Thursday, July 30

बायोग्राफी/अन्तर्वार्ता

भौतिक पूर्वाधार विकास कार्यालय खोटाङबाट ११२ वटा आयोजनाको ठेक्का आव्हान

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ८ पुस । भौतिक पूर्वाधार कार्यालय खोटाङले ११२ आयोजनाका लागि ठेक्का आव्हान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२÷८३ का लागि स्वीकृत भएको रु ६६ करोड बराबरको १२३ वटा आयोजनाको ठेक्का गर्नुपर्नेमा पूर्वाधार कार्यालयले पुस–३ गतेसम्ममा ११२ आयोजनाको ठेक्का आव्हान गरिसकेको हो । ठेक्का आव्हान भएका आयोजनाका लागि सम्बन्धित निर्माण कम्पनीसँग सम्झौताको प्रक्रियासमेत अगाडि बढेको भौतिक पूर्वाधार कार्यालय खोटाङका कार्यालय प्रमुख विनम दाहालले जानकारी दिनुभएको छ । “कोशी प्रदेश सरकारबाट स्वीकृित प्राप्त आयोजनाको बजेटको हिसाबले ९६ दशमलव २३ प्रतिशत र आयोजना सङ्ख्याको हिसाबले ९१ दशमलव ०६ प्रतिशत आयोजनाका लागि ठेक्का आव्हान गरिसकेका छौँ । बाँकी ११ वटा आयोजना प्रक्रियामा छ”, उहाँले भन्नुभयो, “जग्गाको स्वामित्व नरहेको तथा स्थानीयको विवाद रहेको जस्ता आयोजनाको ठेक्का आव्हान गर्न बाँकी छ । ती आयोजना...

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति भानुभक्त आचार्यको सालिक पुनः निर्माण सुरु

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ८ पुस । दिक्तेल बजारको भानुचोकमा स्थापित राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुनः निर्माणको काम सुरु गरिएको छ । लामो समयदेखि जीर्ण तथा अव्यवस्थित अवस्थामा रहेको भानुभक्तको सालिकलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने उद्देश्यसहित पुनः निर्माणको प्रक्रिया अघि बढाइएको हो । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्यकरणका लागि रु एक करोड बजेट उपलब्ध गराएपछि ठेक्का प्रक्रियामार्फत भानुभक्तको सालिक पुनः निर्माणसँगै बजार क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका काम सुरु गरिएको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले जानकारी दिनुभएको छ । कार्यालय प्रमुख दाहालका अनुसार भानुभक्तको सालिक जीर्ण अवस्थामा पुगेकाले संरक्षण आवश्यक देखिएपछि हाल रहेको स्थानभन्दा केही पर सारेर आधुनिक ढङ्गले पुनः निर्माणको काम सुरु गरिएको हो ।...

साकेला गाउँपालिकाद्वारा अपाङ्गता भएका नागरिकलाई सहायक सामग्री वितरण

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ७ पुस । साकेला गाउँपालिकाले अपाङ्गता भएका नागरिकको जीवन सहज बनाउने उद्देश्यले सहायक सामग्री उपलब्ध गराएको छ । गाउँपालिका प्रमुख रविप्रकाश राईले एक कार्यक्रमबीच अपाङ्गता भएका नागरिकलाई आवश्यक सहायक सामग्री हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा राष्ट्रिय अपाङ्ग कोषका प्रतिनिधिहरूको प्राविधिक टोलीको उपस्थितिमा विभिन्न कारणबाट अपाङ्गता गाउँपालिकाभित्रका १५ जना व्यक्तिका लागि अर्थोपेडिक जुत्ता निर्माण गर्न खुट्टाको नापजाँच लिइएको छ । यस सेवाले अपाङ्गता भएका नागरिकको दैनिक आवत–जावत र जीवनयापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ । सहायता सामग्री हस्तान्तरण कार्यक्रमको अवसरमा गाउँपालिका प्रमुख राईले वडा नं. ४ का नौँ वर्षीय युवराज कटवाल र वडा नं. ५ का दश वर्षीय इजन खत्रीलाई सहायक सामग्री ह्वीलचियर हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका उपप्रमुख बिर्सिका राईसहित जनप्रतिनिधि, ...

