएको तुवाचुङ–जायजुम संरक्षण समितिका महासचिव दिनेश राईले जानकारी दिनुभएको छ । त...

जनताको पहिचान, पहुँच र प्रतिनिधित्वका लागि लडिरहेको छु : नेता कोइराला

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १७ जेठ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली जनताको पहिचान, पहुँच र प्रतिनिधित्वको पक्षमा आफू रहेको बताउनुभएको छ । किरात समुदायको उद्गमस्थल खोटाङको तुवाचुङ–जायजुममा शनिबार आयोजित बृहत् साकेला प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता कोइरालाले यस्तो बताउनुभएको हो । तुवाचुङ–जायजुम संरक्षण समितिले आयोजना गरेको बृहत् साकेला सिली प्रदर्शनी कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुँदै नेता कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू पनि किरात समुदायसँगै रहेको बताउनुभयो । “नेपाली काँग्रेसले सँधै द्वन्द्व मेटिने र पहिचान भेटिने कुरामा विश्वास गर्ने गर्छ । संविधानसभाबाट संविधान बन्ने समयमा मैले पहिचान, समावेशी र समानुपातिक प्रतिनिधित्वको कुरा उठाएको थिएँ । अहिले संविधानमा यी विषयहरु समेटिएका छन्”, उहाँले भन्नुभयो, “सबै जाति, धर्म र सँस्कारको समान अधिकार...