Wednesday, July 29

बायोग्राफी/अन्तर्वार्ता

पार्टी प्रवेश गरेको १९ दिन नबित्दै रास्वपाले दियो रुद्र गिरीलाई खोटाङको टिकट

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले खोटाङमा रुद्र गिरीलाई प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको टिकट दिएको छ । नेपाली काँग्रेस खोटाङको महाधिवेशन प्रतिनिधिको पद परित्याग गरेर रास्वपा प्रवेश गर्नुभएका गिरीलाई पार्टीले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फको टिकटका लागि जिल्लाबाट तीन जना नेताको नाम सिफारिस गरिएकामा केन्द्रीय समितिले गिरीलाई टिकट दिएको रास्वपा खोटाङका जिल्ला सभापति मुकुन्दकृष्ण थापाले जानकारी दिनुभएको छ । रास्वपा खोटाङले प्रतिनिधिसभा सदस्यका लागि गिरीसहित जीवन कान्छा किराती र रविन्द्र ओझाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका निवासी रास्वपाका उम्मेदवार गिरी गत पुस–१५ गते पार्टी केन्द्रीय कार्यालय गएर रास्वपा प्रवेश गर्नुभएको थियो ...

नेकपाले दियो अर्थ÷राजनीतिक विश्लेषक डा. हरि रोकालाई खोटाङको टिकट

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ४ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा अर्थ÷राजनीतिक विश्लेषक डा. हरि रोकालाई टिकट दिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित खुतुम्बु निवासी अर्थ÷राजनीतिक विश्लेषक डा. रोकालाई नेकपाले अर्थमन्त्री बनाउने सर्तसहित प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो । खोटाङका नेताहरुसहित आईतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुग्नुभएका अर्थ÷राजनीतिक विश्लेषक डा. रोकालाई पार्टी संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकट दिनुभएको जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’ले जानकारी दिनुभएको छ । पार्टीका सहयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका केन्द्रीय नेताहरुको उपस्थितिमा अर्थ÷राजनीतिक विश्लेषक डा. रोकालाई संयोजक प्रचण्डले टिकट दिनुभएको हो । अर्थ÷राजनीतिक विश्लेषक डा. रोकालाई प्रति...

एमालेले दियो खोटाङमा पार्टी अध्यक्ष देवबिक्रम राईलाई टिकट

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ४ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा देवबिक्रम राईलाई टिकट दिएको छ । एमाले खोटाङका जिल्ला अध्यक्षसमेत रहनुभएका नेता राईलाई एमाले पार्टी केन्द्रीय समितिले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि टिकट दिएको हो । एमाले खोटाङबाट सिफारिस भएका दश जना नेतामध्ये जिल्ला अध्यक्ष राईले टिकट पाउनुभएपछि बधाई तथा शुभकामना दिने पार्टी कार्यकर्ताहरुको लर्को लागेको छ । विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा आउनुभएका नेता राई राजनीतिसँगै व्यवसायिक कृषि तथा साहित्यिक क्षेत्रमा समेत कलम चलाउँदै आउनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा निवासी बुबा शुभशेर राई र आमा जम्मासरी राईको जेठो सन्तानका रुपमा वि.सं. २०२६ असार–२२ गते जन्मनुभएका नेता राईले नेपाली विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएको छ । वि.सं. २०...

दिक्तेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २ माघ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङको दिक्तेल बजारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन व्यवस्थापन, मतदाता शिक्षा, उम्मेदवारी दर्ता, निर्वाचन आचारसंहिता कार्यान्वयन तथा समग्र निर्वाचन प्रक्रिया प्रभावकारी बनाउन आज (शुक्रबार) जिल्ला अदालत खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचनसम्बन्धी सम्पूर्ण प्रशासनिक तथा प्राविधिक कार्य सञ्चालन गरिने जनाइएको छ । जिल्लामा मुख्य निर्वाचन अधिकृतकको कार्यालय स्थापना गरिएसँगै प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी औपचारिकरूपमा अघि बढेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आवश्यक सबै तयारी अघि बढाए...

