खोटाङमा मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्नेको चहलपहल बढ्यो
कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २५ असोज । जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले आगामी फागुन–२१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरेसँगै खोटाङमा पनि फोटोसहितको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने÷गराउने युवाको चहलपहल बढेको छ । गत भदौ–२३ र २४ गते भएको जेनजी आन्दोलनपछि गठन भएको प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारले निर्वाचन आयोगलाई दिएको निर्देशनअनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न यही असोज–९ गतेदेखि देशभर एकैसाथ मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको काम सुरु गरेसँगै खोटाङका नागरिकले पनि आफ्नो नाम दर्ता तथा अद्यावधिक गर्न थालेका हुन् ।
दश स्थानीय तह रहेको जिल्लामा दैनिक १५ देखि ४० जनासम्मले आफ्नो नाम फोटोसहितको मतदाता नामावलीमा दर्ता तथा अद्यावधिक गराउने गरेको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरले जानकारी दिनुभएको छ । “देशभर खुला गरिएको मतदाता नामावलीमा...
