हलेसी तुवाचुङको बजेट रु ८० करोड १८ लाख ८१ हजार
कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ९ असार । हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि रु ८० करोड १८ लाख ८१ हजार ७१९ बजेट ल्याएको छ । होलेसुङ रिसोर्ट दुर्छिममा भएको सोमबार सम्पन्न १७ औँ नगरसभामा उपप्रमुख रमेशकुमार राउतले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
नगरपालिकामा सङ्घीय सरकार राजश्व बाँडफाँडबाट रु ११ करोड २९ लाख १८ हजार ७१९, प्रदेश सरकार राजश्व बाँडफाँडबाट रु एक करोड छ लाख ९२ हजार, सङ्घीय सरकार वित्तीय समानीकरणबाट रु ११ करोड १६ लाख, प्रदेश सरकार वित्तीय समानीकरणबाट रु ९९ लाख ९२ हजार बजेट प्राप्त भएको छ । नगरपालिकाको आन्तरिक स्रोतबाट रु एक करोड ४५ लाख र घरजग्गा रजिष्ट्रेशनबाट रु दश लाख बजेट आउने अनुमान गरिएको उपप्रमुख राउतले सभामा जानकारी दिनुभएको छ ।
सङ्घीय सरकार सशर्त अनुदानबाट रु ३४ करोड ७६ लाख, सङ्घीय सरकार विशेष अनुदानबाट रु ६९ लाख, सङ्घीय सरकार समपूरक अनुदानबाट रु ७५ लाख, प्रदेश सरक...
