बाँसजन्य उद्योग स्थापनार्थ छलफल गर्न नगर उपप्रमुखको संयोजकत्वमा वार्ता टोली
कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ११ साउन । बाँसजन्य उद्योग स्थापनाको सन्दर्भमा सङ्घीय सरकारसँग छलफल गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वार्ता टोली गठन गरेको छ । खेर गइरहेका बाँसलाई प्रयोगमा ल्याएर उद्योग स्थापना गर्दै आर्थिक आम्दानी लिने नीति निर्माणका लागि दबाब दिन नगरप्रमुख तीर्थराज भट्टराई भोक हड्तालमा उत्रिनुभएपछि नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयको आव्हानमा नगर उपप्रमुख विशन राईको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो ।
नगर कार्यपालिकाको साउन–१० गते बसेको बैठकले नगर उपप्रमुख एवम् कार्यवाहक नगर प्रमुख राईको संयोजकत्वमा सात सदस्यीय वार्ता टोली गठन गरेको प्रवक्ता दिनेश घिमिरेले जानकारी दिनुभएको छ । वार्ता टोलीको सदस्यमा पूर्व वन सचिव डा. अन्नपूर्ण दास, वडाध्यक्ष दिनेश घिमिरे, दानबहादुर राई, दिनेश राई, बाँसविज्ञ प्रणव प्रधान र एकजना कानूनविज्ञलाई चयन गरिएको छ ।
मन्त्रालयले छलफलका लागि साउन–८ गते औपच...