चिसापानी बजारको सडक ढलानको काम तीव्रगतिमा

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ३० पुस । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीस्थित चिसापानी बजारको सडक ढलानको काम तीव्रगतिमा अगाडि बढाइएको । जिल्लाको दक्षिणी क्षेत्रका स्थानीयको पुरानो तथा प्रमुख बजारमध्येमा पर्ने चिसापानी बजारको सडक ढलान हुने भएपछि लामो समय पश्चात मुहार फेर्न लागेको छ । गाउँपालिकाको केन्द्रमा पर्ने चिसापानी बजार क्षेत्रभित्रका सडक ढलानका लागि छुट्टाछुट्टै दुईवटा योजना बनाएर काम सुरु गरिएको छ । ठेक्का प्रणालीमार्फत सुरु गरिएको दुवै सडक ढलान योजनाको भौतिक प्रगति करिब ४० प्रतिशत सम्पन्न भएको गाउँपालिकाका प्रमुख ईन्जिनियर रमेशकुमार यादवले जानकारी दिनुभएको छ । चिसापानी बजार ढलानका लागि भ्याटसहित रु एक करोड चार लाख ४२ हजार ३३ तथा गाउँपालिका जाने बाटो ढलानका लागि रु ५९ लाख १३ हजार ७३४ लागतमा ठेक्का लगाइएको छ । चिसापानी बजार ढलानको जिम्मा वियान्सा अग्रिम जेभीले लिएको छ भने, गाउँपालिका जाने बाटो ढलानको...
सौन्दर्यकरण, पहिचान र दिगो विकासमा फड्को मार्दै साकेला गाउँपालिका

सौन्दर्यकरण, पहिचान र दिगो विकासमा फड्को मार्दै साकेला गाउँपालिका

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ३० पुस । साकेला गाउँपालिकामा सौन्दर्यकरण, पहिचान र दिगो विकासका बहुआयामिक कार्यहरू तीव्र गतिमा अघि बढाइएको छ् । प्राकृतिक सुन्दरता, सांस्कृतिक मौलिकता र आधुनिक संरचनाको संयोजनमार्फत जिल्लाका अन्य स्थानीय तहभन्दा फरक पहिचानसहित अग्रगामी यात्रामा देखिएको छ । गाउँपालिकाको मुख्य प्रवेशद्वार साप्सुखोला क्षेत्रमा निर्माण गरिएको स्काईवाक, अत्याधुनिक बसस्टप, आकर्षक स्वागत गेट तथा विभिन्न धार्मिक, सांस्कृतिक र कलात्मक झल्को दिने चित्रकलाहरूले साकेला प्रवेश गर्ने जो–कोहीलाई छुट्टै अनुभूति दिलाउने गरेको छ । स्थानीय पहिचान झल्किने चित्रकलाहरूले साकेलाको इतिहास, संस्कृति र सभ्यतालाई जीवन्त प्रस्तुत गरेका छन् । यहाँको भूगोल र वातावरणसँग सुहाउँदो प्रकृतिमैत्री संरचनाहरू निर्माण गरिनुले पनि गाउँपालिकाको सौन्दर्यकरणमा उल्लेखनीय परिवर्तन आएको देख्न सकिन्छ । विकास केवल कागजमा सीमित नबनाइ प्रत्यक...

छैटौँ नगरपालिकास्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुलापन्थे माविलाई  

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २९ पुस । हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको छैटौँ नगरपालिकास्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुलापन्थे माध्यमिक विद्यालय धितुङले जितेको छ । नगरपालिकाभित्र सञ्चालित १३ वटा माध्यमिक विद्यालयका छात्रछात्रा सहभागी प्रतियोगितामा सात स्वर्ण, तीन रजत र छ कास्य पदकसहित बुलापन्थे माविले छैटौँ नगरपालिकास्तरीय प्रतियोगिताको उपाधि जितेको हो । हलेसी तुवाचुङ नगरपालिकाको आयोजना तथा सरस्वती माध्यमिक विद्यालय अर्खौलेको व्यवस्थापनमा सञ्चालन गरिएको नगरपालिकास्तरीय प्रतियोगितामा दुर्छिम मावि दुर्छिम दोस्रो भएको छ । प्रतियोगितामा छ स्वर्ण, तीन रजत र तीन कास्य पदकसहित दुर्छिम मावि दोस्रो भएको आयोजकले जनाएको छ । भलिबल, कबड्डी र एथलेटिक्सका १५ ईभेण्डमा प्रतिस्पर्धा गराइएको प्रतियोगितामा पाँच स्वर्ण, तीन रजत र एक कास्य पदकसहित पिपलडाँडा देवीस्थान मावि मङ्गलटार तेस्रो भएको छ । यस अघ...