एमाले महाधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न विद्यार्थी सङ्गठनको माग

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ६ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा सहभागी दिप्रुङ चुइचुम्मा गाउँपालिकाका शिक्षक तथा कर्मचारीहरुलाई कारबाही गर्न खोटाङका दुई विद्यार्थी सङ्गठनले माग गरेको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी निकट अनेरास्ववियू खोटाङले शिक्षा विकास तथा समन्वय ईकाई खोटाङमा आज (आईतबार) ध्यानाकार्षणपत्र बुझाउँदै एमाले महाधिवेशनमा सहभागी शिक्षक तथा कर्मचारीहरुलाई कानूनी कारबाहीको माग गरेको हो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) खोटाङका अध्यक्ष डार्विन चाम्लिङ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन खोटाङका सचिव रेसजोन राईले हस्ताक्षर गर्नुभएको पत्रमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँमा सञ्चालित समाज सेवा आधारभूत विद्यालयका प्रधा...

मादक पदार्थ सेवन गरेका छिमेकीको कुटाइबाट ५८ वर्षीय रोकाको मृत्यु

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ६ पुस । दिक्तेल रुपाकोट मझुवागढी–९ निर्मलीडाँडास्थित सिगानेका ५८ वर्षीय पदम रोकाको कुटपिटबाट निधन भएको छ । सोही ठाउँका ५० वर्षीय दिलकुमार भुजेलले आज (आईतबार) बिहान करिब ११ः०० बजेको समयमा आफ्नै घरमा आएर कुटपिट गर्दा रोकाको घटनास्थलमै मृत्यु भएको हो । मादक पदार्थ सेवन गरेर रोकाको घरमा गएका भुजेलले अन्दाधुन्द कुटपिट गर्दै बरन्डाको भ¥याङमुनि खसाल्दा मुन्टो भाँचिएको अवस्थमा मृत फेला पारिएको वडाध्यक्ष दिनेश कठेतले जानकारी दिनुभएको छ । कुटपिटको घटनामा संलग्नलाई छुट्याउने क्रममा मृतक रोकाका बुहारीहरु एलिसा र पुष्पा रोकासमेत घाइते भएको जनाइएको छ । निर्मलीडाँडामा भएको घटनाको जानकारी पाएलगत्तै परिचालन गरिएको प्रहरी टोलीले कुटपिटमा संलग्न भुजेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिनुभएको छ । स्थानीयको सहयोगमा नियन्त्रण...

नेपाल सरकारद्धारा बाँसका भौतिक संरचना निर्माण मार्गदर्शन–२०८२ सार्वजनिक

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ४ पुस । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक गरेको छ । नेपाल सरकार, शहरी विकास मन्त्रालय र ह्याबिटाट फर ह्युमानिटी नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङले शुक्रबार मार्गदर्शन विमोचन गर्नुभएको हो । मार्गदर्शन विमोचन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री घिसिङले रैथाने नेपाली निर्माण सामग्रीको रुपमा रहेको बाँसलाई निर्माण सामग्रीको रुपमा प्रयोग गर्न प्रत्सोहान गर्नुपर्ने बताउनुभएको छ । मन्त्री घिसिङले निर्माण सामग्रीको रुपमा बाँसलाई प्रयोग गर्न सकेमा स्थानीय युवाका लागि रोजगारी सिर्जना भएर ग्रामीण अर्थतन्त्रसमेत मजबुद हुनसक्ने तथा आयातित निर्माण सामग्रीलाई निरुत्साहित गर्दै व्यापार घाटा कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ...

