Friday, July 31

बायोग्राफी/अन्तर्वार्ता

सामुहिक रोपाइँमा जुटे राजनीतिक दलका भातृ सङ्गठन

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
–रामधन राई खोटाङ, १५ असार । राष्ट्रिय धान दिवसका अवसरमा खोटाङस्थित राजनीतिक दल निकट सङ्घ–सङ्गठनहरु सामुहिक रोपाइँमा जुटेका छन् । जिल्लास्थित विभिन्न राजनीतिक दल निकट युवा तथा किसान सङ्गठनहरु सामुहिक रोपाइँमा जुटेका हुन् । धान दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन वाईसीएल नेपाल खोटाङमा आवद्ध युवाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित मीना पराजुलीको १० रोपनी खेतमा रोपाइँ गरेका छन् । वाईसीएल जिल्ला अध्यक्ष भूपेन्द्र राईको नेतृत्वमा समितिका पदाधिकारी तथा सदस्यसहितका टोलीले जिल्ला उपाध्यक्षसमेत रहनुभएकी पराजुलीको खेतमा रोपाइँ गरेको हो । वाईसीएल नेपालको केन्द्रिय सर्कुलर बमोजिम जनशक्ति अभावमा बाँझिएका खेतमा रोपाइँ गरिएको वाईसीएल खोटाङले जनाएको छ । ‘धानबालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारासहित मनाइएको धान दिवसमा प्रायः युवा सहभा...

बहुसाँस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिन्ह खुर्पेटो (घोरप्याक)को प्रतिमा

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, विदेश/प्रवास, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १५ असार । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा निर्माणाधीन बहुसाँस्कृतिक पार्क (उद्यान)मा मगर समुदायको प्रतीक चिन्ह खुर्पेटो (घोरप्याक)को प्रतिमा स्थापना गरिएको छ । सङ्घ, प्रदेश स्थानीय सरकारको लगानीमा इन्द्रेणीपोखरीस्थित निर्माणाधीन बहुसाँस्कृतिक पार्कमा स्थापना गरिएको मगर समुदायको प्रतीक चिन्ह खुर्पेटोको प्रतिमा वडा कार्यालयको लगानीमा निर्माण गरिएको हो । वडा कार्यालय ईन्द्रेणीपोखरीको रु पाँच लाख लगानीमा खुर्पेटोको प्रतिमा निर्माण गरेर स्थापना गरिएको वडाध्यक्ष वसन्त राई ‘पथिक’ले जानकारी दिनुभएको छ । “इन्द्रेणीपोखरीलाई पर्यटकीय हबको रुपमा विकास गर्नका लागि भौतिक संरचना निर्माणको काम भइरहेको छ । किरात समुदायको वाबु (चिण्डो), हिन्दु धर्मावलम्बीको लागि मन्दिर, बालबालिकाका लागि खेलौनासहितका बाल उद्यान निर्माण गरिएको छ”, उहाँले भन्नुभयो, “इन्द्रेणीपोखरीमा जातीय बाहुल्यताको हिसाबमा मग...

हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँग सहकार्य गर्ने समझदारी

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १४ असार । हलेसी तुवाचुङ नगरपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि रातो बङ्गला स्कूल (विद्यालय) र रातो बङ्गला फाउन्डेसन पाटनढोका ललितपुरसँग सहकार्य गर्ने समझदारी भएको छ । नगरपालिकाभित्र सञ्चालित २२ वटा आधारभूत तहका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि रातो बङ्गला स्कूल र फाउन्डेसनसँग तीन वर्षसम्म सहकार्य गर्ने समझदारी भएको हो । स्कूल र फाउन्डेसले तीन वर्षसम्म एकजना अधिकृतस्तरको कर्मचारी, विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री र शिक्षकका लागि विभिन्न चरणको तालिम उपलब्ध गराउने त्रिपक्षीय समझदारीपत्रमा उल्लेख छ । नगरपालिकाको ४५ दशमलव २२ र रातो बङ्गलाको ५४ दशमलव ७८ प्रतिशत लागत साझेदारीमा कार्यक्रम सञ्चालन गर्नेगरी त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । त्रिपक्षीय समझदारीअनुसार तीन वर्षको अवधिमा र...

