कक्षा–८ की छात्रा साथीहरुबाटै बलात्कृत, कक्षा–९ का दुई छात्रबिरुद्ध प्रहरीमा मुद्धा दर्ता
खोटाङ, २२ साउन । विद्यालयबाट घर फर्कँदै गरेकी १४ वर्षीया छात्रा (बालिका)माथि खोटाङमा साथीहरुबाटै सामुहिक बलात्कार भएको पाइएको छ । कक्षा–८ मा अध्ययनरत ती छात्रामाथि यही साउन–१९ गते सोही विद्यालयको कक्षा–९ मा अध्ययनरत दुई जना छात्र साथीहरुबाट सामुहिक बलात्कार भएको पाइएको हो ।
विद्यालयबाट घर फर्कने क्रममा तिमीसँग कुरा गर्नुछ भन्दै अघिपछि लागेका कक्षा–९ मा अध्ययनरत दुई जना दाजुहरुले जङ्गलको बीचमा आएपछि बाटो छेकेर रातभरी पालैपालो बलात्कार गरेको पीडित बालिकाले बताएकी छिन् । “साउन–१९ गते साढे चार बजे विद्यालयबाट म घर फर्कँदै थिएँ । एक जना दाजुले तिमीसँग कुरा गर्नुछ भन्यो । मसँगै पढ्ने साथीहरु आ–आफ्नो घर गइसकेका थिए । म एक्लै भएकाले छिटो–छिटो हिँडिरहेकी थिएँ”, उनी भन्छिन्, “केही बेरमा उनीहरु दुई जना भए । बाटो छेकेर एकछिन हामीसँग बस भन्यो । उनीहरुले अर्को एकजना भाइलाई चटपटे ल्याइमागेका रहेछन् । ...