एमाले महाधिवेशन : खोटाङका विशाल, विणादेवी र उषाकला केन्द्रीय सदस्यमा निर्वाचित

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ३ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सदस्यमा खोटाङका तीन नेता निर्वाचित हुनुभएको छ । खुला केन्द्रीय सदस्यमा विशाल भट्टराई, खुला महिला केन्द्रीय सदस्यमा विणादेवी राई र आदिवासी जनजाति महिला केन्द्रीय सदस्यमा उषाकला राई निर्वाचित हुनुभएको हो । जिल्लाबाट केन्द्रीय सदस्यमा निर्वाचित तीनैजना नेताहरु केन्द्रीय अध्यक्षमा निर्वाचित केपी शर्मा ओली समूहबाट निर्वाचित हुनुभएको एमाले खोटाङका उपाध्यक्ष कुमार आचार्यले जानकारी दिनुभएको छ । जिल्ला उपाध्यक्ष आचार्यका अनुसार विशालले एक हजार ५२७, विणादेवीले एक हजार ८४६ र उषाकलाले एक हजार ८०४ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । यस्तै, केन्द्रीय अनुशासन आयोगको सदस्यमा कर्ण घले निर्वाचित हुनुभएको छ । तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित ओली समूहबाटै उम्मेदवार बन्नुभएका घलेले दुई हजार ४२ मत ल्याएर लेखा समिति सदस्यम...

कोशी प्रदेशले खोटाङमा निजी क्षेत्रसँगको साझेदारीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २ पुस । कोशी प्रदेश सरकारले खोटाङमा निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको रु तीन करोड लगानीमा केन्द्र सञ्चालन गर्न लागिएको हो । प्राकृतिक रूपमा उत्पादन हुने बहुमूल्य जडीबुटीहरूको वैज्ञानिक ढङ्गले सङ्कलन, भण्डारण तथा प्रशोधन गर्न यो केन्द्र स्थापना गर्न लागिएको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले बताउनुभएको छ । खोटाङ उद्योग वाणिज्य सङ्घको समन्वयमा बुधबार दिक्तेलमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री राईले यस्तो जानकारी दिनुभएको हो । मन्त्री राईले खोटाङमा स्थापना गर्न लागिएको यो केन्द्र कोशी प्रदेशकै एकमात्र जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र हुने जानकारी दिनुभ...

समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न पार्टी एकता गरेका हौँ : नेता गजुरेल

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरुबीच पार्टी एकता गरिएको बताउनुभएको छ । नेकपा खोटाङले मङ्गलबार दिक्तेल बजारमा आयोजना गरेको ‘एकला सन्देश सम्प्रेषण कार्यक्रम’लाई सम्बोधन गर्नुहुँदै नेता गजुरेलले अबको कार्यभार समाजवादी क्रान्ति भएकाले त्यसलाई पूरा गर्न नेपालका वामपन्थी राजनीतिक दलहरुबीच पार्टी एकता गरिएको दाबी गर्नुभयो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का १ नं. प्रदेश (कोशी)का इन्चार्जसमेत रहनुभएका नेता गजुरेलले जेनजी आन्दोलनको उद्देश्य पनि यही रहेको जिकिर गर्नुभयो । “नेपाली जनताले परिवर्तन चाहेका छन् । त्यो पूरा गर्न सबै कम्युनिष्ट विचारधारा राजनीतिक दलहरु एक जुट हुन आवश्यक छ”, उहाँले भन्नुभयो, “हामीले जेनजीको भावना अनुरुप १९ वटा कम्युनिष्ट पार्टीहरुबीच एकता गरेका छौँ । ...

एमाले महाधिवेशनमा खोटाङका पाँच नेताको केन्द्रीय सदस्यमा उम्मेदवारी

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा खोटाङका पाँच नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको छ । केन्द्रीय अध्यक्षका उम्मेदवार निवर्तमान केन्द्रीय अध्यक्ष केपी ओली समूहबाट निवर्तमान पोलिटब्यूरो सदस्य विशाल भट्टराई, निवर्तमान केन्द्रीय सदस्य उषाकला राई र कोशी प्रदेश सचिवालय सदस्य विणादेवी राई उम्मेदवारी दिनुभएको हो । ओली समूहकै निवर्तमान केन्द्रीय सदस्यहरु खगेन्द्र राई र रमेशकुमार पौडेल समूहमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । स्वतन्त्र उम्मेदवारी दिनुभएका खगेन्द्र र रमेशकुमार भर्खरै अर्का अध्यक्षका उम्मेदवार निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूहमा खुल्नुभएको समाचार स्रोतले जनाएको छ । विशाल र रमेशकुमार खुला केन्द्रीय सदस्य तथा विणादेवीले खुला महिला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको जनाइएको छ । उषाकलाले आदिव...