द्वन्द्वकालका शहीदको सम्झना गर्दै परिवारका सदस्यलाई उपकरणसहित सम्मान

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १४ असार । खोटेहाङ गाउँपालिकाले द्वन्द्वकालमा राज्य तथा विद्रोही पक्षबाट मारिएका शहीदहरुलाई सम्झना गर्दै उनीहरूका परिवारलाई सम्मान गरेको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को दशवर्षे जनयुद्धका क्रममा शहादत प्राप्त गर्ने खोटेहाङ गाउँपालिकाका ११ शहीद परिवारसहित द्वन्द्वपीडित, घाइते अपाङ्ग तथा बेपत्ता परिवारलाई गाउँपालिकाले सम्मान गरेको हो । सम्मान कार्यक्रममा दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठान खोटाङको आयोजना तथा खोटेहाङ गाउँपालिकाको आर्थिक सहयोगमा भान्सामा प्रयोग गरिने विद्युतीय चुल्हो प्रदान गरिएको छ । सम्मान कार्यक्रमले द्वन्द्वकालीन घटनाहरूको स्मरणका साथै शहीद परिवारहरूप्रति संम्मान व्यक्त गरेको प्रतिष्ठानले जनाएको छ । जनयुद्धमा राज्यपक्षबाट मारिएका खोटेहाङका नौँजनामध्ये सात परिवार र विद्रोही पक्षको एम्बुस तथा दोहोरो भिडन्तमा परि ज्यान गुमाएका चार शहीद परिवारलाई विद...

दिप्रुङ चुइचुम्माको वार्षिक बजेट रु ५६ करोड दुई लाख ६८ हजार

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ११ असार । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि रु ५६ करोड दुई लाख ६८ हजार ५८९ बजेट ल्याएको छ । गाउँपालिकाको सभाहल याङ्सोलाटारमा मङ्गलबार सम्पन्न १७ औँ गाउँसभामा गाउँपालिका उपप्रमुख अरुणा थापामगरले आर्थिक विद्येयक तथा बजेट प्रस्तुत गर्नुभएको हो । सङ्घीय सरकारबाट प्राप्त सशर्त अनुदानबाट रु २६ करोड ३५ लाख, प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदानबाट रु एक करोड ३६ लाख पाँच हजार, विशेष अनुदान अन्तरगत सङ्घीय सरकारबाट रु एक करोड १२ लाख, सङ्घीय सरकारको समपुरक अनुदान रु एक करोड ४८ लाख, प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान रु एक करोड ३० लाख रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका र वडाका लागि चालु प्रशासनिक खर्च रु १२ करोड २७ लाख ५६ हजार ५८९, पालिकास्तरीय पुँजीगत योजनाका लागि रु दश करोड ६२ लाख तथा वडास्तरीय पुँजीगत योजनाका लागि रु एक करोड ५२ लाख बजेट विनियोजन गरि...

रावाबेँसी गाउँपालिकाको वार्षिक बजेट रु ३८ करोड ५६ लाख ५६ हजार

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ११ असार । रावाबेँसी गाउँपालिकाले भौतिक पूर्वाधार र कृषिलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट ल्याएको छ । गाउँपालिका उपप्रमुख कौशिला गुरुङले १७ औँ गाउँसभामा भौतिक पूर्वाधार विकास र कृषिलाई प्राथमिकतामा राखेर रु ३८ करोड ५६ लाख ५६ हजार ८४३ को अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो । सङ्घीय सरकारसँगको साझेदारी समुपुरक अनुदानबाट बिजुले–लेकखर्क–दुवेकोल–ऐसेलुखर्क सडकको लागि रु एक करोड ७५ लाख, प्रदेश सरकारसँगको समपुरक अनुदानबाट नुनथला–हरमटारकुभिण्डे–जौबारी सडक स्तरोन्नतिको लागि रु एक करोड २५ लाख र वडा नं.–१, ३ र ५ को कार्यालय भवनमा तला थप्नको लागि रु ७५ हजार बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै, सङ्घीय सरकार विशेष अनुदानबाट बृहत कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रमको लागि रु एक करोड ३० लाख बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताउनुभएको छ । विनियोजित बजेटबाट ...

खोटेहाङ गाउँपालिकाले ल्यायो रु ५५ करोड ४८ लाख ९९ हजारको वार्षिक बजेट

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १० असार । खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि रु ५५ करोड ४८ लाख ९९ हजार ८१९ बराबरको वार्षिक बजेट पारित गरेको छ । गाउँपालिकाको कार्यालय खोटाङबजारमा मङ्गलबार सम्पन्न १७ औँ गाउँसभामा गाउँपालिका उपप्रमुख रुपेश राईले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । गाउँसभाबाट स्वीकृत बजेटले आर्थिक विकास, सुशासन तथा संस्थागत विकास, वन वातावरण तथा विपद व्यवस्थापन, पुर्वधार विकास र सामाजिक विकासलाई प्राथमिकता दिएको जनाइएको छ । बजेटले समावेशी, स्वावलम्बी तथा समृद्ध खोटेहाङ निर्माणको आधार तयार गरेको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले बताउनुभएको छ । गाउँसभामा गाउँपालिका प्रमुख मुक्तिले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमसमेत पारित भएको जनाइएको छ । गाउँपालिका प्रमुख मुक्तिले १७ औँ गाउँसभा सफल बनाउन योगदान पु¥याउनुहुने जनप्रतिनिधि, कर्मचारी, नागरिक समाजका अगुवा तथा नागरिक...

