सब–ईन्जिनियरमाथि हातपात गरेको भन्दै दोषीलाई कारबाही गर्न कर्मचारीहरुको माग
खोटाङ, २८ मङ्सिर । जन्तेढुङ्गा गाउँपालिकामा कार्यरत सब–ईन्जिनियरमाथि स्थानीय दुईले हातपात गरेको भन्दै कर्मचारीहरुले आपत्ति जनाएका छन् । चिमापानी बजारमा सञ्चालित बजार ढलान योजनाको अनुगमन तथा अवलोकन गर्नेक्रममा गाउँपालिकामा कार्यरत सब–इन्जिनियर रमेशकुमार यादवमाथि स्थानीय शुभचन्द्र राई र सुमन राईले हातपात गरेको कर्मचारीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गाउँपालिकाका कर्मचारीमाथि भएको हातपातको घटनाप्रति गाउँपालिकाका कर्मचारीहरूले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अनुगमन जस्तो संवेदनशील तथा सार्वजनिक हितसँग सम्बन्धित काममा खटिएका कर्मचारीमाथि भएको यस किसिमको अवाञ्छित, अमानवीय र निन्दनीय व्यवहार अत्यन्त दुःखद् तथा अस्वीकार्य रहेको कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय सरकारका कर्मचारीहरू विकास निर्माणकार्यलाई पारदर्शी, गुणस्तरीय र समयमै गराउने उ...
