Friday, July 31

बायोग्राफी/अन्तर्वार्ता

वाईसिएल नेपाल खोटाङको दुई महिने श्रमदान अभियान शुरु

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट युवा सङ्गठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल खोटाङले दुई महिने श्रमदान अभियान शुरु गरेको छ । वाईसिएल नेपाल केन्द्रीय कार्यसमितिको निर्णयअनुसार ७७ वटै जिल्लामा बिहीबारदेखि औपचारिक रुपमा श्रमदान अभियान शुरु गरिएको हो । युवा पुस्तालाई श्रमसँग जोडेर उत्पादनलाई जोड दिँदै स्वरोजगार बनाउने उद्देश्यसहित शुरुवात गरिएको श्रमदान अभियानको पहिलो दिन दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा वृक्षरोपण, फूलका बिरुवा वितरण तथा सरसफाइ गरिएको वाईसिएल खोटाङका अध्यक्ष भूपेन्द्र किरातीले जानकारी दिनुभएको छ । क्याम्पस परिसरमा आयोजना ‘श्रम तथा उत्पादनमा वाईसिएल’ नारासहित शुरुवात गरिएको दुई महिने श्रमदा अभियानको औपचारिक उद्घाटन नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य दुर्गाजयन्ती राईले गर्नुभएको छ । अभियानमा मातृ पार्टी मा...

दिक्तेलको हाटडाँडामा पूर्वाधार विकास कार्यालय स्थापना

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेश सरकारको गत जेठ–२० गते बसेको मन्त्री परिषद्को बैठकले कोशी प्रदेशभित्र पर्ने १४ वटै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गर्ने निर्णय गरेअनुसार बिहीबार खोटाङको दिक्तेल बजारमा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हाटडाँडामा कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालय पूर्वाधार विकास निर्देशनालयको मातहतमा रहनेगरी पूर्वाधार विकास कार्यालय स्थापना भएसँगै अब खोटाङवासीले योजनाको फायल बोकेर उदयपुर, ओखलढुङ्गा, विराटनगर लगायतका जिल्ला धाउनुपर्ने बाध्यता हटेको छ । भाडाको घरमा स्थापना गरिएको कार्यालय कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले औपचारिकरुपमा उद्घाटन...

शहीद कार्की दम्पतीको २४ औँँ स्मृति दिवस विविध कार्यक्रमसहित मनाइयो

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ३१ असार । शहीद दिलकाजी–इन्दिरा कार्की दम्पतीको हत्या भएको २४ वर्ष पूरा भएको छ । वि.सं. २०५९ असार–३१ गते तत्कालीन शाही नेपाली सेनाको गस्ती टोलीले शहीद कार्की दम्पतीलाई गिरफ्तार गरेर गोली हानी हत्या गरेको हो । घटनाका प्रत्यक्षदर्शी तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरुका अनुसार तत्कालीन शाही सेनाले खोटाङको सिम्पानीबाट दिलकाजी कार्की ‘अर्जुन’लाई गिरफ्तार गरी टुवाखोलामा लगेर हत्या गरेको जनाइएको छ । नेताहरुका अनुसार शहीद दिलकाजीसँगै गिरफ्तारमा पर्नुभएकी उहाँकी श्रीमती इन्दिरा कार्की ‘हिमाली’को समेत सोही ठाउँमा सेनाले गोली हानी हत्या गरेको हो । जनयुद्धमा शहादत प्राप्त गर्नुभएका शहीद दिलकाजीलाई खोटाङमा माओवादी जनयुद्धको अभिभावक मान्ने गरिएको छ । राजनीतिक चेत, तीक्ष्ण दिमाग तथा हक्की स्वभावका शहीद दिलकाजीको अल्पायुमै राज्यको तर्फबाट हत्या हुनुले सिङ्गो पार्टी तथा जिल...