ऐसेलुखर्क गाउँपालिकाको वार्षिक बजेट रु ४९ करोड ७० लाख ९३ हजार

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १० असार । ऐसेलुखर्क गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि रु ४९ करोड ७० लाख ९३ हजार ८८ बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको सभाहलमा मङ्गलबार आयोजित १७ औँ गाउँसभा गाउँपालिका उपप्रमुख राजेश राजभण्डारीले आर्थिक विद्येयक तथा बजेट प्रस्तुत गर्नुभएको हो । गाउँसभामा वित्तीय समानीकरणतर्फ रु आठ करोड २३ लाख, सशर्त अनुदान चालुतर्फ रु २३ करोड २४ लाख, सशर्त अनुदान पूँजीतर्फ रु ८८ लाख, समपुरक अनुदानतर्फ रु एक करोड ४० लाख, विशेष अनुदानतर्फ रु चार करोड १५ लाख बजेट प्रस्तुत गरिएको छ । प्रदेश सरकारको तर्फबाट चालु आर्थिक वर्षका लागि रु दुई करोड ७३ लाख ९९ हजार प्राप्त हुने अनुमान गरिएको उपप्रमुख राजभण्डारीले जानकारी दिनुभएको छ । प्रदेश वित्तीय समानिकरण अनुदानतर्फ रु ७१ लाख पाँच हजार, सशर्त अनुदान रु ४७ लाख ९४ हजार, सशर्त अनुदान पूँजी रु १५ लाख, समपुरक अनुदानमा रु एक करोड ४० लाख र गत वर्षको मौज...

साकेला गाउँपालिकाले ल्यायो रु ३९ करोड ३० लाख ३९ हजारको वार्षिक बजेट

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १० असार । साकेला गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि रु ३९ करोड ३० लाख ३९ हजार ६५९ बजेट ल्याएको छ । गाउँपालिकाको कार्यालय मात्तिमस्थित मानेभन्ज्याङमा मङ्गलबार सम्पन्न १५ औँ गाउँसभामा उपप्रमुख बिर्सिका राईले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । गाउँपालिकामा आगामी आर्थिक वर्ष सङ्घीय सरकार राजश्व बाँडफाँडबाट रु छ करोड ३२ लाख ५६ हजार ६५९, सङ्घीय सरकार समानीकरणतर्फ रु छ करोड ८९ लाख, प्रदेश सरकार समानीकरणतर्फ रु ५८ लाख ९ हजार, सङ्घीय सशर्त अनुदान रु १४ करोड ४ लाख, प्रदेश सशर्त अनुदान रु ७५ लाख ६५ हजार बजेट प्राप्त हुने उपप्रमुख राईले जानकारी दिनुभएको छ । यस्तै, सङ्घीय सरकार सशर्त अनुदानबाट रु १३ करोड आठ लाख, प्रदेश सरकार सशर्त अनुदानबाट रु एक करोड ७२ लाख ५९ हजार, सङ्घीय सरकार समपूरक अनुदानतर्फ रु दुई करोड २२ लाख, प्रदेश सरकार समपूरक अनुदान रु एक करोड ६० लाख, सङ्घीय सरकार वि...

जन्तेढुङ्गा गाउँपालिकाको वार्षिक बजेट रु ४४ करोड ३७ लाख ३४ हजार

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १० असार । जन्तेढुङ्गा गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को लागि रु ४४ करोड ३७ लाख ३४ हजार बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको सभाहलमा मङ्गलबार सम्पन्न १७ औँ गाउँसभामा गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले आर्थिक विद्येयक तथा बजेट प्रस्तुत गर्नुभएको हो । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने यो गाउँपालिकाले सबैभन्दा बढी शिक्षामा रु तीन करोड ४२ लाख १३ हजार बजेट विनियोजन गरेको छ । यस्तै, वडागततर्फ रु दुई करोड ५० लाख, स्वास्थ्यतर्फ रु ८० लाख ९१ हजार, कृषितर्फ रु ४६ लाख ३० हजार र पशु विकासतर्फ रु ३५ लाख ८५ हजार बजेट विनियोजन गरेको छ । चालु खर्चतर्फ रु २८ करोड २० लाख ५० हजार, पुँजीगततर्फ रु १६ करोड १६ लाख ८४ हजार, सङ्घीय अनुदानतर्फ रु दुई करोड २९ लाख, सङ्घीय समपुरक अनुदानतर्फ रु एक करोड ४० लाख प्राप्त भएको जनाइएको छ । प्रदेश समपुरकतर्फ रु एक करोड २५ लाख, सङ्घीय सशर्त अनुदानतर्फ रु १९ कर...