आगलागीपीडित तामाङ दम्पतीलाई घर बनाइदिन सात लाख ७५ हजार सहयोग सङ्कलन
खोटाङ, २८ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका आगलागीपीडित वृद्धावस्थाका तामाङ दम्पतीका लागि घर निर्माण गर्न आर्थिक सहयोग उपलब्ध गराइएको छ । यही साउन–१८ गते बेलुका अगेनाबाट सल्किएको आगोले घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएर बिचल्लीमा पर्नुभएका ७० वर्षीय जितबहादुर र ७१ वर्षीया सुकुमाया स्याङ्तान तामाङ दम्पतीका लागि नयाँ घर निर्माण गर्न रु सात लाख ७५ हजार ५७७ आर्थिक सहयोग उपलब्ध गराइएको हो ।
वर्षाद्को पानीले भिजेको डोको अगेनामा सुकाउनेक्रममा डोकोबाट सल्किएको आगोले तामाङ दम्पतीको फुसको छाना भएको दुईतले घर तथा घरमा भएका सामग्री पूर्णरूपमा जलेर नष्ट हुँदा रु १३ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि बिचल्लीमा पर्नुभएका तामाङ दम्पतीका लागि नयाँ घर निर्माण गर्न साउन–१९ गते बसेको स्थानीयवासीको भेलाले नुनथलाका नि...
