भारतको कोइलाखानीमा विष्फोट हुँदा ज्यान गुमाउने खोटाङ्गेको भारतमै अन्त्येष्टि गरियो
खोटाङ, २७ माघ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विष्फोटमा ज्यान गुमाउने खोटाङका तीन युवाको शव भारतमै अन्त्येष्टि गरिएको छ । मेघालयस्थित अवैध कोइलाखानीमा यही माघ–२२ गते भएको विष्फोटमा ज्यान गुमाउनुभएका खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र सोही वडाको भञ्ज्याङ निवासी ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको अन्त्येष्टि गरिएको हो ।
विष्फोटमा ज्यान गुमाउनुभएका तीनै जनाको शव नेपाल निकाल्न नसकिने अवस्था भएपछि सिलोङको भालुपारा भन्ने ठाउँमा सोमबार अन्त्येष्टि गरिएको घटनास्थल पुग्नुभएका मृतकका आफन्त प्रकाश खपाङ्गी मगरले जानकारी दिनुभएको छ । “विष्फोटका कारण ज्यान गुमाउनुभएका सबै जनाको शव गलेको अवस्थामा थियो । विष्फोटपछि कोइलाखानीभित्र लागेको आगोले डढेको शव नेपाल निकाल्न धेरै खर्च लाग्ने भएकाले भारतमै अन्त्येष्टि गरिय...