साकेलालाई वातावरणमैत्री पालिका बनाउन बिरुवा रोप्ने अभियान

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, ३० असार । साकेला गाउँपालिकाले वृक्षरोपण अभियान सुरु गरेको छ । जिल्लाकै सबैभन्दा सानो (पाँच वडा रहेको) यो गाउँपालिकालाई हरित पालिका तथा वातावरणमैत्री पालिका निर्माण गर्ने उद्देश्यले सडक किनारा, विभिन्न पार्क (उद्यान), सामुदायिक विद्यालय, वडा कार्यालय तथा स्वास्थ्यसंस्थाहरुमा वृक्षरोपण कार्य सुरु गरिएको हो । गाउँपालिका प्रमुख रविप्रकाश राईको नेतृत्वमा गाउँपालिकाभित्र पर्ने सबै वडाका स्थानीयवासी, कर्मचारी तथा जनप्रतिनिधिको टोलीले विभिन्न प्रजातिका बिरुवा रोप्न थालेका छन् । अभियानको पहिलो दिन सोमबार वडा नं. २ रतन्छास्थित साकेला पार्कमा विभिन्न प्रजातिका बिरुवा रोपिएको छ । वातावरणीय रुपमा भूगोल र माटो सुहाउँदो प्रकारका ज्याकारअण्डा, धुपी, कल्की, अशोका, क्रिष्मश ट्री, लालीगुराँस लगायतका बिरुवा रोप्न सुरु गरिएको गाउँपालिका प्रवक्ता एवम् वडा नं. ५ मात्तिमका वडाध्यक्ष जीवन खत्रीले जानक...

जन्तेढुङ्गा गाउँपालिकाले फलायो बाँझो जमिन फोरेर छ हजार केजी आलु

कला/साहित्य, फोटो/भिडियो, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २९ असार । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोग गरेर छ हजार केजी आलु उत्पादन गरेको छ । आलु खेती प्रवद्र्धन कार्यक्रम अन्तरगत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१÷०८२ मा उपलव्ध गराएको रु १५ लाख सशर्त बजेटमध्ये रु सात लाख लगानी गरेर गाउँपालिकाले यस वर्ष छ हजार केजीभन्दा बढी आलु फलाएको हो । गाउँपालिकाले वडा नं.–४ डम्बर्खुशिवालयको भञ्ज्याङखर्कमा रहेको करिब ६१ रोपनी सार्वजनिक बाँझो जमिन फोरेर गत फागुनमा आलु खेती लगाएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी स्थानीयवासीले यही असार–१२ गतेदेखि असार–२७ गतेसम्म लगाएर गाउँपालिकाले रोपेको आलु खनिएको गाउँपालिकाका रोजगार शाखा प्रमुख विज्ञान राईले जानकारी दिनुभएको छ । बाँझो जमिन उपयोग गरेर उत्पादन गरिएको आलुलाई गाउँपालिकाले चिसापानी बजारमा सञचालन गरेको कोसेली घरमा भण्डार गरिएको छ । कोसेली घरमा ...

ऐसेलुखर्क गाउँपालिकाको सेवा प्रवाह आफ्नै प्रशासनिक भवनबाट

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २७ असार । ऐसेलुखर्क गाउँपालिकाको सेवा प्रवाह आफ्नै प्रशासनिक भवनबाट शुरुवात गरिएको छ । स्थापना भएदेखि हालसम्म स्थानीयवासीको भाडाको घरमा सञ्चालन हुँदै आएको यो गाउँपालिकाले शुक्रबारदेखि औपचारिकरुपमा आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह शुरुवात गरेको हो । वार्षिक करकट्टीसहित रु चार लाख ६८ हजार भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको गाउँपालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह शुरु गरेपछि नागरिकलाई सेवा लिनसमेत सहज भएको छ । वि.सं. २०८१ वैशाख मसान्तभित्र सम्पन्न गर्नेगरी ठेकेदार कम्पनीसँग सम्झौता गरिएको प्रशासनिक भवन एक वर्षपछि रु दुई करोड ३० लाख लागतमा निर्माण सम्पन्न भएको गाउँपालिकाका लेखा शाखा प्रमुख पङ्कज आचार्यले जानकारी दिनुभएको छ । निर्माण शुरु गरेको पाँच वर्ष दुई महिनापछि सम्पन्न भएको प्रशासनिक भवन शुक्रबार गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले औपचारिकरुपमा उद्घाटन गरेर ...

काँग्रेस खोटाङका सभापति विष्णुकुमार राई पार्टीबाट निष्कासित

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २५ असार । नेपाली काँग्रेस खोटाङका सभापति विष्णुकुमार राईलाई पार्टीले साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्कासन गरेको छ । काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले जिल्ला सभापति राईलाई एक वर्षसम्मका लागि पार्टी सदस्यता नै नरहनेगरी पार्टीबाट निष्कासन गरेको हो । वि.सं. २०७९ को निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप पुष्टि भएपछि जिल्ला सभापति राईलाई कारबाही गरिएको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । सभापति राईले वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई निर्वाचनमा असहयोग गरेको भन्दै अनुशासन समितिमा उजुरी परेको थियो । काँग्रेसले खोटाङ प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रामकुमार राई ‘पासाङ’लाई समर्थन गरेको थियो भने, प्रदेशसभाको निर्वाचनमा १ (क)मा नेपाल कम्युनिष्ट पार्टी (एकी...

