जनयुद्ध दिवसमा खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकामा सार्वजनिक विदा
खोटाङ, ३० माघ । जनयुद्ध दिवसको अवसर पारेर खोटाङको खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाले फागुन–१ गते (भोलि) सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले जारी गरेको सूचनाअनुसार गाउँपालिकाको कार्यालय, सबै वडा कार्यालयहरु, गाउँपालिकाभित्र सञ्चालित विद्यालयहरु, स्वास्थ्य संस्था तथा मातहतका सम्पूर्ण सरकारी कार्यालयहरुमा भोलि (फागुन–१ गते) एक दिनका लागि सार्वजनिक विदा दिइएको हो ।
वि.सं. २०५१ फागुन–१ गतेबाट शुरु भएको दश वर्षे जनयुद्धको जगमा नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै जनयुद्ध र जनयुद्धका शहीदहरुको सम्मानमा फागुन–१ गते सार्वजनिक विदा दिइएको दुवै गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेछ । गाउँपालिका अध्यक्षस्तरीय निर्णयको आधारमा जारी गरिएको भनिएको सूचनामा खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राई ‘मुक्ति’ र जन्तेढुङ्गा गाउँपालिकाका अध्यक्ष अरुणादेवी राई ‘दिक्षा’ले हस्ताक्षर गर्न...