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा खोटाङका २३ नेता केन्द्रीय सदस्यमा चयन

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण
खोटाङ, २९ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा खोटाङका २३ जना नेता केन्द्रीय सदस्यमा नियुक्त भएका छन् । साविक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सात, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट १२, जनता समाजवादी पार्टी (जसपा)बाट तीन तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरेर नेकपा प्रवेश गर्नुभएका कमल ढकाल केन्द्रीय सदस्यमा नियुक्त हुनुभएको हो । माओवादी केन्द्रबाट टंक राई, रामकुमार राई ‘पासाङ’, समिता कार्की ‘अस्मिता’, दुर्गाजयन्ती राई, अमेम्बर राई, ध्रुब बुढाथोकी ‘धिरेन’ र देवान किराती ‘पृथ्वी’ केन्द्रीय सदस्य चयन हुनुभएको छ । माओवादी केन्द्रबाट केन्द्रीय सदस्य चयन हुनुभएका टंक राई यसअघि केन्द्रीय अनुशासन आयोगका अध्यक्ष तथा पासाङ, अस्मिता, दुर्गाजयन्ती र धिरेन केन्द्रीय सदस्य र पृथ्वी प्रदेश उपाध्यक्ष हुनुहुन्थयो । यस्तै, साविक नेकपा (एकीकृत समाजवादी)बाट राजन रा...
दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम धमाधम हुँदै

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम धमाधम हुँदै

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २८ पुस । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम सम्पन्न भएको छ । वि.सं. २०७६ सालमा सुरु गरिएको दिक्तेल बजारको सडक ढलानको कामले सात वर्षपछि बल्ल पूर्णता पाएको हो । दिक्तेल बजारस्थित किरात चोकदेखि हाडडाँडासम्मको भित्री सडक ढलान भएसँगै अब हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने समस्याको अन्त्य भएको छ । कुनै समय धुलो र हिलोका कारण हिड्नसमेत नसकिने अवस्थामा रहेको दिक्तेल बजारको सडकले सबैलाई सास्ती दिएको थियो । लामो समयको प्रतिक्षा पश्चात पुरै सडक ढलान भएपछि दिक्तेल बजारको मुहार नै फेरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभएको छ । साँघुरो, हिलाम्मे र धुलाम्मे अवस्थाको दिक्तेल बजारको सडक सङ्घ र प्रदेश सरकारले उपलब्ध गराएको छ चरणको बजेटले पुरै ढलान भएको हो । दिक्तेलस्थित शङ्धर साख्वा चोकदेखि भानुचोकसम्मको सडक ढलान यही पुस–२७ गत...

फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा आयो, बङ्शिलाघाटमा धमाधम जडान हुँदै

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २७ पुस । सगरमाथा लोकमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा आएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोशीको फोक्सिङटारमा मोटरेबल पक्की पुल बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याइएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका जिल्लासँग सिधा यातायात सञ्चालन गर्नेगरी जडान गरिएको अस्थायी बेलिब्रिज आज (आइतबार)बाट सञ्चालनमा आएको गाईघाट–दिक्तेल सडक योजना कार्यालय उदयपुरले जनाएको छ । फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान भएपछि विगत छ महिनादेखि अवरुद्ध पूर्वी तराईका जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडकमा सिधा यातायात सुरु भएको छ । फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै घुर्मी–कटारी हुँदै घुमाउरो मार्ग प्रयोग गर्न...