‘शहीद इन्दिरा–राधा वाईसिएल कप फुटबल प्रतियोगिता–२०८२’ मा २६ टोली सहभागी
खोटाङ, २९ असोज । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल वडा कार्यसमिति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाले आयोजना गरेको ‘शहीद इन्दिरा–राधा वाईसिएल कप फुटबल प्रतियोगिता–२०८२’ मा २६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । ‘विचारसँगै खेलकुदमा युवा, सामाज रुपान्तरणमा वाईसिएलका युवा’ भन्ने नाराका साथ वाईसिएल नेपाल वडा कार्यसमितिले आयोजना गरेको फुटबल प्रतियोगितामा जिल्लास्थित विभिन्न स्थानीय तहका २६ टोली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन वाईसिएल नेपाल वडा कार्यसमिति दोर्पाचिउरीडाँडाले आयोजना गरेको खुला वडास्तरीय फुटबल प्रतियोगिताको औपचारिक उद्घाटन भोलि (असोज–३० गते) ११ः०० बजे विधिवतरुपमा गरिने आयोजकले जनाएको छ । तीन दिनसम्म सञ्चालन हुने वडास्तरीय फुटबल प्रतियोगिताको औपचारिक उद्घाटन माओवादी केन्द्रका केन्द्रीय अनुशासन आ...