स्थापना भएको ३३ वर्षपछि जिल्ला अस्पताल खोटाङमा ५० शय्याको सेवा शुभारम्भ

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २२ असार । जिल्ला अस्पताललाई १५ शय्याबाट विस्तारगरी ५० शय्याको सेवा शुभारम्भ गरिएको छ । कोशी प्रदेश सरकारले गत जेठ–१२ गते ५० शय्यामा स्तरोन्नति गर्ने निर्णया गरेपछि आइतबार कोशी प्रदेश सरकारका स्वास्थ्य एवम् भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले सेवा शुभारम्भ गर्नुभएको हो । अस्पताल भवन निर्माणको काम बाँकी रहेपनि अन्य सेवा विस्तारका लागि ५० शय्याको अस्पताल उद्घाटन गर्नुपर्ने बाध्यता सिर्जना भएको मन्त्री राईले बताउनुभएको छ । “पन्ध्र शय्यामा सञ्चालन हुँदै आएको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न मन्त्रालयले प्रयाप्त बजेट उपलब्ध गराएको छ । ५० शय्याको सेवा शुभारम्भ नभएसम्म बजेट खर्च गर्ने बाटो खुल्दैन”, उहाँले भन्नुभयो, “अब लोकसेवा आयोगले विशेषज्ञ डाक्टरसहितको दरबन्दी खुलाउँछ । आगामी भदौसम्ममा यो अस्पतालमा विशेषज्ञ डाक्टरसहितको सबै सेवा उपलब्ध हुन्छ । अब बिगतमा जस्तो सामान्य बि...

एसइईमा नगर उत्कृष्ट हुने विद्यार्थी र विद्यालयलाई नगदसहित सम्मान

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, २१ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याएर नगर प्रथम हुने विद्यार्थी र विद्यालयलाई नगदसहित सम्मान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियानमा लागेको नगरपालिकाले शनिबार दिक्तेलमा आयोजना गरिएको शिक्षा सम्मेलन समापनको अवसर पारेर विद्यार्थी र विद्यालयलाई नगदसहित सम्मान गरेको हो । शैक्षिकसत्र २०८१ को एसइईमा सरस्वती माध्यमिक विद्यालय दिक्तेलका छात्रछात्रा दुवैमा नगर प्रथम, द्धितीय र तृतीय भएका छन् । नगर प्रथम, प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई नगद रु २५ हजार रु १५ हजार र रु दश हजारको साथमा सम्मानपत्र प्रदान गरिएको नगर शिक्षा शाखाका कर्मचारी सुवासचन्द्र राईले जानकारी दिनुभएको छ । छात्रतर्फ समान जीपीए ल्याएर सरस्वती मावि दिक्तेलका जोमिन गुरुङ र अनुपम आचार्य तथा छात्रातर्फ ३.७६ जीप...

एसइईमा खोटाङका पाँच माविको नतिजा शून्य, पाँचवटासम्म विषयमा विद्यार्थी अनुत्तिर्ण

कला/साहित्य, बायोग्राफी/अन्तर्वार्ता, भनाइ/विचार, रेडियो/टीभी बुलेटिन, समाचार/विश्लेषण, समाज/संस्कार
खोटाङ, १६ असार । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा खोटाङका पाँच विद्यालयको नतिजा शून्य आएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार राधाकृष्ण मावि बाँझेच्यानडाँडा, जालपा मावि नुनथला, जनता मावि सल्ले, याङ्सोला मावि छोरम्बु र शान्तोदय मावि ज्यामिरेको को नतिजा शून्य आएको हो । राधाकृष्ण मावि र जालपा माविबाट १७÷१७, जनता माविबाट आठ, याङ्सोला माविबाट छ र शान्तोदय माविबाट पाँचजना विद्यार्थीले एसइई दिएका थिए । शून्य नतिजा आएका विद्यालयका केही विद्यार्थीलाई पाँचवटासम्म विषय लागेको पाइएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङले जनाएको छ । एसइईमा विद्यालयले शून्य नतिजा ल्याएपछि व्यवस्थापन समिति र शिक्षकहरुको चर्को आलोचना भइरहेको छ । सरकारी तलबभत्ता खाएका शिक्षकहरुले आफू राजनीतिमा लागेर विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै अभिभावकहरुले शिक्षकमाथि आक्रोश पोखिरहेका छन् । एसइई...